२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ज्योतिनगर क्षेत्र विकास परिषद, खानेपानी संस्थाको २० औं साधारणसभा

ज्योतिनगर क्षेत्र विकास परिषद, खानेपानी संस्थाको २० औं साधारणसभा

ज्योतिनगर क्षेत्र विकास परिषद, खानेपानी संस्थाको २० औं साधारणसभा

ज्योतिनगर क्षेत्र विकास परिषद, खानेपानी संस्थाको २० औं साधारणसभा

ज्योतिनगर क्षेत्र विकास परिषद, खानेपानी संस्थाको   २० औं   साधारणसभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ३ मा रहेको ज्योतिनगर क्षेत्र विकास  परिषद,  खानेपानी  तथा सरसफाई उपभोक्ता संस्थाको २० औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ  कार्यक्रममा बुटवल–३ का वडा अध्यक्ष विष्णु  ढकालले खानेपानीका स्रोत संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले खानेपानी संस्थाले थुप्रै राम्रा काम गरेकोमा प्रसंशा गर्दै संस्थाको विकासको लागि वडाले सधै अभिभावकीय भूमिका निर्वाह गर्ने बताए ।
    उनले जनप्रतिनिधि र संघसंस्थाहरुले नागरिकलाई सहजरुपमा सेवा सुविधा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका अध्यक्ष चेत बहादुर गुरुङ (चैतन) ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्तालाई शुद्ध खानेपानीको सुविधा दिनुका साथै सामाजिक काम समेत गरेको बताए । ज्योतिनगर क्षेत्र भित्र रहेका दुर्गा पञ्चायन मन्दिर, जलदेवी मन्दिर, स्वास्थ्य ज्योती आमा समुह, राधेश्याम भजन मण्डली,रेडक्रस सोसाइटी,तमु समाज, भिमसेन नेवा समाज, जनज्योति आधारभुत विद्यालय, युवा क्लब लगाएतका संस्थाहरुलाई निवेदनको आधारमा सहयोग गरेको अध्यक्ष गुरुङले बताए । संस्थाले  डिजिटल प्रणाली मोबाइल एप्स डिभाइस मार्फत मोटर पम्प चलाउन सुरु गरेको र उपभोक्तालाई मोबाइलमार्फत अनलाइन भुक्तानी प्रणाली व्यवस्था गरिएको र संस्थाको आय व्याय प्रणाली चुस्तदुरुस्त र पारदर्शी राख्न सफ्टवेर जडान गरी हिसाब किताब राखिएको बताए । 
    कार्यक्रममा  सचिव  नारायण बहादुर क्षेत्री (रानाभाट) ले सचिवको प्रतिवेदन, कोषाध्यक्ष डोलराज बस्यालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक  विष्णु केसी खत्रीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित भएको छ ।
    कार्यक्रममा संस्थाका सल्लाहकारहरु चिन बहादुर गुरुङ, घनश्याम चापागाईं, सहदेव श्रेष्ठ, दुर्गा पञ्चायन मन्दिरका अध्यक्ष चोला अर्याल, लक्ष्मीनगर विकास केन्द्रका अध्यक्ष लिलाप्रसाद श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीलगायतले स्वच्छ र शुद्ध खानेपानीले नै मानिस स्वस्थ हुने भएकाले तीनै तहका सरकारले खानीपानीको पहुच सबै नागरिकमा सहज रुपमा पु¥याउनुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाले ४ जना ज्येष्ठ सदस्यहरु रामनाथ आचार्य, कुलमान श्रेष्ठ, मिना कुमारी जिसी र कर्ण बहादुर चुदारालाई नगदसहित सम्मान गरेको छ । साथै सोही अवसरमा संस्थाले जनज्योति आधारभूत विद्यालयलाई अक्षय कोष स्थापनाका लागि ५१ हजार  १ सय ११ रुपैयाको चेक विद्यालयका अध्यक्ष माधव पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।
    वि.सं. २०५५÷५६ सालमा स्थापना भएको संस्थामा हाल ३ सय ७६ घरधुरी उपभोक्ता सदस्यहरु छन् । संस्थाको प्रमुख उद्देश्य एक घर एक धारा वितरण गर्ने रहेको संस्थाका सचिव  नारायण बहादुर क्षेत्री रानाभाटले बताए । कार्यक्रममा कार्यसमिति सदस्य भिमाकुमारी गैरे अर्यालले पनि आफ्ना भनाई राखेकी थिइन् । सो अवसरमा संस्थाले प्रकाशित गरेको २०८३ सालको भित्ते पात्रो विमोचन गरी उपभोक्तालाई वितरण गरिएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij