लायन्स फाइनान्स लिमिटेड वि.सं. २०६६ सालदेखि नेपालमा सञ्चालन भइरहेको एक नेपाल राष्ट्र बंैकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था हो । अनुभवी बैंकर्स तथा व्यवसायीहरूको समूहद्वारा प्रवद्र्धित यस संस्थाको मुख्य कार्यालय कमलादी, काठमाडौंमा रहेको छ । देशभरी फैलिएर रहेका आफ्ना २१ वटा शाखाहरुमार्फत् रिलायन्स फाइनान्सले छिटो र भरपर्दो प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
रिलायन्सले सर्वसुलभ रुपमा ग्राहकहरुलाई बैंकिङ् सेवा उपलब्ध गराउँदै, सहज रुपमा डिजिटल बैंकिङ् सुविधाको साथै अन्य विभिन्न सेवा तथा सुविधाहरु प्रदान गर्दैै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवाहरु गर्दै आइरहेको छ ।
भैरहवा व्यापार, पर्यटन र सीमावर्ती कारोबारका कारण तीव्र रूपमा विकसित भइरहेको क्षेत्र हो । यस क्षेत्रमा वित्तीय संस्थाहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ । यही सन्दर्भमा, हाम्रो प्रतिनिधिले रिलायन्स फाइनान्स भैरहवा शाखाका शाखा प्रबन्धक प्रज्ञान पौडेलसँग अहिलेको बजारको अवस्था, समग्र वित्तीय स्थितिबारे र भविष्यका योजनाबारेमा दीपिका पाण्डेले गरेको कुराकानीः
तपाईंको बैंकिङ यात्राको बारेमा छोटकरीमा बताइदिनुहोस् ?
मेरो बैंकिङ यात्रा झण्डै १० वर्ष अघि एउटा वाणिज्य बैंकबाट सुरु भएको हो । सुरुवाती दिनदेखि नै मैले ग्राहक सेवा, कर्जा प्रक्रिया र शाखा सञ्चालनसम्बन्धी काम सिक्ने अवसर पाएका कारण अहिले शाखा व्यवस्थापनको तहसम्म पुगेको छु । यस यात्रामा मैले टीम व्यवस्थापन, व्यवसाय वृद्धि, जोखिम व्यवस्थापन र नेपाल राष्ट्र बंैकको नीति तथा निर्देशनहरूको कार्यान्वयनमा महत्वपूर्ण अनुभव हासिल गर्ने अवसर पाए । बैंकिङ् क्षेत्रमा काम गर्दा मलाई ग्राहक सन्तुष्टि र दिगो वित्तीय विकासमा योगदान दिन पाउँदा एकदम गर्व महसुस हुन्छ ।
रिलायन्स फाइनान्सले यस भैरहवा क्षेत्रमा प्रदान गर्दै आएको सेवा–सुविधाहरु के–कस्ता छन् ?
रिलायन्स फाइनान्स लिमिटेडले यस क्षेत्रका ग्राहकहरूको विविध वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै सरल, सुरक्षित र विश्वसनीय सेवा दिने हेतुले निक्षेपतर्फ, बचत खाता, चालु खाता तथा मुद्दती निक्षेप जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ । बचत खातामा आकर्षक ब्याजदर, सहज पहुँच र डिजिटल माध्यमबाट कारोबार गर्ने सुविधा दिइएको हुन्छ भने मुद्दती निक्षेपमा निश्चित अवधिका लागि लगानी गर्दा सुनिश्चित प्रतिफल प्राप्त गर्न सकिन्छ ।
त्यसैगरी, घर निर्माण वा खरिदका लागि घर कर्जा, सवारी साधन खरिदका लागि सवारी कर्जा, व्यक्तिगत आवश्यकताका लागि व्यक्तिगत कर्जा, तथा व्यवसाय सञ्चालन वा विस्तारका लागि व्यवसायिक कर्जा पनि उपलब्ध गराउँदै आएको छ ।
यसका अतिरिक्त, मोबाइल बैंकिङ, त्तच् कोडमार्फत् भुक्तानी जस्ता सुविधाहरू र रेमिटेन्स सेवामार्फत् विदेशबाट पठाइएको रकम सहज रूपमा प्राप्त गर्न सकिने सेवाहरू पनि उपलब्ध छन् ।
समग्रमा, रिलायन्स फाइनान्सले आधुनिक प्रविधि, ग्राहक–केन्द्रित सेवा र पारदर्शी कार्यशैलीमार्फत् यस भैरहवा क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको एक विश्वासिलो वित्तीय संस्था हो ।
भैरहवाको व्यापारिक परिवेशमा शाखाको भूमिका कस्तो छ र साना तथा मझौला व्यवसायलाई कसरी सहयोग गरिरहनुभएको छ ?
भैरहवाको सन्दर्भमा, यहाँ पर्यटन क्षेत्र पनि महत्वपूर्ण छ किनभने योलुम्बिनी नजिकै पर्छ । होटल, रेस्टुरेण्ट, गाइड सेवा जस्ता साना तथा मध्यम व्यवसायीको उपस्थिति धैर छ । त्यसकारण, हाम्रो शाखाले यस्ता साना तथा मध्यम व्यवसायलाई प्राथमिकतामा राख्दै सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । होटल, रिसोर्ट तथा साना व्यवसायीहरूलाई लक्षित गरी विशेष कर्जा योजना पनि सञ्चालन गरिरहेका छौं ।
हामीले गल्ला तथा कृषि जस्ता स्थानीय व्यवसायहरूलाई पनि प्राथमिकतामा राख्दै विभिन्न किसिमका कर्जा प्रदान गर्दै व्यवसाय विस्तारका लागि आवश्यक लगानी उपलब्ध गराउँदै आएको छांै । त्यसैगरी, यस क्षेत्रमा बेला बेलामा स्थानीयस्तरमा हुने व्यापार मेला, प्रदर्शनी र उद्योग वाणिज्य संघले गर्ने तालिम जस्ता कार्यक्रमहरुमा सहभागी भएर सहुलियतपूर्ण कर्जा, साना तथा मझौला व्यवसाय कर्जाकोबारेमा स्थानीयस्तरमा जानकारी पनि गराउँदै आएका छांै ।
ग्राहक सन्तुष्टि सुनिश्चित गर्न के गर्दै हुनुहुन्छ र यसमा डिजिटल बैंकिङ सेवा भूमिका कस्तो हुुन्छ ?
मलाई ग्राहक सन्तुष्टि कुनै पनि व्यवसाय वा संस्थाको सफलता मापन गर्ने प्रमुख आधार हो जस्तो लाग्छ । सन्तुष्ट ग्राहकले पुनः सेवा प्रयोग गर्छन्, अरूलाई सिफारिस गर्छन् र संस्थाको प्रतिष्ठा बढाउँछन् । त्यसैले ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्दै हामी छिटो र प्रभावकारी सेवा, ग्राहकसँग राम्रो व्यवहार, सुुझाव र सुधार जस्ता विषयलाई प्राथमिकताका साथ हेर्ने गछौं ।
यसैगरी, वर्तमान समयमा ग्राहक सन्तुष्टिको कुरा गर्दा डिजिटल बैंकिङ् सेवाको भूमिकालाई बिर्सन सकिँदैन, किनकि त्यसैले संस्थाले दिने सेवालाई छिटो, सहज, सुरक्षित र सुलभ बनाएको छ । अब ग्राहकहरू शाखामा नआई पनि धेरै काम गर्न सक्छन् । हामीले ग्राहकलाई छिटो, सहज र डिजिटल सेवा दिनमा जोड दिएका छौं, यसका लागि मोबाइल बैंकिङ्, त्तच् सेवा र अनलाइन सेवा विस्तार गरेका छौं । ग्राहक सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो ।
वर्तमान आर्थिक चुनौतीलाई सामना गर्दै प्रतिस्पर्धामा कसरी अघि बढीरहनु भएकोछ ?
भैरहवा जस्तो तीव्ररूपमा विकास भइरहेको व्यापारिक क्षेत्रमा शाखा प्रमुुखको रूपमा काम गर्दा चुनौती र प्रतिस्पर्धा दुवै उच्च हुन्छन् । यस्तो अवस्थामा म तीनवटा मुख्य कुरामा फोकस गर्छु-बजार बुझाइ, ग्राहक सम्बन्ध र टिम प्रदर्शन ।
सबैभन्दा पहिले, म स्थानीय बजारलाई राम्रोसँग अध्ययन गर्छु । भैरहवा सीमा नजिक भएकाले यहाँका व्यवसायहरू विशेषगरी ट्रेड, होटल, र साना–मझौला उद्योगहरूको आवश्यकता फरक हुन्छ । त्यसैले म ग्राहकको आवश्यकताअनुसार सेवा दिन प्राथमिकता दिन्छु ।
दोस्रो, प्रतिस्पर्धामा अगाडि बढ्नका लागि म ग्राहकसँगको सम्बन्ध बिकासमा विश्वास गर्छु । ग्राहकसँग दीर्घकालीन सम्बन्ध बनाउने, छिटो र भरपर्दो सेवा दिने, र नियमित सम्पर्कमा रहने मेरो प्राथमिकता हुन्छ । यसले ग्राहकको विश्वास जित्न र सम्बन्ध बढाउन मद्दत गर्छ ।
तेस्रो, एक बलियो टिम बिना शाखाको निर्धारित लक्ष्य प्राप्त गर्न सम्भव हुँदैन । त्यसैले, म आफ्नो टिमलाई स्पष्ट लक्ष्यका साथ उच्च प्रदर्शन गर्न प्रेरित गर्छु ।
यी सबै रणनीतिहरू प्रयोग गरेर म भैरहवा जस्तो प्रतिस्पर्धात्मक बजारमा पनि शाखालाई अगाडि लैजान लागिरहेको छुु ।
वित्तीय साक्षरता कार्यक्रम र सामाजिक उत्तरदायित्वमा के काम गर्दै हुनुहुन्छ ?
वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्व बैंकिङ् सेवाको महत्वपूर्ण हिस्सा हो । यसका लागि, हामीले स्थानीय समुदायसँग सहकार्य गर्दै वित्तीय समावेशीकरण बढाउन ग्रामीण क्षेत्रका मानिसहरूलाई बैंकिङ् पहुँचमा ल्याउने, महिला समूहहरूलाई बैंकिङ्बारे जानकारी गराउने जस्ता काम गरीरहेका छांै ।
भर्खरै मात्र पनि हामीले ग्लोबल मनी विकको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेका थियौं, जसमा विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई बचत गर्ने बानी, बजेट बनाउने तरिका र डिजिटल बैंकिङको सुरक्षित प्रयोगबारे प्रशिक्षण दिएका थियौं । यस्ता कार्यक्रमहरूले समुदायलाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै दीर्घकालीन रूपमा ग्राहक र संस्थाबिच विश्वास निर्माण गर्न मद्दत गर्छ ।
अन्त्यमा, केही भन्न चाहानुु हुुन्छ ?
आज मलाई रिलायन्स फाइनान्सको तर्फबाट आफ्नो धारणा राख्ने अवसर प्रदान गर्नुभएकोमा यहाँको सञ्चार माध्यमप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
त्यसैगरी, आगामी दिनहरूमा ग्राहकवर्गहरुको आवश्यकताअनुसार अझ सुदृढ, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ हाम्रा सम्पूर्ण ग्राहक वर्गप्रति म आभार व्यक्त गर्न चाहन्छु । यहाँहरूको विश्वास र साथकै कारण हामी आज यस स्थानमा पुग्न सफल भएका छांै र आउँदा दिनहरुमा पनि यस्तै साथको अपेक्षा राखेका छांै ।




