२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीमा अब सातामा चारपटक हवाई सेवा

गुल्मीमा अब सातामा चारपटक हवाई सेवा

गुल्मीमा अब सातामा चारपटक हवाई सेवा

गुल्मीमा अब सातामा चारपटक हवाई सेवा

गुल्मीमा अब सातामा चारपटक हवाई सेवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलबाट शनिबार (वैशाख ५)देखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका निम्ति आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।

    यहाँ यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । निगमको आन्तरिक उडानतर्फ रहेका ट्विनअटर विमानको मर्मतसम्भारसँगै उडान तालिका थप गरिएको रेसुंगा विमानस्थल स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । निगमको उडान तालिका थप र भाडादर समेत वृद्धि भएको उनले बताए ।

    नयाँ लागु गरिएको भाडादर अनुसार, काठमाडौंबाट रेसुंगाका निम्ति प्रतियात्री १० हजार ९०२ रुपैयाँ तोकिएको छ । रेसुंगाबाट काठमाडौंका निम्ति १० हजार ७०२ रुपैयाँ निर्धारण गरिएकोे उनले जानकारी दिए ।

    निगमले यसअघि काठमाडौंबाट रेसुंगाका निम्ति सात हजार ५०० रुपैयाँ भाडा लिँदै आएको थियो । गुल्मीबाट काठमाडौंका निम्ति सात हजार ३०० रुपैयाँ भाडा लिने गरेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij