२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आज पनि देशभर बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज पनि देशभर बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज पनि देशभर बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज पनि देशभर बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज पनि देशभर बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • बुटवल । सरकारले आजपनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।

    (वैशाख ६–७) देशभरिका राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइरहिएकाे जनाइएकाे छ ।

    ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदैछ भने एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइएकाे हाे ।

    करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।

    भिटामिन ‘ए’ कमिको रोकथाम तथा उपचारका लागि ०५० मा आठ जिल्लाबाट सुरु भएको कार्यक्रम ०५९ देखि देशभरि नै लागु गरिएको थियो ।  

    यस्तै, जुका नियन्त्रण तथा रोकथामका लागि ०५६ बाट १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम ०६७ सालबाट सबै जिल्लामा लागु गरिएको थियो । प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको निःशुल्क खुवाउने गरिएको छ  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij