२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पारदर्शी बन्ने बाटो

पारदर्शी बन्ने बाटो

पारदर्शी बन्ने बाटो

पारदर्शी बन्ने बाटो

पारदर्शी बन्ने बाटो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • सूचना नागरिकको अधिकार हो । सही सूचना छिटो प्राप्त गर्दा समाज लयमा अघि बढ्छ । अझ सरकारी निकायले दिने सूचनाले सरकार र नागरिकबिचको सम्बन्धलाई जोड्छ । सरकारी निकायले सही सूचना प्रवाह छिटो छरितो गर्दा पारदर्शी बन्न सघाउ पु¥याउँछ । 


    नागरिकलाई सही सूचना छिटो छरितो उपलब्ध गराउन र सरकारी निकायलाई पारदर्शी बनाउन राष्ट्रिय सूचना आयोगले हरेक सरकारी कार्यालयले वेबसाइट अनिवार्य बनाएर नियमित कार्यालयका सूचना अपलोड गर्न, सूचना अधिकारी र प्रवक्ताको ईमेल र फोन  नम्बर अनिवार्य राख्न पटक-पटक निर्देशन दिएको छ । आयोगको यो निर्देशनको पालना गर्न अझै सरकारी कार्यालय हिच्किचाइरहेका छन् । अधिकांश स्थानीय तहले वेबसाइट निर्माण गरी अपडेट गरिरहेको पाइन्छ, तर संघीय र प्रदेश सरकार मातहतका कार्यालयमध्ये कतिपयको वेबसाइट निर्माण भएको छैन भने कतिपयको अपडेट हुँदैन, जतिको छ पर्याप्त सूचनाको अभाव छ । लुम्बिनी प्रदेशको कुरा गर्ने हो भने मन्त्रालयहरुको वेबसाइट अपडेट भइरहेको छ, तर मातहतका कार्यालयको वेबसाइट अपडेट भइरहेको देखिंदैन । पालिकाहरुको वेबसाइट अपडेट छ, तर वेबसाइटमा प्रवक्ता र सूचना अधिकारीको फोन नम्बर र इमेल अनिवार्य राख्नुपर्ने सूचना आयोगले निर्देशन गरेको भए पनि सूचना अधिकारी र प्रवक्ताको इमेल र फोन नम्बर राखेको पाइदैन । 


    सरकारी कार्यालयको काम सेवाप्रवाह प्रभावकारी बनाउने हो । नागरिकको हित र उन्नतीका लागि काम गर्ने हो । सरकारले गर्ने काममा जबसम्म नागरिकलाई जोड्न सक्तैन्, ती कामप्रति नागरिकको अपनत्व हुन सक्तैन् । नागरिकको अपनत्वको लागि सूचना नियमित हुन आवश्यक छ । सरकारी कार्यालयका कामबारे जानकारी पाउँदा सरकारका काम कारबाहीबारे जानकारी हासिल गरी सकारात्मक सन्देश प्रवाह गर्न सक्छन्, कतिपय कमजोरीमा निगरानी गरी खबरदारी गर्न सक्छन् । 


    राष्ट्रिय सूचना आयोगले पटक-पटक भन्दै आएको यो कामलाई नियमित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सरकारी मोबाइल कार्यालय समयमा अनिवार्य उठाउन सबै कार्यालय प्रमुख र प्रवक्तालाई निर्देशन दिएको छ । कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालयको मोबाइल फोन कम्तिमा कार्यालय समयमा अनिवार्य उठान निर्देशन दिएको छ ।

    सरकारी निकायको वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण अद्यावधिक गर्न र  कार्यालयको टेलिफोन तथा मोबाइल नउठ्ने गरेको गुनासो अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको निर्देशन कार्यान्वयन भए सरकारी निकायलाई नागरिकसँग जोड्ने राम्रो पुल बन्ने छ । प्रधानमन्त्री कार्यालयले लिएको पहलकदमीले सकारात्मक प्रभाव पार्ने आशा गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij