२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बँदेल भन्दै गोली हान्दा युवकको मृत्यु

बँदेल भन्दै गोली हान्दा युवकको मृत्यु

बँदेल भन्दै गोली हान्दा युवकको मृत्यु

बँदेल भन्दै गोली हान्दा युवकको मृत्यु

बँदेल भन्दै गोली हान्दा युवकको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • बुटवल । प्युठानमा ‘डेटिङ’मा बसेक एक जोडीलाई बँदेल भन्दै गोली हान्दा युवकको मृत्यु भएको छ । प्युठानको गौमुखी गाउँपालिका–४ स्थित सामुदायिक वन क्षेत्रमा प्रेमीप्रेमिका डेटिङ बसिरहेको अवस्थामा सिकार गर्न गएका व्यक्तिले गोली प्रहार गर्दा युवकको मृत्यु भएको हो । युवती घाइते भएकी छन् ।

    चैत २९ गते साँझ, जंगली जनावरको खोजीमा जंगल पसेका चार युवाको समूहले ‘बँदेल देखियो’ भनेर गोली चलाउँदा बसिरहेका युवायुवतीलाई लागेको हो ।

    गोली लागेर नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियार ढलेका थिए । उनीसँगै रहेकी १८ वर्षीया किशोरी पनि घाइते भइन् । घटनापछि तत्कालै अस्पताल पुर्‍याइए पनि सुशीललाई बचाउँन नसकिएको प्रहरीले जनाएको छ । 

    चैत ३० गते उनले उपचारकै क्रममा मृत्यु भएको हो । घाइते किशोरी भने उपचारपछि खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी नरहरी अर्यालले जानकारी दिए ।

    प्रहरीका अनुसार २७ वर्षीय वीरेन्द्र केसीसहित चारजना शिकार खेल्न गएका थिए । टाढाबाट जनावर ठानेर गोली चलाउँदा यस्तो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    घटनापछि संलग्न सबैलाई पक्राउ गरिएको छ । उनीहरूबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरिएको छ । अहिले उनीहरूमाथि ज्यान र हातहतियारसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको डीएसपी अर्यालले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij