२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूकुम पूर्वको पुथा–उत्तरगंगालाई टुक्राएर दुई पालिका बनाउन माग

रूकुम पूर्वको पुथा–उत्तरगंगालाई टुक्राएर दुई पालिका बनाउन माग

हाल १४ वडा रहेको पुथा उत्तरगंगा गाउँपालिकाका केही वडाबाट पालिका केन्द्रसम्म पुग्न दुई दिन  लाग्ने अवस्था छ ।

रूकुम पूर्वको पुथा–उत्तरगंगालाई टुक्राएर दुई पालिका बनाउन माग

रूकुम पूर्वको पुथा–उत्तरगंगालाई टुक्राएर दुई पालिका बनाउन माग

हाल १४ वडा रहेको पुथा उत्तरगंगा गाउँपालिकाका केही वडाबाट पालिका केन्द्रसम्म पुग्न दुई दिन  लाग्ने अवस्था छ ।

रूकुम पूर्वको पुथा–उत्तरगंगालाई टुक्राएर दुई पालिका बनाउन माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • बालाराम शेर्पाली 
    रुकुमपूर्व
    लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा पुथा उत्तरगंगा गाउँपालिकालाई विभाजन गरेर दुई वटा छुट्टाछुट्टै गाउँपालिका बनाउनुपर्ने माग गरिएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या तथा सिमाना पुनरावलोकनसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गर्दै सुझाव मागेपछि यो विषय फेरि सतहमा आएको हो ।


    मन्त्रालयले हालै ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, गाभिने तथा वर्गीकरण पुनरावलोकन’ सम्बन्धी मापदण्डको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै देशभरका स्थानीय तह, जिल्ला समन्वय समिति तथा सरोकारवालासँग राय÷सुझाव आह्वान गरेको छ। सोही निर्णयसँगै पुथा उत्तरगंगा गाउँपालिकाको विभाजन सम्बन्धी मागले औपचारिकता पाउने आशामा छ । 


     गाउँपालिका अध्यक्ष पनिराज घर्तीले दुर्गम भौगोलिक अवस्थाका कारण नागरिकले भोग्दै आएको समस्या समाधानका लागि पालिका विभाजन अपरिहार्य रहेको बताए । उनले यस विषयमा पटक–पटक ‘सिंहदरबार’ पुगेर ध्यानाकर्षण गराए पनि राज्यले दुर्गमको पीडा पूर्ण रूपमा नबुझेको गुनासो गरे ।
    “हामीले धेरै पटक पुथा र उत्तरगंगालाई छुट्टाछुट्टै गाउँपालिका बनाउन आग्रह गरेका छौं,” अध्यक्ष घर्तीले भने–“यदि पुथा गाउँपालिका र उत्तरगंगा गाउँपालिका अलग बनाइए नागरिकलाई सेवा लिन निकै सहज हुनेछ ।”
    हाल १४ वडा रहेको पुथा उत्तरगंगा गाउँपालिकाका केही वडाबाट पालिका केन्द्रसम्म पुग्न दुई दिन लाग्ने अवस्था छ । वर्षायाममा यातायात अवरुद्ध हुँदा शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवा झन् प्रभावित हुने गरेको घर्तीले बताए ।  
    हाल १४ वडा रहेको सो पालिकाको वडा नं. १ देखि ६ सम्म र ९ नम्बर गरी ७ वटा वडालाई छुट्टै गाउँपालिका बनाउनुपर्ने घर्तीले बताए ।
    संघीयतापछि स्थापना भएको रुकुम पूर्व जिल्लामा हाल पुथा उत्तरगंगा, सिस्ने र भूमे गरी तीन गाउँपालिका रहेका छन् । तीमध्ये पुथा उत्तरगंगा भौगोलिक रूपमा अत्यन्तै विकट र विशाल क्षेत्र ओगटेको स्थानीय तह हो ।
    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३, ५, ६, ७ र ८ मा भएको व्यवस्थाका आधारमा गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका वा नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान वर्गीकरण पुनरावलोकन गर्ने कार्यलाई व्यवस्थित गर्न आवश्यक भएको’ उल्लेख गर्दै गत बिहीबार संघीय मामिला मन्त्रालयले पत्राचार गरेको थियो ।

     

     

    कसरी हुन्छ नयाँ सीमाङ्कन ?
    बुटवल । सरकारले गाउँपालिका, नगरपालिका र वडाहरूको संख्या तथा सिमाना हेरफेर गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ मापदण्डको मस्यौदा तयार पारेको छ ।


    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३’ को प्रारम्भिक मस्यौदामा यसको स्पष्ट प्रक्रिया तोकिएको छ ।


    कुनै पनि स्थानीय तह वा वडाको सिमाना र संख्या परिवर्तन गर्न वा दुईवटा पालिका गाभ्न मुख्यतया चारवटा चरणहरू पार गर्नुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ । 


    १. जिल्लास्तरमा अध्ययन समिति गठन र प्रतिवेदन सबैभन्दा पहिले, सिमाना वा संख्या हेरफेर गर्न आवश्यक छ वा छैन भनेर अध्ययन गर्न जिल्लामा एउटा समिति बन्नेछ ।


    जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा बन्ने यो समितिमा सम्बन्धित पालिकाका उपप्रमुख, नापी र मालपोत कार्यालयका प्रमुखसँगै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायत रहनेछन् ।


    यो समितिले जनसंख्या, भूगोल, सुविधालगायतका आधारमा अध्ययन गरी तीन महिनाभित्र सम्बन्धित स्थानीय तहलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।


    २. पालिकाको सभाबाट दुई तिहाइले पारित गर्नुपर्ने समितिले अध्ययन प्रतिवेदन दिइसकेपछि, सिमाना वा संख्या हेरफेर गर्ने प्रस्तावलाई सम्बन्धित गाउँसभा वा नगरसभामा लगिनेछ । उक्त प्रस्ताव पास हुनका लागि सभामा तत्काल कायम रहेका कुल सदस्य संख्याको दुई तिहाइ (२-३) बहुमत आवश्यक पर्छ ।
    दुई तिहाइले पारित गरेपछि मात्र उक्त प्रस्ताव प्रदेश सरकारसमक्ष पठाइनेछ ।
    ३. प्रदेश सरकारको सिफारिस


    स्थानीय तहबाट दुई तिहाइले पारित भएर आएको प्रस्ताव प्रदेश सरकारले अध्ययन गर्नेछ । यदि उक्त प्रस्तावमा तोकिएका मापदण्ड र आधारहरू पूरा भएको देखिएमा, प्रदेश सरकारले निर्णयसहित सङ्घीय मामिला मन्त्रालयमार्फत केन्द्र सरकार (नेपाल सरकार) लाई सिफारिस गरेर पठाउनेछ ।


    ४. मन्त्रिपरिषद्बाट अन्तिम स्वीकृति
    प्रदेश सरकारबाट सिफारिस भएर आएपछि सङ्घीय मामिला मन्त्रालयले त्यसको अध्ययन गर्नेछ । अन्त्यमा, मन्त्रालयले उक्त सिमाना वा संख्या हेरफेरको प्रस्तावलाई अन्तिम स्वीकृतिका लागि नेपाल सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद्ले पास गरेपछि मात्र सिमाना वा संख्या हेरफेरको निर्णय लागु हुनेछ ।


    यसरी, स्थानीय तहको सिमाना र संख्या हेरफेर गर्न पहिले विज्ञसहितको टोलीले अध्ययन गर्नुपर्छ भने त्यसपछि स्थानीय तहले दुई तिहाइबाट पास गर्छ ।


    त्यसलाई प्रदेश सरकारले सिफारिस गरेपछि र अन्त्यमा संघीय सरकारले स्वीकृति दिएपछि मात्र पालिका वा वडाको सिमाना र संख्या हेरफेर हुन्छ ।


    यद्यपि यो मस्यौदामा सुझाव दिन मन्त्रालयले सातै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ३ दिनको समय तोकेर ३ बैशाखमा परिपत्र जारी गरेको छ । प्रदेशबाट प्राप्त सुझावमा आधारमा यो मस्यौदा संशोधन पनि हुनसक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij