२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘राणा शासन र डकैती शैली’को ज्यादती : व्यवसायी

‘राणा शासन र डकैती शैली’को ज्यादती : व्यवसायी

उप–महानगरले अभिभावकको भूमिका निर्वाह गर्ला भनेको उल्टै कुटपिट र ज्यादती गर्दा सुरक्षाको ग्यारेन्टी नभएकाले व्यवसाय बन्द गरी विदेश जाने सोंच बनेको व्यवसायीहरु बताउँछन् ।

‘राणा शासन र डकैती शैली’को ज्यादती : व्यवसायी

‘राणा शासन र डकैती शैली’को ज्यादती : व्यवसायी

उप–महानगरले अभिभावकको भूमिका निर्वाह गर्ला भनेको उल्टै कुटपिट र ज्यादती गर्दा सुरक्षाको ग्यारेन्टी नभएकाले व्यवसाय बन्द गरी विदेश जाने सोंच बनेको व्यवसायीहरु बताउँछन् ।

‘राणा शासन र डकैती शैली’को ज्यादती : व्यवसायी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • लुम्बिनी संवाददाता
    बुटवल
    बुटवल उप–महानगरपालिकाले फुटपाथ अतिक्रमण खाली गराउने अभियानका क्रममा व्यवसायीमाथि अनुचित बल प्रयोग, हातपात र विना अभिलेख सामान जफत गरिएकोमा व्यवसायीले विरोध जनाएका छन् ।


    फुटपाथ व्यवस्थापन गर्नु सकारात्मक भए पनि मापदण्डबारे स्पष्ट नपारी ‘डकैती शैली’मा ज्यादती गरेको व्यवसायीको आरोप छ । 
    अमेरिका–इरान युद्धको असरले महँगी बढेको र व्यवसायमा मन्दी छाएको विषम परिस्थितिमा उप–महानगरले व्यवसायीको मनोबल गिराउने काम गरेको उनीहरुको तर्क छ । 


    फुटपाथ अतिक्रमण नगरेका पसलहरुमा पनि सटर माथिको अस्थायी पाली (सनसेट पर्दा) टांगेकै आधारमा नगर प्रहरीले हातपात गर्दै बलजफ्ती सामान झिकेर लगिदिएको राममन्दिर लाइनको सिटी ब्याग हाउसका सञ्चालक विजय रायमाझीको गुनासो छ । 
    नगर प्रहरीसँगको धकेलाधकेलमा आफूमाथि मुक्का प्रहार भएको र दाहिने हातको काइंली औंला भाँचिएको रायमाझीले बताए । उप–महानगरको माइकिङमा सनसेट पर्दा राख्न नपाइने भन्ने जानकारी कहींकतै नभएकाले आफूहरुले सटसेट राख्न पाइने ठानेर नहटाएको रायमाझीले बताए ।  


    ‘पसलमा ग्राहक थिए, एक्कासी नगर प्रहरीहरु अराजक शैलीमा आएर सामान लैजान थालेपछि आफ्नो सामान खोस्न पुग्दा तीन–चार जना नगर प्रहरीले ममाथि मुक्का प्रहार गरे,’ रायमाझीले भक्कानिंदै भने–‘फुटपाथ मिचेर भुईमा कुनै सामान राखेको थिइन, यात्रुलाई बाटो हिंड्न अवरोध थिएन, तर सनसेट भत्काइदिएर थुप्रै सामान लगिदिए, हातको औंला भांचिदिए ।’ 


    नगर प्रहरीले आफ्नो पसलका कति झोला लगिदिए भन्ने यकिन हुन नसकेको रायमाझीले बताए । 
    ‘राज्यलाई कर तिरेर व्यवसाय गरे पनि उप–महानगरले अपराधीलाई जस्तो व्यवहार ग¥यो, अब व्यवसाय गरौं कि बन्द गरेर विदेश जाऔं भन्ने दोभारमा परेको छु,’ रायमाझीले भने–‘उप–महानगरले अभिभावकको भूमिका गर्ला भनेको उल्टै कुटपिट र ज्यादती ग¥यो, सुरक्षाको ग्यारेन्टी भएन, सरकारको ध्यानाकर्षण होस् ।’


    बुटवल बीपीचोकको हिमालय फोम हाउसका सञ्चालक मोहम्मद मुस्तफाले बुटवल उप–महानगरले फुटपाथ व्यवस्थापनको नाममा राणा शासनको शैलीमा दमन र विना अभिलेख सामान उठाएर लगेको गुनासो गरे ।  उप–महानगरले माइकिङ गरे पनि सबै व्यवसायीले फुटपाथको मापदण्ड के – कति हो ? कुन ठाउँसम्म सामान राख्न पाइने हो भन्ने प्रष्ट हुन नसकेको हुँदा त्यसलाई बुझाउने दायित्व उप–महानगरकै हुने उनले तर्क गरे । ‘ट्राफिक प्रहरीले सडक पेटी बाहिर नराख्न भनेका थिए, त्यसलाई मानेका थियौं, तर दुई दिनपछि एक्कासी नगर प्रहरीसहित ठूलो शक्ति ल्याएर एकतर्फी आक्रमण शैलीमा हानाहान तानातान भयो,’ मुस्तफाले भने–‘हामीले फुटपाथ कब्जा गरेकै थिएनौं, गल्ती नै गरेको भए पनि सम्झाई बुझाई गर्न सकिन्थ्यो, तर राणा शासनको शैलीमा दमन गर्नुभयो ।’ 


    त्यस्तो ठूलो कुनै गल्ती नगरेको अवस्थामा पनि ठूलै अपराधी समाए जस्तो थुप्रै मिडिया बोलाएर भिडियो भाइरल बनाएर व्यवसायीहरुको बेइज्जत गराएको मुस्तफाले गुनासो गरे । 
    ‘बुबाको पालादेखि ४० वर्ष र आफैँले पसल गरेको २१ वर्ष भयो, तर व्यापारीमाथि यस्तो मनोमानी कहिल्यै भएको थाहा छैन,’ मुस्तफाले भने–‘कुनै अभिलेख नबनाई पसलबाट सामान लगियो, कति लगेको  हो रेकर्ड छैन, व्यवसायीको मनोबल गिराउने काम मात्र भयो, भिडियो भाइरल हुँदा त्यसमा आएका कमेन्टले हाम्रो इज्जतमा मानहानी भयो, अपराधी जस्तो बनाइयो ।’
    विना अभिलेख सामान लगिएकाले फिर्ता के–कति हुने भन्नेमा प्रश्न उब्जिएको उनले बताए ।  


    बुटवल बीपीचोककै गौशीकंकर भाडा पसलका  विजय कसौधनले बिक्री भएर ग्राहकले छेउमा राखेको तामाको भाँडा (ताउलो) नगर प्रहरीले लगिदिएको बताए ।फुटपाथभन्दा बाहिर पसलमै राखिएको ताउलो सोधपुछ नगरी डाका शैलीमा जबरजस्ती उठाएर लगिदिएको  कसौधनले बताए । ‘हाम्रो पसल बुटवलकै पुरानो एक सय २० वर्षदेखि चलेको छ, म आफैँ २२ वर्ष पसलमै बस्दै आएको छु, तर अहिले जस्तो जबरजस्ती कहिल्यै देखेको छैन, सिसिटिभी हेर्दा पनि हुन्छ,’ कसौधनले भने–‘ग्राहकलाई बेचेको सामान समेत खोसेर लगे, यो त डांका शैली भयो ।’ 


    बेचिसकेको सामान ग्राहकलाई दिन उप–महानगर गएर निवेदन दिएको र तोक लागे पनि नगर प्रहरी जयश्वर पाण्डेले नदिएको कसौधनले बताए । बुटवल राममन्दिर लाइनका व्यवसायी शोभाखर पोखरेलले बजार क्षेत्रमा फुटपाथ क्षेत्रको बारेमा स्पष्ट मापदण्ड नभएको, आम  व्यवसायीलाई त्यसबारे जनप्रतिनिधि, कर्मचारी कोही आएर जानकारी नगराएका र माइकिङमा पनि यसबारे प्रष्ट नपारिएको बताए ।


    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले फुटपाथ व्यवस्थित गर्नु सकारात्मक भए पनि व्यवसायीमाथि धरपकड, हातपात र ज्यादती खेदजनक भएको बताए । 
    ‘नगर प्रहरीले संयमता गुमाएर अनावश्यक बल प्रयोग गरेको हो कि भन्ने देखिएको छ, यसलाई सच्याएर जानुपर्छ,’ अर्यालले भने–‘फुटपाथ मात्रै रहने व्यवसायी जति अन्यत्र पलायन हुने अवस्था आयो भने के गर्ने भन्नेतर्फ उप–महानगर सचेत हुनुपर्छ ।’
    व्यवसायीमाथि हातपात भएको घटनाका प्रत्यक्षदर्शी बुटवलकै व्यवसायी कृष्ण अर्यालले फुटपाथ नै नबनाइएको, खाल्डा मात्रै भएको र मान्छे हिँड्ने ठाउँ नभएको हुँदा त्यस्तो ठाउँमा गएर उप–महानगरले अराजकता मच्चाउनु कति शोभानीय हुन्छ भन्दै प्रश्न गरेका छन् । ‘पहिला सडकपेटी तयार पार्नुपर्छ कि पर्दैन ?,’ प्रश्न गर्दै अर्यालले भनेका छन्–‘अब मेयर तपाईं भाइरल हुनुभयो, चारवर्ष सुत्नुभयो अहिले आएर भाइरल हुनलाई व्यापारीसँग जुध्दै हुनुहुन्छ । पहिला आफ्नो कार्यालयका कर्मचारी तह लगाउनुस्, आफ्नो कार्यालय सुधार्नुस्, त्यसपछि बल्ल बाहिर आउनुस् ।’


    बुटवल उप–महानगरका  नगर प्रहरी प्रमुख जयश्वर पाण्डेले फुटपाथ मिचेर राखिएका सामान मात्र आफूहरुले उठाएको र आफूहरुमाथि हातपात भएपछि प्रतिवाद गरेको दाबी गरे । फुटपाथ अतिक्रमण हटाउने अभियान अझै केही दिन चल्ने भन्दै उनले कुन व्यवसायीको कति सामान जफत गरेको भन्ने तथ्यांक तयार नभएको उनले बताए । ‘हामीले माइकिङ पनि गरेका हौं, सडक पेटी मिचेको ठाउँबाट सामान उठाएका हौं,’ उनले भने–‘हामीले नगर प्रमुखले जे आदेश दिनुहुन्छ, त्यही आदेश पालना गरेका हौं, हामीमाथि हातपात हुन थालेपछि हामीले पनि प्रतिकार गरेका हौं ।’ 
     बुटवल उप–महानगरपालिकाका  प्रवक्ता शिव रानाले आफूहरुको कदमलाई धेरैतिरबाट समर्थन भएको दाबी गर्दै अझै केही दिन अभियान निरन्तर चल्ने बताए । 

     

    फुटपाथ व्यवस्थित बनाउने विषयमा सबैको समर्थन रहे पनि उप–महानगरको कार्यान्वयन कार्यशैली सरासर गलत भएको पोखरेलले जनाए । कानुन लागू गर्ने नाममा कमजोर वर्गलाई दबाउने होइन, संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो भन्दै उनले विकासको नाममा मानवीयता नमार्न, व्यवसायीको सम्मान र संवेदनशीलता कायम राख्न उनले सुझाव दिएका छन् ।
    ‘नगर प्रमुख, उप–प्रमुख, नगर प्रहरी, सुरक्षाकर्मीसहित ठूलो शक्ति ल्याएर आक्रामक भएर व्यवसायीले ठूलै अपराध गरेजस्तो गरी तर्साउने, उदण्ड शैलीमा उपमहानगर प्रस्तुत भयो,’ पोखरेल भन्छन्–‘अभिभावकको भूमिका हुनुपर्नेमा फिल्मी शैली भयो, यस्तो व्यवहारले बुटवलको व्यवसायिक वातावरण खल्बलिने र बुटवलका व्यवसाायी तिलोत्तमा र सैनामैनातिर जाने क्रम बढ्छ ।’ 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij