२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गास–बास–कपास दे, नत्र सत्ता छोडि दे

गास–बास–कपास दे, नत्र सत्ता छोडि दे

गास–बास–कपास दे, नत्र सत्ता छोडि दे

गास–बास–कपास दे, नत्र सत्ता छोडि दे

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • गास, बास, कपास दे नत्र सत्ता छोडि दे’ यो नेपालीको  हरेक आन्दोलनमा उठाइने नारा हो । प्रशंग अहिले सुकुम्वासी उठिबास र दमनको छ । यसमा पनि वर्तमान बालेन सरकारको राजीनामा माग भइरहेको छ ।  प्रधानमन्त्री बालेन सरकार बनेको  एक महिनाभित्रै देशका विभिन्न शहरहरुमा बसोबास गर्ने सुकुम्वासीहरुमाथि डोजर लगाई उठिबास गराउने काम भइरहेको छ । बालेनको यो डोजर आतंकले देशव्यापी छरिएर रहेका लाखौं सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई न रातको निद्रा छ न दिनमा भोक नै छ । कहिले के हुने हो ? साराका सारा भयवित र आतंकित छन् । हिजो कांग्रेस–एमाले र माओवादीले समयमै लालपूर्जा नदिई वर्षौं वर्षसम्म झुलाई खाली भोट बैंक मात्रै बनाई आएका यी लाखौं जनताहरु एकाएक कांग्रेस, एमाले र माओवादीलाई छोडी घण्टी पार्टीमा जोडिन पुगे । रवि, बालेन हाई हाई कांग्रेस, एमाले, माओवादी सबलाई बाइबाई गराउँदै घण्टी पार्टीलाई अत्यधिक बहुमतका साथ यो गत निर्वाचनमा विजयी बनाउन पुगे । तर घण्टी पार्टी र बालेन शाह नेतृत्वको सरकार बनेको हप्ता दिन नहुँदै यिनीहरुलाई रवि, बालेनले डोजर आतंकको उपहार दिँदैछन् । आखिर ताप्केको माछा भुंग्रोमा । कांग्रेस, एमाले र माओवादी छोडी ठूलठूूला चोक्टा खान भनी गएका अर्थात् चोक्टा खान गएको बुढी झोलमा डुबी मरी भने जस्तै भएको छ ।


    यो कुनै हाँसी मजाक खिसी टियुरी, जोक र घृणा, अपमान नभएर वास्तविकता हो । वर्गीय समाजमा हरेक कुरा वर्गीयतामा नै नापिन्छ । मुख्य बुझ्नु पर्ने कुरा यही थियोे र छ । वर्गीय रुपमा नेपालका यी सबै दलहरुको राजनीति आर्थिक, सांस्कृतिक सबै सामन्ती, दलाल र नोकरशाही बुर्जुवा प्रकार नै छ । त्यसमा पनि अझ घण्टी पार्टी र यसका नेताहरुको राजनीतिक आर्थिक र सामाजिक सबै चरित्र दलाल पुँजीपति प्रकारकोे छ । यी सबैको चाल चलन, बसाई, उठाई संगत सबै दलाल चरित्रको छ । स्वयंं रवि, बालेनहरुको वास्तविक चरित्र यसभन्दा पहिले नै प्रकट भइसकेको थियो । रवि ठग फटाहा, बालेन सन्की र सामन्ती रविको तीन वर्षे संसद र सरकारी कार्यकर्ता त्यस्तै बालेनको काठमाडौं महानगरपालिकाको मेयर हुँदाको गतिविधि । रविले हजारौं सहकारी पीडित किसान मजदूरहरुको उठिबास  र विचल्ली भने बालेनको हजारौं सुकुम्वासीहरुको उठिबास र विचल्ली पारेको यथार्थता जगजाहेर नै छ । तै पनि यो जेनजी आन्दोलनपछि कांग्रेस एमाले र माओवादी आदि राजनीतिक दलहरुप्रतिको जनअसन्तोष आक्रोश जानी बुझी फेरि यही घण्टी पार्टी र यसका नेताहरुप्रतिको यो राजनीतिक मोहकै कारण नै यो सब भएको हो । तर अहिले यी सबै सुकुम्वासी परिवारहरुको रुवाबासी छ । एउटी वृद्ध सुकुम्वासी आमाले विदेश गएको छोरालाई भन्दै गरेको भिडियो आवाज अहिले व्यापक भाइरल छ । ‘घण्टीलाईं भोट दिनु नत्र म घर पनि आउन्न र घर खर्चको पैसा पनि पठाउन्न भन्दै थिइस । तर अहिले हामीलाई त्यसले घरको न घाटको बनायो ।’ त्यसैले म फेरि पनि भन्छु किन रुन्छस् मंगले आफ्नै ढंगले । पटकपटक यसरी जनताहरुलाई ठग्दै र दमन गर्र्दै गर्दा पनि जनतामा चेत नहुने अनि बल्ल अहिले आएर घण्टी पार्टी, घण्टी नेता रवि बालेनलाई सराप्नुको कुनै अर्थ छैन । आँची नै गरे बल्ल थात देखे भने जस्तै भएको छ, अहिले यी देशका लाखौं सुकुम्वासी र भूमिहीन किसान, मजदूरहरुलाई । 


    अहिले सबैलाई थाहा भइसक्यो घण्टी पार्टी र त्यसका नेता सबका सब सामन्त, दलाल र नोकरशाही बुर्जुवाहरुका सन्तानहरु हुन् । करोडौं र अरबौं सम्पत्तिका मालिक । स्वयं एउटा सामान्य भरियाको छोरा सुदन गुरुङ्गको त्यति अथाहा सम्पत्ति कसरी आर्जन भयो ? त्यस्तै बालेन शाह र अरु मन्त्रीहरुको सम्पत्तिको स्रोत के हो ? १९० तोला सुनको गहना पहिरिएर हिंड्ने श्रीमतीको पोई बालेन तराईको एक जमिनदार । यसबाट नै छर्लङ्ग हुन्छ कि यी सबको वर्गीय आधार के हो ? सामन्ती र दलाल बुर्जुवा इलिट वर्ग । अब यस्ताबाट देशका दुःखी, गरिब, किसान,  मजदुर र सुकुम्वासीहरुप्रति के को दया, माया  र न्याय ? त्यसैले यिनीहरुबाट जे हुनुपर्ने र गर्नुपर्ने थियो, अहिले त्यही भएको छ । यो कुनै नौलो र आश्चर्यको कुरा नै भएन ।  बरु समयमै हामीले यो बुझ्न सकेनांै ठूलो धोका र गद्दारी भयो भनेर पश्चाताप गर्नुको अर्काे विकल्प नै नभएको बुझ्नु पर्नेछ, पहिले यी सबका सब नेपालका सुकुम्वासी जनताले ।


    भनिन्छ, जस्ता गुरुका त्यस्तै चेला । अहिले यी घण्टी पार्टीका मुख्य नेता रवि र बालेनका असली चेला सुधन गुरुङ्ग, दीपक शाह, विश्वराज पोखरेल,  खगेन्द्र सुनार देशभित्र मात्रै होइन विश्वभरि नै चर्चामा छन् । मान्छे चर्चामा कि सुकर्मले आउँछ कि कुकर्मले । यी घण्टी पार्टीका धेरै जसो नेताहरु यस्तै कुकर्मले बढी चर्चामा आएका छन् । जस्तो रवि लामिछाने सहकारी रकम ठगी, अमेरिकी नागरिकता अनि नक्कली पासपोर्टको कारण बढी चर्चित बने भने बालेन शाह सिंहदरबार जलाई दिन्छु भनेर सुकुम्वासी बस्ती हटाएर कवाडीहरुलाई विस्थापित गराएर कांग्रेस, एमाले माओवादी साथै अमेरिका, भारत, चीन आदि सबैलाई फु हुन भनेर चर्चामा आएका छन् । ठीक माथि भने जस्तै जस्ता गुरुका त्यस्तै चेला दीपक शाह आफ्नी श्रीमतीलाई पहिले कमाउने संस्थाको हाकिम नियुक्ति गराएर, खगेन्द्र सुनार नेपालमा गाई काटेर खान पाउनुपर्छ अनि प्रहरी एसपीलाई घिसारे कारबाही गर्छु भनेर, त्यस्तै सुदन गुरुङ्ग भ्रष्टाचारी र विचौलिया दीपक भट्टसँग मिली सित्तैमा लाखौैंं रुपैयाँको शेयर मालिक बनेर ।


    अझ अहिले पूर्व नेपाल प्रहरीका एआइजी विश्व पोखरेल त एक विद्यालयका हेड मास्टरलाई जथानाम गाली गलौज र धम्काएर अति चर्चामा छन् । अरुले तपाईं भनु कि नभनुन् आफैँ मपाई बनेर एउटा विद्यालयको प्र.अ.लाई आफ्नो स्वागतका लागि फूलमालासहित बाहिर गेटमा नआएको भन्दै थर्काएको त्यो भिडियो आवाज भन्नेलाई भन्दा हामी जस्ता लाखौं सुन्नेलाई अत्यन्त लाज श्रम अर्थात् गर्नेलाई भन्दा देख्नेलाई लाज ।  वर्षौंदेखि सलोट र सलामीमा बाँचेका दाँस मानसिकता भएकाहरुका लागि एकाएक सांसद बन्दा यस्ताको खुट्टा नै थातमा नै छैनन् । सबैले आफूलाई सलोट नै गरुन् भन्ने मानसिकता छ । नपाउनेले केरा पायो बोक्रैसित खायो भनेको यही हो । एउटा विद्यालयका आदरणीय गुरुलाई त त्यसरी भन्ने र थर्काउनेहरुले अनि अब विचरा देशका ती गरिब सिधासाधा घरबारविहीन मजदुर, किसान र सुकुम्वासीहरुलाई मान्ने र सम्मान गर्ने, उनीहरुको गास, बास, कपासको ग्यारेन्टी गर्ने त प्रश्नै आउँदैन, यी त सबै नालीमा बस्ने फोहरी किराहरु मात्र हुन् जे गर्दा पनि हुन्छ भन्ने मानसिकतामा छन्, रवि, बालेनहरु । भन्न त चुनावी सभामा रविले यदि कसैले सुकुम्वासी बस्तीमा डोजर लगाउन आउँछ भने पहिले मैले झाँती थापेर प्रतिकार गर्छु । तर फेरि यो भनेको महिना दिन नपुग्दै आफ्नै पार्टीका प्रधानमन्त्रीले डोजर लगाई त्यहाँका सुकुम्वासीलाई उठिबास लगाइरहँदा कथित श्रदेय महान नेता रवि लामिछाने के हेरिबसिरहेका छन् ? ठगको धन्दा ठगी गर्ने नै हो । मान्छेलाई भ्रम पार्ने, झुटो बकवास गर्ने, जसरी हुन्छ मान्छेलाई भ्रम जालमा पारी आफ्नो स्वार्थपूर्ति गर्ने ठग जालीहरुको धन्दा नै हो । त्यसैले रविले हिजो जे भने र अहिले जे गर्र्दैछन् त्यो कुनै अनौठो नै भएन । वर्षौंसम्म पञ्चे, कांग्रेस, एमाले र माओवादीहरुले जनतालाई त्यसैगरी ठगे अब ठगिखाने पालो घण्टी पार्टी र घण्टी पार्टीका नेता रवि–बालेनहरुको हो ।


    यो सुकुम्वासी समस्या अहिलेको मात्रै नभएर २००७ सालदेखिकै हो । स्वयंं नेकपाको स्थापनापछि २००६ साल अर्थात् १५ सेप्टेम्बर १९४९ प्रकाशित पहिलो घोषणा पत्रमा भनिएको थियो– ‘विना मुआब्जा जमिनदारी प्रथा र सबै खाले सामन्ती शोषणको उन्मूलन र जोताहाहरुलाई जमिनको वितरण गर्नु, ग्रामीण ऋण खतम गर्नु, कृषि मजदुरलाई जीवनयोग्य ज्याला ।’ त्यसमा उल्लेख एउटा नारा किसानहरुलाई उल्लेख गर्दै भनिएको छ–‘पहाड पर्वत, खोलानाला, जग्गाजमिन सबको मालिक हामी, तर दास बन्यौं किन ? हिस्सा सबका सब समान ।’ ठीक यो अहिले ७७ वर्षपछि पनि यो देशमा सामन्ती र जमिनदारी प्रथा छ । किसान, मजदुर, सुकुम्वासी सबै ठगिएकै छन् । त्यस्तै अहिलेको चालु संविधानमा उल्लेखित भाग लिन मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३६ र ३७ अन्तर्गत पहिलोमा ‘प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुनेछ’ अर्थात् गासको ग्यारेन्टी त्यस्तै अर्काेमा ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ’ अर्थात् कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन ।’ यो बासको ग्यारेन्टी ।  त्यस्तै  संविधानको धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ ।  यो रोजगारीको ग्यारेन्टी । तर संविधान यो हुँदाहुँदै पनि यी सामन्ती, दलाल र नोकरशाही बुर्जुवा विदेशबाट पालित पोषित बेलायती कुकुरहरुलाई यसमा के मतलब ? मालिकको आदेश जे छ त्यही गर्छन् ।
    अहिले यसरी सुकुम्वासीहरुलाई विना विकल्प घर न घाटको बेवारिसे बनाउने यो प्रक्रियामा घण्टी ग्याङ मात्रै होइन, स्वयं कांग्रेस, एमाले र माओवादीका स्थानीय निकायका पदाधिकारीहरुले पनि साथ दिइरहेका छन् । हिजो आफूहरुले त्यस्ता सुकुम्वासीहरुलाई साथ दिँदै आए पनि अहिले घण्टी ग्याङलाई साथ दिएको भन्दै त्यसको बदलामा उल्टै उनीहरुलाई उठिबास लगाउनमा साथ दिइरहेका छन् । वास्तवमा वर्गीय रुपमा यी सबैको वर्गीय आधार नै एउटै हो । खाली फरक पार्टी, व्यक्ति र प्रवृत्तिको मात्रै हो । जुन रुप र प्रवृत्ति अहिले कांग्रेस, एमाले र माओवादीका स्थानीय निकायहरुले देखाउन थालेका छन् । यो सबै सुकुम्वासीहरु सदा यी सबैको खाली भोट बैंक मात्रै बन्नुको मूल कारण हो । त्यसैले अब जो कोही पनि यसरी खाली यिनीहरुको भोट बैंक मात्रै नबनी आ–आफ्नो हक हित र अधिकारको लागि एकजुट बनौं । विद्रोह गर्ने जनताको अधिकार हो । स्वयं माथि भने जस्तै संविधानले नै त्यो हक, हित र अधिकार सुनिश्चित गरेको छ । तै पनि यसका विरुद्ध यसरी जनतालाई गास, बास, कपास र रोजगारीविहीन बनाउने यो सरकारी रवैयाका विरुद्ध माथि भने जस्तै विद्रोह गर्नु सबैको बाध्यता र नैसर्गिक अधिकार नै हो । यसरी  यो वर्तमान सरकार खाली सुकुम्वासीहरुका विरुद्ध मात्रै होइन सबै तह र तप्काका जनसमुदायहरुप्रति पनि जाई लाग्न थालेको छ । किसान, मजदुर, शिक्षक, विद्यार्थी, कर्मचारीहरुका आ–आफ्ना जनवर्गीय संगठनहरुको खारेजीको घोषणा गरिसकेको छ । यो सबै वर्तमान चुनावी विजयको उन्मात, निरंकुशता र अधिनाकयत्वको थालनीको उपज र अभ्यास हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij