२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फाेहाेर बर्गिकरण गराउन बुटवलमा घरदैलाे

फाेहाेर बर्गिकरण गराउन बुटवलमा घरदैलाे

फाेहाेर बर्गिकरण गराउन बुटवलमा घरदैलाे

फाेहाेर बर्गिकरण गराउन बुटवलमा घरदैलाे

फाेहाेर बर्गिकरण गराउन बुटवलमा घरदैलाे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • बुटवल ।  बुटवल उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र दिगो बनाउने उद्देश्यसहित वडा नं. ७ र ८ मा घरदैलो अभियान सुरु गरेको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपि) नेपालको सहयोग तथा फोहोर सरसफाइ सहकारी संस्थाको आयोजनामा सुरु गरिएको अभियानमार्फत घरमै तीन तहमा फोहोर छुट्याउने अभ्यासलाई प्रोत्साहन गरिएको हो ।


    अभियानअन्तर्गत कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने विषयमा घरघरमा पुगेर जनचेतना फैलाइँदैछ । कार्यक्रममा प्लास्टिकका झोला गल्न करिब ३० वर्ष, पानीको बोतल गल्न ५०० वर्ष तथा सेनेटरी प्याड गल्न ६०० वर्षसम्म लाग्ने भएकाले फोहोरको सही व्यवस्थापन अपरिहार्य रहेको जानकारी दिइएको थियो ।


    बुटवल–७ मा रहेको फोहोर प्रशोधन केन्द्रमा जैविक फोहोरबाट मल उत्पादन गर्ने तथा प्लास्टिकजन्य फोहोरबाट इँटा उत्पादन गर्ने प्रविधि सञ्चालनमा रहेको बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाका अध्यक्ष बिष्णु कार्कीले बताउनुभयाे । 


    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर उप प्रमुख सबित्रादेबी अर्यालले  फोहोर व्यवस्थापन केवल सरसफाइको विषय मात्र नभई वातावरण संरक्षण, स्वास्थ्य सुरक्षा र आर्थिक उत्पादनसँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले घरबाटै फोहोर छुट्याउने बानी विकास गर्न सके फोहोरलाई स्रोतमा रूपान्तरण गर्न सकिने उल्लेख गर्नुभयो ।

    युएनडिपिका लुम्बिनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले बुटवललाई सफा, हरित र व्यवस्थित सहर बनाउने अभियानमा नागरिकको सहभागिता सबैभन्दा महत्वपूर्ण रहने समेत बताउनुभयो । उहाँले फाेहाेर बर्गिकरणमा ध्यान दिन आग्रह गर्नुभयाे । 


    साे अवसरमा टाेलबिकास संस्थाहरुबाट प्रतिनिधित्वमुलक सहभागिता रहेकाे थियाे भने सहभागीहरुलाइ फाेहाेरकाे बर्गिकरणकाे नमुना समेत प्रस्तुत गरिएकाे थियाे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij