२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

त्रस्त निजी क्षेत्रलाई विश्वासमा लेऊ

त्रस्त निजी क्षेत्रलाई विश्वासमा लेऊ

त्रस्त निजी क्षेत्रलाई विश्वासमा लेऊ

त्रस्त निजी क्षेत्रलाई विश्वासमा लेऊ

त्रस्त निजी क्षेत्रलाई विश्वासमा लेऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • सरकार बनेलगत्तै निजी क्षेत्रका अगुवाहरुलाई विभिन्न आरोप र अभियोग लगाउँदै धरपकड गरेपछि निजी क्षेत्र त्रस्त छ । व्यवसायीलाई कुनै खालको अप्ठारो हुन्न, लगानीकर्तालाई सम्मानको वातावरण हुन्छ भनेर अर्थमन्त्रीको ढाडसले ढुक्क व्यवसायीहरु सरकारको व्यवहारले रूष्ट छन् ।


    विवादास्पद व्यवसायी दिपक भट्टको पक्राउपछि  शंकर गु्रपका शंकर  अग्रवाल पक्राउ परे । उनको पक्राउ लगत्तै छोरा शुलभ पक्राउ परे । शंकर हाजिरी जमानीमा रिहा भए पनि शुलभ अनुसन्धानकै क्रममा थुनामा छन् । दुई दिनअघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परे । उद्योग व्यवसायमा जमेका र रोजगारी श्रृजना गरेका उद्योगी व्यवसायीको पक्राउ श्रृंखलाले मुलुकमा लगानीको वातावरण बिथोलिन्छ कि भन्ने त्रास बढेको छ । व्यवसायी सरकारको निशानामा पर्दा लगानीको वातावरण बिग्रने उत्तिकै सम्भावना रहन्छ । ठूलो लगानी एकैपल्ट आउने होइन । र, यहाँ पहिलेदेखि लगानी गरी रोजगारी श्रृजना गरेका व्यवसायी पलायन हुँदा बाहिरबाट लगानी आउने विश्वास गर्न सकिन्न । कतिपय व्यवसायी व्यवसाय गर्दा कमजोरी हुनसक्छन्, ती कमजोरीप्रति उनीहरुलाई कानुनी कारबाहीबाट अलग राख्नुपर्छ भन्ने होइन । उनीहरुलाई अन्य जघन्य अपराधका अपराधीलाई झैं पक्राउ गर्ने र प्रचार गर्ने सरकारी शैलीले निजी क्षेत्रले आत्मग्लानी महशुस गरेको  छ ।


     आत्मग्लानी गरेको निजी क्षेत्रलाई भरोसा र विश्वास दिएर सँगै हिंडाउन पहलकदमी आवश्यक छ । केही हुन्न, ढुक्क हुुनुस् भनेर भन्ने, तर छानी छानी पक्राउ गर्ने शैली कतिपयका लागि वाहीवाही होला, तर निराश निजी क्षेत्रका लागि पलायनको मार्ग फराकिलो बनाउने छ । लगानी गरेर रोजगारी श्रृजना गरेको वर्गले पलायनको बाटो रोज्यो भने मुलुक झनै अप्ठारोमा पर्छ ।
    व्यवसायीलाई पक्राउ गरी जघन्य अपराधीलाई झैं व्यवहार गर्ने सरकारको शैली सुधार हुनुपर्छ । कुनै व्यक्ति पक्राउ पर्ने बित्तिकै अपराधीलाई झैं व्यवहार गर्ने प्रवृत्तिमा सुधार नहुने हो भने लोकतान्त्रिक व्यवस्थामा बनेको सरकारको निरकुंश शैली प्रष्ट हुनेछ । 
    सरकार अनुदार बन्दा मुलुकको अर्थसामाजिक संरचना खल्बलिने छ । सबै क्षेत्र खल्बलिएपछि त्यसलाई लयमा ल्याउन कठिन हुनेछ ।  आशा र अपेक्षाका साथ गठन भएको सरकारले त्रास बढाएर होइन, शासन प्रणालीप्रति विश्वास र भरोसा जगाउन सक्दा मात्रै समाज लयमा अघि बढ्न सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij