बुटवल । बुटवलको राजमार्ग चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्ड टेलरिङ्ग सेन्टर पुनः सञ्चालनमा आएको छ । बुटवलमा लामो समयदेखि टेलरिङ्ग व्यवसायमा स्थापित सेन्टर पुरानो स्थानबाट अर्को ठाउंमा सर्नका लागि केही समय लागेको हो । युवा व्यवसायी सुवास परियारले बुबा चन्द्रबहादुर परियार र दुई भाइ समेतको संयुक्त पारिवारिक लगानीमा राजमार्ग चौराहामै टेलर्स सञ्चालनमा ल्याइएका हुन् ।
उक्त टेलर्सको शनिबार एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा बोल्दै श्रेष्ठले विषम परिस्थितिमा पनि ठुलो लगानीका साथ व्यवसाय शुरु गरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने व्यवसायीहरुलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । लामो व्यवसायीक अनुभव र गुणस्तरीय पहिरनका कारण स्टाण्डर्ड टेलरिङले यस क्षेत्रका ग्राहकको मन जित्न सफल भएको श्रेष्ठले बताए ।
टेलर्सका सञ्चालक सुवास परियारले गुणस्तरीय सेवासँगै ग्राहकको चाहना र व्यक्तित्वलाई प्राथमिकता दिएर काम गर्ने बताए । लामो समयदेखि यस क्षेत्रमा व्यवसाय सञ्चालन गर्दा विभिन्न कठिनाइ आइपरेपनि ती सबै चुनौतीको सामना गदै नयाँ व्यवस्थापनका साथ ग्राहकको सेवामा जुटेको बताए । ‘हाम्रो लक्ष्य केवल कपडा सिलाउनु मात्र होइन, गुणस्तरीय कपडा र गुणस्तरीय सिलाई मार्फत ग्राहकको विश्वास जित्नु हो’–सुवासले भने–परियारले भने–‘पेशालाई अगाडि बढाउँदै जाँदा समय र ठाउँको माग तथा प्रविधिको विकाससँगै स्तरोन्नति गर्दै लगेका छौँ ।’ गुणस्तरीय कपडा, उचित मूल्य र समयमै डेलिभरीको प्रतिबद्धताले टेलर्सलाई यस क्षेत्रमा बलियो ब्रान्डका रूपमा स्थापित गरिरहेको उनले बताए ।
२०६१ सालमा बुटवलको बिपी चोकमा स्थापना भएको स्टान्डर्स टेलर्स २०७० सालदेखि राजमार्ग चौराहामा सञ्चालनमा आएको थियो । अहिले नयाँ व्यवस्थापनका साथ चौराहाबाटै पुनः सेवा सुरु भएको हो । सेन्टरले आधुनिकसँगै परम्परागत नेपाली पहिरनलाई पनि समान महत्व दिएको अर्का सञ्चालक विजय परियारले बताए ।
सेन्टरले बुटवलसँगै भैरहवा र कपिलवस्तुको ४ नम्बरमा पनि शाखा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको र टेलर्समा ४० जनाले प्रत्यक्ष रोजगारी पाएको अर्का सञ्चालक बुद्धिमान परियारले जानकारी दिए ।




