२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सातै प्रदेशमा वर्षा : मधेसमा हावाहुरी र चट्याङको उच्च जोखिम

सातै प्रदेशमा वर्षा : मधेसमा हावाहुरी र चट्याङको उच्च जोखिम

सातै प्रदेशमा वर्षा : मधेसमा हावाहुरी र चट्याङको उच्च जोखिम

सातै प्रदेशमा वर्षा : मधेसमा हावाहुरी र चट्याङको उच्च जोखिम

सातै प्रदेशमा वर्षा : मधेसमा हावाहुरी र चट्याङको उच्च जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • काठमाडौँ । अहिले देशभरिको मौसममा बदली भई सातै प्रदेशका विभिन्न जिल्लामा हल्का वर्षा भइरहेको छ। 

    पश्चिमी र स्थानीय वायुका साथै नेपाल नजिकैको तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा देशका विभिन्न भागमा हावाहुरी, असिना र चट्याङसहित मध्यम वर्षाको सम्भावना देखिएको छ। मौसममा आएको यो फेरबदलका कारण सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।


    विशेष गरी मधेस प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाही नजिकैको भारतीय क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने शक्तिशाली प्रणाली विकसित भइरहेको छ। उक्त प्रणाली उत्तर-पूर्वतर्फ सरिरहेकाले ती जिल्ला र आसपासका क्षेत्रमा उच्च सावधानी अपनाउनु पर्ने देखिएको छ। 


    हाल लुम्बिनी प्रदेशमा पूर्णतया बदली रहेको छ भने गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदलीको अवस्था छ।


    अहिले लुम्बिनी प्रदेशका केही स्थान र गण्डकी तथा कर्णाली प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका बाँकी भू-भागमा पनि आंशिक बदली रहेको छ। वर्षासँगै आउन सक्ने हावाहुरी र चट्याङले जनजीवनमा असर पार्न सक्ने भएकाले सतर्क रहन सूचना जारी गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij