२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा टोली पाल्पा

नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा टोली पाल्पा

नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा टोली पाल्पा

नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा टोली पाल्पा

नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा टोली पाल्पा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • पाल्पा  
    नेपाली सेनाको आयोजनामा सुरु भएको ‘चौथो ऐतिहासिक गोरखा–जितगढी पदयात्रा’ टोली बुधबार पाल्पा प्रवेश गरेको छ ।  
    ऐतिहासिक गढी, किल्ला र दरबारहरूको संरक्षण, सम्वद्र्धन तथा नेपालको गौरवशाली इतिहासबारे नागरिकलाई सुसूचित गर्ने उद्देश्यले गत चैत २७ गते गोरखाबाट सुरु भएको यो पदयात्रा बुधबार बिहान पाल्पा प्रवेश गरेको हो । गोरखा, तनहुँ र स्याङ्जा हुँदै आएको सैनिक टोलीले स्याङ्जा र पाल्पाको सिमानास्थित ऐतिहासिक केलादीघाटमा पाल्पामा तैनाथ फौजलाई राष्ट्रिय झण्डा र बलेको दियो (टर्च) हस्तान्तरण गरेको छ ।


    पाल्पाको रामपुर केलादीघाटमा  तनहुँबाट आएको नेपाली सेनाको पदयात्रा टोलीले  रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई राष्ट्रिय झण्डा हस्तान्तरण  गरी पाल्पामा यात्रा सुरु गरेको हो ।  पदयात्राको क्रममा  २ नम्बर राज दल गणका प्रमुख सेनानी अनुप थापाले २२ नम्बर बाहिनीका बाहिनीपति विमलराज शर्मालाई एकताको प्रतीकका रूपमा बलेको दियो हस्तान्तरण गरे । 


    पदयात्रा टोलीलाई पाल्पाको दि फेमस महिन्द्र दल गणले पञ्चेबाजा र राष्ट्रिय धुनका साथ स्वागत गरेको थियो । पदयात्रामा सेनाका अधिकृतसहित ५३ जनाको टोली, जनप्रतिनिधि, विद्यार्थी, नागरिक समाज र सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको छ ।


    पदयात्रामा सहभागी टोलीलाई स्वागत गर्दै प्रतिनिधिसभा सदस्य सन्दिप रानाले यस अभियानले सैनिक–नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउने र पुर्खाले रक्षा गरेका ऐतिहासिक सम्पदाहरूको प्रचार–प्रसारमा टेवा पुग्ने बताए । नेपाली सेनाको पदयात्रा टोलीलाई स्वागत गर्दै पाल्पाकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरले एकीकरणका बेला प्रयोग भएका मार्गहरूको पहिचान र संरक्षणमा यो यात्रा महत्वपूर्ण रहेको बताइन् । 
    यो पदयात्रा आगामी बैशाख ७ गते बुटवलको ऐतिहासिक जितगढी किल्ला पुगेर टुङ्गिनेछ । वि.सं. १८७२ बैशाख ७ गतेका दिन तत्कालिन पाल्पाका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई पराजित गरेको थियो । 


    नेपाली सेनाको वीरताको प्रतीक मानिने सोही दिनको स्मरणमा बुटवल उप–महानगरपालिका र नेपाली सेनाले संयुक्त रूपमा प्रत्येक वर्ष जितगढीमा ‘विजयोत्सव’ मनाउँदै आएका छन् । यस पदयात्राले नयाँ पुस्तालाई नेपालको स्वाभिमान र वीर पुर्खाको योगदानको झल्को दिने लक्ष्य राखेको छ ।
    पदयात्रा टोलीलाई पाल्पाका ७ वटा स्थानीय सरकार रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पुर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तानसेन नगरपालिका र तिनाउ गाउँपालिकाले सहयोग र समन्वय गर्ने छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij