अर्घाखाँची । अर्घाखाँचीकाे प्रसिद्व तथा धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा शनिबार हजारौंको सङ्ख्याकाे रहेका श्रदालुक्त जनले १ लाख ६४ हजार ७ सय ५० भेटी चढाएका छन् .
लुम्बिनी प्रदेश गण्डकी प्रदेश भारतकाे उत्तर प्रदेशबाट आएका श्रदालुभक्त जनले मन्दिरमा पुजाआजा सगसगै भेटी चढाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
आफुले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरु समेत जीवन सफल बनाँउनका लागि बिहे लगतै दर्शन गर्न आउने चलन रहेको स्थानीय बासिन्दाले बताउँछन् ।
यो मन्दिरमा सधै भक्तजनहरुको व्यापक भिड लाग्ने गरेको छ । आफ्नो मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु बली समेत मन्दिरमा चढाउने चलन रहेको छ ।
२०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ .




