२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा– अर्जुन कुमालको इन्ट्री, विनोदको कमब्याक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख ४ २०८३
शुक्रवार, बैशाख ४ २०८३
  • काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा विनोद भण्डारीले कमब्याक गरेका छन् भने अर्जुन कुमालले पहिलोपटक स्थान बनाएका छन्। दुबैले जारी प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

    रोहितसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।

    यस्तै, हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाललाई रिजर्भमा राखिएको छ। नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुनेछ । शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन दुई–दुई पटक आपसमा भिड्ने तालिका छ ।

    पहिलो म्याचमा नेपाल र यूएई प्रतिस्पर्धामा उत्रिनेछन् । दोस्रो म्याच ओमान र यूएईबीच २७ अप्रिलमा हुनेछ । यस्तै २९ अप्रिलमा नेपाल र ओमान, मे १ मा नेपाल र यूएई तथा ३ मेमा यूएई र ओमान भिड्नेछन् । अन्तिम म्याच ५ मेमा नेपाल र यूएईबीच हुने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij