२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रगतिनगर सामुदायिक विद्युत सहकारी : जितबहादुरले कसरी पु-याए शुन्यबाट उचाईमा ?

प्रगतिनगर सामुदायिक विद्युत सहकारी : जितबहादुरले कसरी पु-याए शुन्यबाट उचाईमा ?

प्रगतिनगर सामुदायिक विद्युत सहकारी : जितबहादुरले कसरी पु-याए शुन्यबाट उचाईमा ?

प्रगतिनगर सामुदायिक विद्युत सहकारी : जितबहादुरले कसरी पु-याए शुन्यबाट उचाईमा ?

प्रगतिनगर सामुदायिक विद्युत सहकारी :  जितबहादुरले कसरी पु-याए शुन्यबाट उचाईमा ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • बुटवल ।  प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लि.को नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज शुरु हुंदैछ । 

    शनिबार शुरु हुने साधारण सभा तथा अधिवेशनको तयारी पूरा भएको संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरी जनाएको हो । अधिवेशनले ४ वर्षे कार्यकालका लागि नयां नेतृत्व चयन गर्ने संस्थाका अध्यक्ष जितबहादर मल्लले बताए । 


    अधिवेशनले ११ जना पुरुष र २ जना महिला गरी १३ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।  यसपटक राजनीतिक दलको आडमा नभई संस्थालाई समय दिन सक्ने, योग्य, इमान्दार र नयां भिजन भएका व्यक्तिहरु स्वतन्त्र ढंगले चुनावमा प्रतिस्पर्धा गर्ने मल्लले बताए ।

    मल्लले झण्डै दुई दशक संस्थाको नेतृत्वमा रहेर सरकारबाट उपेक्षित र अपहेलित प्रगतिनगरवासीलाई विद्युत र खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा गर्न खटेर काम गरे । यो अधिवेशनबाट उनी नेतृत्वबाट विदा लिन लागेको भन्दै हालसम्म संस्थाको विकासमा साथ दिने सबैप्रति पत्रकार सम्मेलनमा धन्यवाद दिंदै आभार व्यक्त गरे । 

    669970923_2012886799580023_8828790464598616430_n.jpg
    undefined


    २०५२ सालमा वस्ती बसेको प्रगतिनगरमा राज्यबाट कुनै सेवा सुविधा उपलब्ध नहुंदा समुदायस्तरबाट निकै ठूलो मेहनत र दुख गरेर विद्युत र खानेपानी वितरणको काम भएको बताए । २०६० सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा  प्रगतिनगर विकास समुहको नाममा दर्ता भई संचालनमा आएकोमा २०७३ माघ २३ मा डिभिजन सहकारी कार्यालय रुपन्देहीमा प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लि. मा रुपान्तरण भई संचालनमा आएको मल्लले जानकारी दिए ।


    हाल संस्थामा १५९६ ग्राहक सदस्य रहेका जानकारी दिंदै मल्लले आफ्नो नेतृत्वमा निकै संघर्ष, मेहनत र दुख गरेर प्रगतिनगरवासीलाई विद्युत र खानेपानी सुविधा उपलब्ध गराएको बताए । संस्था अन्तर्गत  १४ वटा सय के.भि.एका ट्रान्सफर्मर रहेका र करिव ३ कि. मी. एच टि लाइन तथा करिव १९ कि.मी. एल टि लाइन रहेको उनले बताए । अधिकांश विद्युत लाइन थ्र्रिफेजको  रहेको र हाल सम्म सिङ्गल फेजका १५ सय ८३ ग्राहक तथा  थ्रिफेजका ८ ग्राहक रहेका बताए । सामुदायिक बिद्युत लाइनबाटे करिव ५०–५५ वटा कुटिर उद्योगहरु संचालनमा रहेका छन् ।


    संस्थाले नेपाल बिद्युत प्राधिकरणबाट बार्षिक करिव ३० लाख युनिट विद्युत खरिद गरि उपभोक्तालाई बिकी गर्दै आएको मल्लले बताए । जस अन्र्तगत खरिद बिक्रि युनिटमा करिव ७ प्रतिशत चुहावट अन्तर रहेको बताए । संस्थामा हाल २ जना महिला सहित ६ जना कर्मचारी कार्यरत रहेका छन् ।


    संस्थाको प्रगतिनगर क्षेत्रमा एउटा मिनी हल, तीन सय जना क्षमताको सभाहल सहित ८ कोठाको २ तले कार्यालय पक्की भवन र तिलोत्तमानगरमा महशुल संकलन काउन्टर तथा  सभाहल गरी २ कोठे पक्की भवन रहेको अध्यक्ष मल्लले बताए । 

    संस्थाले बार्षिक कार्ययोजना बनाई संस्थाको आम्दानी तथा खर्च मासिकरुपमा आन्तरिक लेखा सुपरिवेक्षण समितिले जॉज गरी कार्यसमितिले अनुमोदन गर्ने गरेको र नेपाल सरकारबाट मान्यता प्राप्त रजिष्टर्ड लेखापरिक्षक द्वारा अन्तिम लेखापरिक्षण गराउँदै आएको मल्लले बताए । 


    संस्थाले सफ्टवयेर जडान गरी आय व्यायको विवरण सफ्टवयेर प्रणाली मार्फत राख्ने गरेको, दशै र तिहारको उपलक्ष्यमा प्रत्येक वर्ष एक महिनाको बिद्युत डिमाण्ड महशुल शुल्क छुट गरेको,संस्थामा विस्तारित सबै विद्युत पोलहरुमा प्रयोग हुने सामान सहित ( बल्व, होल्डर, तार, छटरी) लगायतको व्यवस्था गरी सडक बत्तिको निःशुल्क व्यवस्थापन गरिएको अध्यक्ष मल्लले जानकारी दिए । 


    विद्युत मिटर जडान गर्दा बिधुत आबेदन फारम र विद्युत महशुल भुक्तानी रेकर्ड कार्ड निःशुल्क उपलब्ध गराउँदै आएको,बार्षिक लेखापरिक्षण भएपछि बिनियममा व्यवस्था भएबमोजिम शेयर सदस्यहरुलाई ४० प्रतिशत शेयर लाभांश शेयर सदस्यको शेयर तथा लाभाशं कोषमा राखिएको, शेयर सदस्य तथा निजका परिवारको निःशुल्क स्वास्थ्य शिविर मार्फत चेकजांच, संस्थाको कार्यक्षेत्र भित्र रहेको प्रगति मा.बि.लाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको, संस्थाको कार्यक्षेत्र भित्र तिनाउ नदीले बस्ति कटान गरि बर्षेनी क्षति पु¥याउने गरेकोले तट्वन्ध गर्नको लागि आर्थिक सहयोग गरेको,संस्थाका शेयर सदस्यको मृत्यु भएमा एघार हजार आर्थिक सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष मल्लले बताए । 


    संस्थाले अपी पावर कम्पनी र अरुण कावेली जलबिद्युत संस्थामा संस्थापक शेयर वापत १२ लाख ५६ हजार ६ सय रुपैयां लगानी गरेको,संस्थाका सबै कर्मचारीहरुको रु १ लाख बराबरको जीवन उन्नती बिमा गरिएको,सबै कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको, संस्थाले बिहान ७ बजे देखि राति १० बजे सम्म उपभोक्तालाई फ्युज सेवा उपलब्ध गराएको, शेयर सदस्यहरुलाई अनलाइनबाटै बिद्युत महशुल भुक्तानी व्यवस्था गरिएको,उपभोक्ताको हितमा सेवा वडापत्र राखेको र ४ कि.मी एच. टी. लाईन इन्सुलेटेड तार बिस्तार गरिएको अध्यक्ष मल्लले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij