२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकारको अलोकतान्त्रिक क्रियाकलाप

सरकारको अलोकतान्त्रिक क्रियाकलाप

सरकारको अलोकतान्त्रिक क्रियाकलाप

सरकारको अलोकतान्त्रिक क्रियाकलाप

सरकारको अलोकतान्त्रिक क्रियाकलाप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • नयाँ सरकारले सुशासनको सय सूचीभित्र विद्यार्थी संगठन खारेज गर्ने योजनालाई कार्यान्वयन गर्न लागेको छ । विद्यार्थी संगठनलाई विश्वविद्यालय र क्याम्पस हाताभित्र गतिविधि गर्न नदिने सरकारको निर्णयलाई कार्यान्वयन गर्न शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरुलाई डाकेर बैठक गरेका छन् । सरकारको निर्णय अब कार्यान्वयनको तहमा अघि बढेको छ । सरकारले गरेको यो निर्णय संवैधानिक मर्मविरुद्ध छ । बहुदलीय व्यवस्थामा राजनैतिक दल वा अन्य कुनै संगठन खोल्न पाउने अधिकार छँदैछ, अझ विद्यार्थीलाई मन परेको विद्यार्थी संगठनमा आबद्ध हुन पाउने अधिकार छ । संवैधानिक मर्मविपरीत सरकार अघि बढ्न खोज्दा सरकारले राजनैतिक प्रणालीलाई भत्काउन खोजेको अर्थ लाग्छ ।
    पञ्चायतकाल थियो, जहाँ राजनैतिक दल प्रतिबन्धित थिए । व्यवस्थाको विरोध गर्ने दलहरु प्रतिबन्धित भएको बेलामा पनि विद्यार्थी संगठनका गतिविधिलाई तत्कालीन व्यवस्थाले खुला गरेको थियो ।

     विद्यार्थीहरु आफ्ना हकहितका साथै सरकारका गलत क्रियाकलापको खुलेर विरोध गर्थे । अहिले दलविहीन पञ्चायतको अवसान भएको धेरै वर्ष भयो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, जसलाई हामी उन्नत लोकतान्त्रिक व्यवस्था मान्छौं । हामीले उन्नत लोकतान्त्रिक व्यवस्था मानेको बेला पञ्चायतकाल जस्तो कठिन र कठोर शासनका बेला प्रतिबन्ध लाग्न नसकेको विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाइदैछ । 


    भनिन्छ, बुलेटबाट आएका तानशाहभन्दा व्यालेटबाट आएका तानशाह खतरनाक हुन्छन् । के अहिले जननिर्वाचित प्रधानमन्त्री बालेन्द्र साहले तानाशाही व्यवस्थाको अभ्यास गर्न लागेका हुन् ? यसअघि उनले सरकारी विज्ञापन गोरखापत्रमा मात्रै छाप्नुपर्ने निर्देशन जारी गरेका छन् । यो निर्देशनले साना र निजी लगानीका अखबार बन्द हुने स्थिति श्रृजना भएको छ ।
    शिक्षामन्त्रीले उपकुलपतिहरुलाई राखेर गरेको बैठकमा विद्यार्थी संगठनलाई दिइएको कोठा, जमिन र फिर्ता गर्ने, विद्यार्थी संगठनका व्यानर, झण्डा, भित्ते लेखनलगायतका भौतिक संकेत तत्काल हटाउने, विश्वविद्यालयको नियमावलीमा संशोधनगरी स्ववियूको सट्टा विद्यार्थी काउन्सील र भ्वाइस अफ स्टुडेण्ट जस्ता संस्था राख्ने, दलीय विद्यार्थी संगठन हटाउन कुनै चुनौती भए तत्काल सुरक्षा निकायलाई खबर गर्ने र विश्वविद्यालय परिसरमा अस्थायी स्थायी सुरक्षा युनिट राख्नुपर्ने अवस्था देखिए गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय सुनाएका छन् । विश्वविद्यालयमा प्रहरी युनिट राख्ने सम्मको क्रियाकलापले विश्वविद्यालयमा फौजी गतिविधिलाई प्रोत्साहन गर्न खोजिएको हो ? यसले निम्त्याउने जोखिम बारे हेक्का गरिएको छ ?


    सरकारले संवैधानिक मर्मलाई ख्याल गरेर अघि बढ्नुपर्छ । लोकतान्त्रिक प्रणाली त्यस अनुकुल विधि र व्यवहारले अघि बढ्ने हो । आफू लोकतान्त्रिक प्रणालीअन्तर्गत निर्वाचित हुने, तर लोकतान्त्रिक आचरण र व्यवहार नदेखाउने प्रवृत्तिले अन्ततः राजनैतिक अवसानको वातावरण तयार गर्छ । विद्यार्थी संगठनका गतिविधिलाई पूर्णतः निधेष गर्ने क्रियाकलाप किमार्थ राम्रो होइन, उनीहरुका कमजोरी छन् भने सुधार हुनुपर्छ । विश्वविद्यालय विचार र बहसको थलो हुन् । विचार र बहसको थलो हुने ठाउँमा सांगठनिक गतिविधि बन्द गर्ने विषय गलत छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij