२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बल प्रयोग गरेर फुटपाथ खाली गराइएको भन्दै बुटवलका संघ संस्थाहरूको आपत्ति

बल प्रयोग गरेर फुटपाथ खाली गराइएको भन्दै बुटवलका संघ संस्थाहरूको आपत्ति

बल प्रयोग गरेर फुटपाथ खाली गराइएको भन्दै बुटवलका संघ संस्थाहरूको आपत्ति

बल प्रयोग गरेर फुटपाथ खाली गराइएको भन्दै बुटवलका संघ संस्थाहरूको आपत्ति

बल प्रयोग गरेर फुटपाथ खाली गराइएको भन्दै बुटवलका संघ संस्थाहरूको आपत्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रका फुटपाथ खाली गराउने अभियान सञ्चालन गर्दा बल प्रयोग गरिएको भन्दै यहाँका व्यावसायिक संघ–संस्थाहरूले आपत्ति जनाएका छन्। आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले सहमतिविपरीत कार्य भएको दाबी गरेका हुन् । 


    बुटवलमा वैशाख २ गतेदेखि फुटपाथ खाली गराउने अभियान सुरु गरिएको थियो । सोही क्रममा आज बुटवलमा क्रियाशील विभिन्न व्यवसायिक संघ–संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले पूर्वसहमतिविपरीत कार्य गरेको आरोप लगाएका हुन् । 

    उपमहानगरपालिकाले बुटवलको सौन्दर्यीकरण, ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीलाई सहज बनाउन सडकपेटी खाली गराउने निर्णय कार्यान्वयन गरिरहेको जनाएको छ । तर वैशाख ३ गते अमरपथ, बीपी चोक र राममन्दिर लाइनलगायत क्षेत्रमा केही व्यावसायिक प्रतिष्ठानमा बलपूर्वक रूपमा सामान हटाइएकोप्रति संघहरूको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

    संघहरूले सटर तथा पिलरभित्र रहेका सामानसमेत बिनाकुनै अभिलेख उठाएर लगिएको, सटरमा क्षति पुर्‍याइएको तथा अस्थायी संरचना र साइनबोर्ड जफत गरिएको आरोप लगाएका छन् । यस्तो कार्य उपमहानगरपालिका र व्यवसायीबिच भएको सहमतिविपरीत रहेको उनीहरूको ठहर छ। 

    उक्त विज्ञप्तिमा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थीले हस्ताक्षर गरेका छन् । 

    विज्ञप्तिमा व्यवसायी संघहरूले सबै पक्षबीच सहकार्य गरेर बजार व्यवस्थापन, पैदलयात्रीको सहजता तथा ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् । साथै, उपमहानगरपालिकालाई स्पष्ट मापदण्ड तयार गर्न र जफत गरिएका सामान सम्बन्धित व्यवसायीलाई तत्काल फिर्ता गर्न माग गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij