२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल अटोमा शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन

बुटवल अटोमा शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन

बुटवल अटोमा शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन

बुटवल अटोमा शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन

बुटवल अटोमा शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • बुटवल ।  बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीले नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अटो क्षेत्रको विकास, प्रतिस्पर्धात्मकता र प्राविधिक दक्षता अभिवृद्धिमा जोड दिइएको छ।


    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष नरेन्द्र बस्नेतले एसोसिएसनले अटो इन्जिनियरिङ क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरे। 

    नेपाल अटो मेकानिक्स ब्यवयासी महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष जनार्दन गैरेले अटो व्यवसाय अब परम्परागत ढाँचाबाट बाहिर निस्केर प्रविधिमैत्री र प्रतिस्पर्धात्मक बन्नुपर्ने आवश्यकता औंल्याउँदै संस्थालाई आफ्नो गरिमा कायम राख्दै थप सशक्त ढंगले अघि बढ्न सुझाव दिए।


    बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरेले सीप विकास र प्रविधि अनुकूलन नै अटो क्षेत्रको भविष्य सुनिश्चित गर्ने आधार भएको बताए।
    एसोसिएसनका अध्यक्ष प्रेम गौचनले मेकानिक्सहरूको क्षमता अभिवृद्धिका लागि संस्थाले नियमित रूपमा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। 


    कार्यक्रममा पूर्व अध्यक्षहरू खड्क प्रसाद गौतम र प्रेम बहादुर फौदार, सल्लाहकार चन्द्रमणि भण्डारी, कानुनी सल्लाहकार दामोदर घिमिरे, प्रेस सल्लाहकार प्रदिप आचार्य, स्वास्थ्य सल्लाहकार इन्द्र बहादुर राई लगायतले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै संस्थाको निरन्तर प्रगतिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।


    महासचिव पुनित पोखरेलले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले अटो क्षेत्रमा देखिएका चुनौती र सम्भावनाबारे समेत छलफल गरेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij