२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विस्थापित उद्योगीलाई क्षतिपूर्ति देऊ

विस्थापित उद्योगीलाई क्षतिपूर्ति देऊ

विस्थापित उद्योगीलाई क्षतिपूर्ति देऊ

विस्थापित उद्योगीलाई क्षतिपूर्ति देऊ

विस्थापित उद्योगीलाई क्षतिपूर्ति देऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • सर्वोच्च अदालतले बुद्ध जन्मस्थल लुम्बिनीबाट १५ किमि क्षेत्रभित्र पर्ने सबै उद्योगलाई खाली गराउन पत्राचारसहित निर्देशन दिएको छ । विश्व सम्पदामा सूचीकृत लुम्बिनीका पूरातात्विक संरचनामा यहाँका उद्योगले गर्ने प्रदुषणले असर गरेको भन्दै अदालतले प्रदूषण फैलाउने उद्योगलाई हटाएर सम्पदा संरक्षणमा जोड दिनु जति स्वभाविक छ, विस्थापित उद्योगलाई राहत र क्षतिपूर्तिको प्याकेज उत्तिकै आवश्यक छ ।


    सरकारले पहिले नै गल्ती ग¥यो, सम्पदा क्षेत्रमा उद्योग खोल्न दिएर गरेको गल्ती अहिले उद्योगीले भोग्दै छन् । सम्पदा क्षेत्रमा उद्योग खोल्न दिनु सरकारको कमजोरी हो । सम्पदा संरक्षणप्रति राज्यको संवेदनशिलताको अभावले उद्योगीले यातायातको सहज पहुँच र अन्य पूर्वाधार राम्रो भएको ठाउँमा उद्योग खोले । सम्पदास्थल आसपासमा ठूलो लगानीको उद्योग खोल्नु जोखिम हुन्छ भन्ने उद्योगी व्यवसायीले पनि हेक्का राखेनन् । सम्पदा क्षेत्र आसपास उद्योग खोल्दा अपनाउनुपर्ने सतर्कताको कमजोरीको मारमा अहिले उद्योगी पर्दैछन् । लुम्बिनी-भैरहवा करिडोरमा १२ सिमेन्टसहित दुई दर्जन उद्योग छन् । सर्वोच्च अदालतले गत भदौ १ गते लुम्बिनी क्षेत्रको १५ किमीभित्र सञ्चालित प्रदूषणकारी उद्योग दुई वर्षभित्र बन्द गर्न वा अन्यत्र सार्न  सरकारलाई परमादेश दिएको थियो । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको १५ किलोमिटर भित्र सञ्चालित प्रदूषणकारी उद्योगहरु अब खोल्नका लागि स्वीकृति नदिन पनि भनेको छ ।


    सर्वोच्चको फैसलाले बुद्ध जन्मस्थल लुम्बिनीबाट १५ किमी दूरीभित्र सञ्चालित कार्बन उत्सर्जन गर्नेउद्योग दुई वर्षभित्र स्थानान्तरण गर्नैपर्ने बाध्यतामा छन् ।  अदालतको फैसला कार्यान्वयन बाध्यकारी हुन्छ । यो फैसला कार्यान्वयन गर्न अदालतले सरकारलाई भनिसकेको सन्दर्भमा अब राज्यको जवाफदेहीता र कर्तव्य देखिनुपर्छ । के सरकारले अर्बांै लगानीका उद्योगलाई बन्द गर्न वा अन्यत्र सार्न कुनै क्षतिपूर्ति विना सम्भव छ  ? यदि सरकारले उद्योगलाई राहत र क्षतिपूर्तिको प्याकेज  ल्याएन भने त्यसले मुलुकको औद्योगिक विकास र रोजगारी श्रृजनामा दुरगामी असर देखिने छ । राज्य आफ्नो दायित्व र कर्तव्यबाट विमुख भयो भने साँच्चिकै लगानीकर्तामा निराशा आउँछ । मुलुकमा औद्योगिक लगानीको वातावरण बिथोलिन्छ ।


    अब राज्यले क्षतिपूर्ति र राहतको प्याकेजका आधारमा उद्योग स्थानान्तरण गर्नुपर्छ । राज्यले यहाँ सञ्चालित उद्योगलाई उपयुक्त ठाउँमा जग्गाको व्यवस्थापन गर्नसक्छ । बैंक व्याज र करमा  सहुलियत प्रदान गर्न सक्छ । ठूलो लगानीका उद्योगलाई यहाँबाट विस्थापित गर्दा के–के गर्न सकिन्छ त्यसबारेमा सरोकारवालासँग बसेर टुंगो लगाउनुपर्छ । अदालतले आदेश दियो, अनिवार्य उद्योगीले छोड्नुपर्छ भन्ने मानसिकता राखेर समस्याको समाधान र व्यवस्थापनमा ध्यान दिइएन भने त्यसले लगानी र रोजगारीको वातावरण बिथोलिन्छ भन्ने हेक्का राखेर सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij