२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जबर्जस्तीले निम्त्याउने जोखिम

जबर्जस्तीले निम्त्याउने जोखिम

जबर्जस्तीले निम्त्याउने जोखिम

जबर्जस्तीले निम्त्याउने जोखिम

जबर्जस्तीले निम्त्याउने जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • सरकार नागरिकको अभिभावक हो । सरकारका नागरिकप्रति दायित्व र जिम्मेवारी हुन्छन् । नागरिकका पनि अधिकार र कर्तव्य हुन्छन् । जब सरकारले नागरिकप्रति दायित्व र जिम्मेवारी भुल्छ त्यसबेला नागरिकलाई सरकारप्रति वितृष्णा हुन्छ । सरकारले गर्ने हरेक काम कुराप्रति अपनत्वभाव हुँदैन् । उनीहरुमा सरकारप्रति आक्रोश बढ्दै जान्छ । आक्रोशको ग्राफ बढ्दै जाँदा कुनै विन्दुमा विष्फोट हुन्छ, अन्ततः त्यसले समस्याको समाधान गर्ने भन्दा झनै समस्याको खाडल बढाउने काम गर्छ ।


    सरकारले काठमाडौंसहित देशका विभिन्न ठाउँको सुकुम्बासी बस्ती खाली गराउँदै छ । सरकारी जग्गा अतिक्रमण गरी बसेको, नदीको बहाव क्षेत्र अतिक्रमण गरी बसेका र सरकारले नै विगतमा बस्न दिएको परिवार पनि उठिवास भएको छ । सार्वजनिक सूचना दिएको २४ घण्टा नबित्दै बस्ती खाली गर भन्नु स्वभाविक भएन् । भलै सुकुम्वासीहरुले शान्तिपूर्वक बस्ती खाली गराएका छन् । सुकुम्वासी बस्तीको व्यवस्थापन आवश्यक थियो । सबैलाई एउटै डालोमा हालेर हेर्दा अहिले समस्या भएको हो । झट्ट हेर्दा सरकारले तीव्र ढंगले काम गरेको लाग्न सक्छ, तर यसका दुष्परिणामका आयाम धेरै हुनसक्छन् । 


    बुटवल दरबारलाइनमा बस्ने २६ घरपरिवारले सूचना पाएको २४ घण्टा पनि समय पाएनन् । सार्दै गरेका सामानको सुरक्षा गर्नु राज्यको दायित्व हो । सर्न अटेर गरे पो डोजर चलाउनु, सर्दै गर्दागर्दै डोजर चलाउनुले सरकारको निरकुंश शैली हो । सामान सार्नलाई केही घण्टा दिए के बिग्रन्थ्यो ? शनिबार साँझ बुटवलमा माइकिङ भयो, आइतबार बिहान डोजर आइपुग्यो । अझ पहिले सरकारले नै निर्णय गरेर बसेका भक्त बस्नेतको झुपडीमा पनि डोजर चलाइयो । शरीरमा गोली बोकेका छन्, २०४७ सालमा  उनको शरीरमा लागेको गोली अझै छ, ती व्यक्तिले न्याय पाउनु पर्दैन् ?


    सुकुम्वासी बस्तीमा डोजर चलाउन जुन हतार गरियो, धमाधम टहरा भत्काउँदा शहरी मध्यमवर्गबाट क्या राम्रो काम भन्ने प्रशंसाको स्वर सुनिन सक्छ । 


    तर दबिएका नागरिकको आवाज विस्तारै चर्को हुनेछ । विकल्प केवल बासको मात्रै होइन्, गाँसको पनि हो । बालबालिकाको शिक्षाको सवाल पनि छ । अहिले देखिएको चित्कारले कति परिवारमा मानसिक समस्या देखिन सक्छ । त्यो समस्याका बारेमा सरकारले के सोंचेको छ ?


    सुकुम्वासी बस्तीमा अहिले तीन खालका व्यक्ति छन् । पहिलो भूमिहीन परिवार, जसको अन्यत्र केही जग्गाजमिन छैन । दोस्रो कतै जग्गाजमिन भएका, तर त्यो जग्गाजमिनमा बसेर जीविकोपार्जन सम्भव छैन । तेस्रो अन्यत्र जग्गाजमिन भएका व्यक्तिहरु । तेस्रो तहका सुकुम्वासी बाहेक राज्यले पहिलो र दोस्रो खालका सुकुम्वासीको व्यवस्थापनमा ध्यान दिनुपर्छ । पहिलो वर्गका परिवारका लागि मात्रै व्यवस्थापन गर्ने सोंचले राज्यको जिम्मेवारी पूरा हुँदैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij