२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन जोड

ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन जोड

ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन जोड

ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन जोड

ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन जोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • बुटवल ।  इन्धनमा भएको चर्को मूल्यबृद्धि र भारतिय गाडीहरुको ओभर लोडले ढुवानी व्यवसायमा ठूलो असर परेको बताइएको छ ।

    ढुवानी व्यवसायीहरुले सुदृढ र व्यवस्थित ढुवानी सेवाका लागि भाडामा एकरुपता तथा सेवामा इमानदारिता जरुरी रहेको बताउदै इन्धनको मुल्य बृद्धि अनुसार भाडा समायोजन हुन नसकेको गुनासो गरेका थिए । 


    ढुवानी व्यवसायी समिति, रुपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको सम्मान तथा क्यालेण्डर विमोचन कार्यक्रमका अवसरमा बोल्ने बक्ताहरुले सो गुनासो गरेका हुन ।

    उनीहरुले भ्याट  ढुवानी क्षेत्रका लागि अव्यवहारिक मात्र होइन राज्यलाई राजश्व गुम्ने हतियार समेत बनेको तर्क गर्दै त्यसमा पुनरविचार गर्न आग्रह गरेका छन् ।


    सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ढुवानी व्यवसायी महासंघ, नेपालका केन्द्रीय अध्यक्ष माधव नेपालले ढुवानी व्यवसायमा लगाइएको भ्याटले साना व्यवसायी मर्कामा परेको हुदा त्यसमा पुनरविचार गर्न सरकारसंग आग्रह गर्नु भयो ।

    उहाले ट्रक व्यवसायी र ढुवानी व्यवसायी नग र मासु जस्तै सम्बन्ध भएको व्यवसाय भए पनि व्यवसाय सञ्चालनमा तालमेल मिल्न नसकेको हुदा त्यसमा रहेका कमीकमजोरीलाई हटाएर संगै अगाडी बढ्न सुझाव दिनु भयो  ।


    कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलका अध्यक्ष याम बहादुर जिसिले बर्तमान कठिन घडीमा ट्रक तथा ढुवानी क्षेत्रका नीतिगत र व्यवहारिक समस्याहरुको समाधान गर्न राज्यले समयमा नै ध्यान दिनु पर्ने कुरामा जोड दिदै  व्यवसायलाई व्यवस्थित गर्न र उचित भाडाका लागि एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । 


    कार्यक्रममा ढुवानी व्यवसायी समितिका निर्वतमान अध्यक्ष जितबहादुर भाटले ढुवानी व्यवसायीसँग सम्बन्धित समस्याहरुलाई समाधान गर्न र व्यवसायलाई उपभोक्तामुखि बनाउने कुरामा गम्भिर बन्न आग्रह गर्दै भ्याटको समस्या समाधान गर्न महासंघलाई आग्रह गर्नु भयो । 
    समितिका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षता, महासचिव उज्जवल केसी र सचिव झविन्द्र थापाको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष शंकर लम्सालको स्वागतमा भएको कार्यक्रममा सल्लाहाकार लोकराज पोखरेललगायत बोलेका थिए । 
    सो अवसरमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित समितिलाई सम्मान  गरिएको थियो भने ढुवानी समितिले प्रकाशन गरेको २०८३ सालको क्यालेण्डर विमोचन गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij