२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीका अनिल खत्रीको अन्तर्राष्ट्रिय सफलता, मासिक ४ लाखसम्मको यात्रा

गुल्मीका अनिल खत्रीको अन्तर्राष्ट्रिय सफलता, मासिक ४ लाखसम्मको यात्रा

गुल्मीका अनिल खत्रीको अन्तर्राष्ट्रिय सफलता, मासिक ४ लाखसम्मको यात्रा

गुल्मीका अनिल खत्रीको अन्तर्राष्ट्रिय सफलता, मासिक ४ लाखसम्मको यात्रा

गुल्मीका अनिल खत्रीको अन्तर्राष्ट्रिय सफलता, मासिक ४ लाखसम्मको यात्रा
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
सोमवार, बैशाख २१ २०८३
सोमवार, बैशाख २१ २०८३
  • गुल्मी । समय सधैँ एकैनास रहँदैन भन्ने भनाइलाई जीवन्त बनाएका छन् गुल्मीका २८ वर्षीय अनिल खत्रीले। एक समय कापी–कलम किन्न नसक्दा रुँदै स्कुल धाउने बालक आज अन्तर्राष्ट्रिय कम्पनीमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत छन् र मासिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।

    गुल्मीको इस्मा गाउँपालिका–रामकोटमा जन्मिएका खत्रीको बाल्यकाल चरम अभावमा बित्यो। बुबा रोजगारीका लागि भारतमा रहँदा बिरामी परेपछि परिवार थप समस्यामा पर्‍यो। घरमा वृद्ध हजुरआमा मात्र भएकाले दैनिक जीवनयापनसमेत कठिन थियो। स्कुल ड्रेस अभावमा फाटेको कट्टु लगाएर विद्यालय जानुपरेका ती दिन सम्झिँदा हजुरआमा हुमकला आज पनि भावुक हुन्छिन्।
    “त्यो बेलाको दुःख सम्झिँदा मुटु चसक्क हुन्छ,” उनले भनिन्, “आज नातिले नाम र दाम कमाउँदा संसारकै खुसी मिलेको छ।”

    गाउँमै पढाइ सम्भव नभएपछि खत्रीलाई भारत पठाइयो। तर त्यहाँ पनि जीवन सहज थिएन। आर्थिक अभाव, कामको दबाब र अनिश्चितताबीच उनले अध्ययनलाई निरन्तरता दिए। अनेक कठिनाइका बाबजुद उनले आफ्नो लक्ष्य छाडेनन्।

    कानपुर इन्स्टिच्युट अफ टेक्नोलोजीबाट कम्प्युटर साइन्समा स्नातक गरेपछि खत्रीको जीवनले नयाँ दिशा लियो। प्राविधिक सीप र अनुशासनका कारण उनी विभिन्न कम्पनीको ध्यानाकर्षणमा परे। पछि साउदी अरेबियास्थित प्रतिष्ठित सप्लायर्स कम्पनी ‘मर्सुल’मा सफ्टवेयर इन्जिनियरका रूपमा अवसर पाएपछि उनको करिअरले उचाइ लियो।

    हाल मासिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने खत्री केही समयअघि कुल पूजाका लागि जन्मथलो फर्किएका छन्। विदेशमा सफल भए पनि उनको ध्यान भने स्वदेशमै केही गर्नेमा केन्द्रित छ।
    “१०–१५ हजारको जागिर पाए हुन्थ्यो भन्ने सोच थियो,” खत्री भन्छन्, “तर निरन्तर सङ्घर्ष र बुबाको साथले यहाँसम्म पुर्‍यायो। अब नेपालमै प्रविधिको क्षेत्रमा योगदान दिने लक्ष्य छ।”

    खत्रीको कथा अभाव र गरिबीलाई बहाना नभई प्रेरणाको स्रोत बनाउन सकिने उदाहरण हो। एउटा सामान्य गाउँबाट उठेर अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्न सकिने सन्देश उनले दिएका छन्। उनको यात्रा धैर्य, अनुशासन र निरन्तर प्रयास भए असम्भव केही नरहने प्रमाणका रूपमा प्रस्तुत भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij