२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा अवैध मोटर पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

बुटवलमा अवैध मोटर पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

बुटवलमा अवैध मोटर पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

बुटवलमा अवैध मोटर पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

बुटवलमा अवैध मोटर पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • बुटवल । बुटवल मैनाबगरस्थित एक स्वदेशी अटो वर्कसपबाट भन्सार छली गरी ल्याइएको मोटर पार्ट्स (क्राउन) प्रहरीले बरामद गरेको छ।

    अस्थायी प्रहरी बिट मैनाबगरबाट खटिएको टोलीले करिब दुई लाख रुपैयाँ बराबरको उक्त सामग्री नियन्त्रणमा लिएको हो।


    बुटवल अटो इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष प्रेम गौचनका अनुसार सवारी मर्मतका क्रममा गाडीधनीले आफैं लिएर आएको पार्ट्स प्रयोग गर्न लागिएको थियो।

    “गाडीवालाले आफैं सामान ल्याएका कारण सुरुवातमा बिलबिजक माग गरिएको थिएन,” उनले भने, “तर पछि सामानप्रति शंका लागेपछि प्रहरीलाई खबर गरिएको हो।”


    प्रहरीले सोधपुछका क्रममा सम्बन्धित बिलबिजक तथा भन्सार कागजात पेश गर्न नसकिएपछि उक्त सामग्री अवैध रूपमा भित्र्याइएको पुष्टि भएको जनाएको छ। त्यसपछि सामग्री नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको छ।


    यस घटनापछि अटो व्यवसायीहरूले भन्सार प्रणालीमा कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

     

    बाणिज्य उपाध्यक्ष बाबुराम आचार्यले अवैध रूपमा भित्रिने यस्ता पार्ट्सले वैधानिक व्यवसायमा नकारात्मक असर पार्ने, राजस्व चुहावट बढाउने तथा गुणस्तरहीन सामग्रीका कारण सवारी सुरक्षामा समेत जोखिम निम्त्याउने बताए।


    “सरकारले भन्सार नाकामा निगरानी थप कडा बनाउनुपर्छ,” उनले भने, “नियमित अनुगमन र कडाइ नगर्दासम्म यस्ता गतिविधि रोक्न कठिन हुन्छ।”


    प्रहरीले पछिल्लो समय भन्सार छलीका घटनामा वृद्धि देखिएकाले निगरानी बढाइएको जनाएको छ भने सबै व्यवसायी तथा सेवाग्राहीलाई कानुनी प्रक्रिया पूरा गरी मात्रै सामान खरिद–बिक्री गर्न आग्रह गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij