२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँचीमा स्वास्थ्यसम्बन्धी सञ्चार कार्यक्रम सम्पन्न

अर्घाखाँचीमा स्वास्थ्यसम्बन्धी सञ्चार कार्यक्रम सम्पन्न

अर्घाखाँचीमा स्वास्थ्यसम्बन्धी सञ्चार कार्यक्रम सम्पन्न

अर्घाखाँचीमा स्वास्थ्यसम्बन्धी सञ्चार कार्यक्रम सम्पन्न

अर्घाखाँचीमा स्वास्थ्यसम्बन्धी सञ्चार कार्यक्रम सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • अर्घाखाँची । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा स्वास्थ्यका विभिन्न विषयमा केन्द्रित सञ्चार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले जिल्लाभर जेष्ठ नागरिकलाई लक्षित गरी नसर्ने रोगसम्बन्धी परीक्षण घरदैलोमै सञ्चालन गरिएको जानकारी दिए ।

    उनका अनुसार रक्तअल्पता (एनेमिया) परीक्षणका क्रममा २ हजारभन्दा बढी व्यक्तिको जाँच गर्दा २ सय ११ जनामा सामान्य, १६ जनामा मध्यम र १ जनामा गम्भीर अवस्था देखिएको छ। साथै पछिल्लो समय जिल्लामा बन्ध्याकरण सेवा लिनेको संख्या घट्दो क्रममा रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा जम्मा ९ जनाले मात्र उक्त सेवा लिएको उनले जनाए ।

    उनले वैशाख १५ गतेदेखि ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको विवरण संकलन (लेखाजोखा) गर्ने कार्यक्रम पनि सञ्चालन हुने जानकारी दिए ।

    कार्यक्रममा अर्घाखाँची अस्पतालका डा. खगेन्द्र आचार्यले नसर्ने रोग अन्तर्गत मुटु, क्यान्सर, मधुमेह र मृगौलासम्बन्धी रोगबारे जानकारी दिए । उनले धूम्रपान तथा मद्यपान, शारीरिक निष्क्रियता, अस्वस्थकर खानपान, तनाव र प्रदूषण नसर्ने रोगका मुख्य कारण रहेको बताए ।

    खराब जीवनशैलीका कारण मुटुरोग, मधुमेह, क्यान्सर, दम तथा मिर्गौलासम्बन्धी रोगको जोखिम बढ्ने अध्ययनहरूले देखाएको पनि उनको भनाइ थियो। दीर्घरोग नियन्त्रणका लागि जीवनशैली सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्न सुझाव दिए ।

    त्यस्तै, जनस्वास्थ्य अधिकृत अंकिता बस्यालले कुष्ठरोग, रेबिज, कालाजार, स्क्रब टाइफाइड तथा डेंगीबारे सहजीकरण गरेकि थिइन्। जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलको स्वागत मन्तव्य र निरीक्षक निरु अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले शुभकामना मन्तव्य व्यक्त गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij