२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ओभरलोड नियन्त्रण र वैज्ञानिक भाडादर लागू गर्न माग

ओभरलोड नियन्त्रण र वैज्ञानिक भाडादर लागू गर्न माग

ओभरलोड नियन्त्रण र वैज्ञानिक भाडादर लागू गर्न माग

ओभरलोड नियन्त्रण र वैज्ञानिक भाडादर लागू गर्न माग

ओभरलोड नियन्त्रण र वैज्ञानिक भाडादर लागू गर्न माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • भैरहवा  
    ट्रक यातायात व्यवसायीहरूले भाडा समायोजन नभए गाडी चलाउने स्थिति नभएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । 
    लुम्बिनी ट्रक यातायात व्यवसाय संघले भैरहवामा आयोजना गरेको इन्धनको मूल्य वृद्धि, भाडा समायोजन र ओभरलोड नियन्त्रणसम्बन्धी भेलामा बोल्दै व्यवसायीहरुले अहिलेको जस्तो स्थिति एक वर्ष भए ट्रक व्यवसायीहरु सखाप हुने बताए । ओभरलोड पूर्णरूपमा बन्द गरी राष्ट्रिय सडक संरचना बचाउनुपर्ने, भारतीय ढुवानीका गाडीलाई विस्थापित गरी नेपाली गाडीको बजार सुरक्षित गर्नुपर्ने र वैज्ञानिक भाडादर कायम गरिनुपर्ने व्यवसायीहरूको मुख्य माग छ । उनीहरुले डिजलको मूल्य बढ्दा बसको भाडा समायोजन भइहाल्ने, तर हामी ट्रक व्यवसायीमा त्यो नियम किन नलाग्ने भन्ने प्रश्न गरे । व्यवसायीहरुले सबै एकजुट भई पेशाप्रति जागरुक भएर प्रतिस्पर्धा गर्न नसकिने भारतीय ट्रक र ओभरलोडलाई रोक्नुपर्ने बताए । व्यवसायीहरूले यी समस्या सम्बोधन नभएसम्म ट्रक व्यवसाय टिकाउन कठिन हुने बताएका छन् ।


    उनीहरुले वर्तमान संकट समाधानका लागि संघको पहलामा सरकारसँग ठोस निर्णय लिनुपर्ने माग गरे । अहिले डिजेलको मूल्य अत्यधिक महँगो, यहाँको कर, गाडी र सर्भिसको काम पनि महँगो भइरहेको बेला भारतीय ओभरलोड ट्रकलाई सीमित जरिवानाकै आधारमा चल्न दिएर ट्रक व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको व्यवसायी शिव सापकोटाले बताए । उनले हालको ढुवानी भाडाले इन्धन खर्च, बैंकको किस्ता र चालकको तलब व्यवस्थापन गर्न समेत कठिन भइरहेकोले कठिन अवस्थामा भाडा समायोजन हुनुपर्ने जनाए ।


    भारतबाट सिधैँ पोखरा, बागलुङ र काठमाडौँसम्म ढुवानी हुँदा नेपाली ट्रक व्यवसायीहरूले प्रतिस्पर्धा गर्न नसकिने बताउँदै भन्सार विन्दुमै ओभरलोड मिलान र नेपाली गाडीलाई प्राथमिकता दिनुपर्ने माग गरे । नेपाली ट्रकहरूलाई कडाइका साथ नियमन गरिए पनि विदेशी ट्रकहरूले ओभरलोड बोकेर निर्वाध रूपमा सञ्चालन भइरहेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाउँदै उनीहरूले धर्मकाँटाबाटै कडाइका साथ जाँच गरी क्षमताभन्दा बढी सामान बोक्ने सवारीलाई रोक्नुपर्ने बताए । यसले सडक, पुललागायतका पूर्वाधार पनि जोगिने र नेपाली ट्रकले काम पाउने उनीहरूको भनाइ छ । व्यवसायीहरुले सम्बन्धित निकाय, महासंघ र सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै सबै व्यवसायीहरु धर्मकाँटा प्रयोग गरी अनुसाशित भएर काममा लाग्ने बताए ।  

     
    संघका अध्यक्ष रुमाखर गौतम हालको अवस्थामा भाडा अत्यन्त न्यून रहेको र इन्धन तथा गाडीका पाटपुर्जाहरूको मूल्य अत्यधिक बढेकाले सवारी सञ्चालन गर्नै नसक्ने अवस्था आएको बताउँछन् । उनले भाडा समायोजन नभएसम्म व्यवसायी टिक्न नसक्ने स्पष्ट पार्दै ओभरलोड नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । 


    महासंघका कोषाध्यक्ष समेत रहेका गौतमले ४० टन क्षमताको सवारीमा १०० टनसम्म सामान बोक्ने प्रवृत्तिले बजार बिग्रिएको छ, जसलाई धर्मकाँटाबाटै कडाइका साथ रोक्नुपर्ने आवश्यकता रहेको बताए । ‘हामीले यहाँ अभियान नै चलाई अनुगमनको कामलाई निरन्तरता दिएका छौँ, ओभरलोड गाडीले संरचना नै ध्वस्त बनाउने हुँदा त्यसलाई रोक्ने प्रयास गरेका छौँ,’ उनले भने –‘हामीले केन्द्रसम्म लबिङ गरेर आगामी दिनमा भन्सार बिन्दुबाटै भारतीय गाडीलाई नेपाल प्रवेशमा आउनलाई रोक लगाएर नेपाली गाडीले नै त्यसतर्फ सञ्चालन गर्नका निमित्त पहलकदमी गर्ने गरी लागेका छौँ ।’ 


    अत्यधिक ओभरलोडका कारण अर्बौंको लगानीमा बनेका बुटवल–नारायणघाट जस्ता सडक र पुलहरू छिट्टै ध्वस्त हुने जोखिम बढेकाले धर्मकाँटाबाटै ओभरलोडमा कडाइका साथ नियन्त्रण गर्नुपर्ने, नेपालमा पर्याप्त गाडी उपलब्ध भएकाले भारतीय गाडीलाई भन्सार बिन्दुबाटै रोकेर नेपाली गाडीलाई प्राथमिकता दिनुपर्ने र समयसापेक्ष स्वचालित भाडादर कायम गरी राष्ट्रिय संरचना जोगाउन सरकारले ठोस कदम चाल्नुपर्ने उनले बताए । त्यस्तै उनले सन् १९५० को सन्धिको आडमा भारतीय गाडीहरूको निर्वाध प्रवेशले नेपाली व्यवसायीहरू मर्कामा परेको उल्लेख गर्दै भन्सार बिन्दुबाटै विदेशी गाडीलाई नियमन गरी स्वदेशी गाडीलाई प्राथमिकता दिनुपर्ने माग गरे । 


    भेलामा सहभागी व्यवसायीहरूले आफ्ना मागहरू शीघ्र सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । विशेषगरी भैरहवास्थित सुनौली नाकामा गाडी तेस्र्याएर ‘की–डाउन’ आन्दोलन गर्ने तथा देशभर ढुवानी ठप्प पार्ने चेतावनी दिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij