बुटवल । नेपाल अटो मेकानिक्स ब्यवसायी महासंघ काठमाडौले नया वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो बिमोचन गरेको छ।
महासंघको केन्द्रिय कार्यालय बुटवल २ मैनाबगरमा एक कार्यक्रमका बिचमा शुभकामना आदानप्रदान गर्नुका साथै नया वर्षको भित्तेपात्रो समेत प्रकाशन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका सस्थापक उपाध्यक्ष खड्क बहादुर गौतमले महासंघको स्थापना कालमा नाम राख्न पनि ३ दिन लागेको स्मरण गरे। उनले बुटवलमा जग्गा समेत भवन बन्न सफल भएको बताउदै थप आकर्षण बनाउन लाग्नुपर्ने सुझाब दिए।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले यो पेशा प्रतीको सम्मान बढाउदै लैजाने बाताबरण मिलाउन आग्रह समेत गरे।
महासंघका निवर्तमान अध्यक्ष जनार्दन गैरेले बुटवलमा भवन निर्माणका लागि जग्गा प्राप्ती देखि भवन निर्माण सम्मको अवस्थाको बारेमा बताएका थिए। उनले बुटवलले नेतृत्व पाए भवन बनाउछौ भन्ने प्रतिबद्धता अनुसार भवन बनेको बताए। उनले महासंघ काठमाडौ बाहिरकाले पनि चलाउन सक्छन भन्ने बुटवलले देखाएको बताए।
महासंघका अध्यक्ष गोपाल भट्टराईले आफ्नै भवनमा शुभकामना आदानप्रदान र भित्तेपात्रो बिमोचन गर्न पाईनु सुखद भएको बताए। उनले आफू निर्वचित भएको १३ महिनामा इभि गाडिका तालिमहरु देशभर नै तालिमहरु भैरहेको बताए।
उनले थप ५ जिल्लामा ५ शाखा बिस्तारको काम समेत भएको बताए। उनले सस्थागत सुधारको कामहरु भैरहेको बताउदै सचिवालय सञ्चालन गरिएको र छिट्टै थप फरक गतिविधिहरु हुने प्रतिबद्धता ब्यक्त गरे।
महासंघका सल्लाहकार प्रेम फौदारले महासंघको उचाई यहासम्म पुगेको भएपनि अझै धेरै कुराहरु गर्न बाकी रहेको बताए ।
बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष प्रेम गौचनले महासंघकोलामो ईतिहास भएको बताउदै बुटवलमा केन्द्रिय कार्यालय भएको भन्दै सबै अटो मेकानिक्सलाई गर्वको विषय भएको बताए। उद्योग बाणिज्य संघहरुमा बस्तुगत समितिमा नगएकोले त्यसतर्फ नजान केन्द्रीय समितिलाई सुझाब दिए।
महासंघका सचिव तुल्सिराम न्यौपानेको सञ्चालन तथा केन्द्रिय सदस्य पूजा गैरेको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो। भित्तेपात्रो सचीव न्यौपानेको संयोगकत्वमा प्रकाशन भएको हो।




