२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गर्भपतनको चक्कर : क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतनको चक्कर : क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतनको चक्कर : क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतनको चक्कर : क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतनको चक्कर : क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • बुटवल । बुटवलमा ‘सुरक्षित गर्भपतन सेवा’ भन्दै सञ्चालनमा रहेको क्लिनिकमै एक महिलाको मृत्यु भएपछि चिकित्सकीय लापरवाहीको आरोप लागेको छ।

    घटनामा संलग्न तीन जना पक्राउ परेका छन् भने अन्यविरुद्ध पनि अनुसन्धान तीव्र बनाइएको छ। रुपन्देहीको बुटवलस्थित एक निजी क्लिनिकमा गर्भपतन गराउन गएकी ३१ वर्षीया महिलाको ज्यान गएको छ।

    पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको मृत्यु भएपछि आफन्तले चिकित्सकीय लापरवाही मात्र नभई ‘हत्या’ भएको आरोप लगाएका छन्।

    बुटवल अस्पताल लाइनस्थित ज्ञवाली कम्प्लेक्सको चौथो तल्लामा रहेको श्री इन्दुलेखा स्वास्थ्य क्लिनिकको ब्यानरमा ‘सुरक्षित गर्भपतन सेवा’ उल्लेख छ। तर, यही क्लिनिकमा उपचारका क्रममा एक महिलाको ज्यान गएको हो। मृतकका श्रीमान प्रकाश पाण्डेका अनुसार गीता तीन महिनाकी गर्भवती थिइन्।

    सुरुमा खत्री नर्सिङ होममा जाँच गराउँदा अवस्था सामान्य रहेको बताइएको थियो। तर पछि औषधि सेवन गरेपछि स्वास्थ्यमा समस्या देखिएको र अवस्था बिग्रँदै गएको बताइएको छ। स्वास्थ्य बिग्रिएपछि उनलाई इन्दुलेखा क्लिनिक लगिएको थियो, जहाँ गर्भपतन प्रक्रिया गरिएको बताइन्छ।

    दिउँसो प्रक्रिया सफल भएको जानकारी दिइए पनि केही मिनेटमै गीता अचेत भएकी थिइन्। उनलाई लुम्बिनी सिटी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

    आफन्तहरूले उपचारसम्बन्धी कागजात लुकाइएको, सहमति पत्रमा हस्ताक्षर नगराइएको र असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको आरोप लगाएका छन्। घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनी समेत दिएका छन्।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। अन्य दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij