२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राज्य आतंक बन्द गरी समाधानको बाटो रोज

राज्य आतंक बन्द गरी समाधानको बाटो रोज

राज्य आतंक बन्द गरी समाधानको बाटो रोज

राज्य आतंक बन्द गरी समाधानको बाटो रोज

राज्य आतंक बन्द गरी समाधानको बाटो रोज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • सातादेखि काठमाडौंको सुकुम्वासी बस्तीमा चलेको डोजरले १५ हजार नागरिक विस्थापित भएका छन् । उनीहरुको बास बस्ने छाप्रोमा राज्यले डोजर लगाएर भत्काइदिएको छ । बालबालिका पढ्ने स्कुललाई पनि डोजरले छोडेन् । त्यसैले बालबालिका स्कुल जान पाएका छैनन् । विस्थापित सुकुम्वासीलाई विभिन्न सरकारी होल्डिङ सेन्टरमा राखिएको छ, जहाँ उनीहरुलाई धेरै समस्या छ । राज्यले सुकुम्वासी व्यवस्थापनका लागि विधि नपु¥याउँदा सिंगो देशमा त्रास फैलिएको छ, देशभरका भूमिहीन, अव्यवस्थित बसोवासी आन्दोलनमा उत्रेका छन् । काठमाडौंमा जुन ढंगले डोजर चल्यो, त्यसैगरी, काठमाडौं बाहिर डोजर चलाएर भूमिहीन, सकुम्वासी र अव्यवस्थित बसोवासीले प्रतिकार गर्ने चेतावानीसहित संगठित भइरहेका छन् । 


    कठमाडौं उपत्यकासहित देशभर भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासी समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्ने काम राज्यको हो । भलै लामो समयदेखि राज्य चुक्दै आएको विषय हो । पछिल्ला वर्ष राज्यले गम्भीर भई काम गर्दै आएको थियो । भूमि आयोग गठन गरी आयोगले काम दु्रत रुपमा अघि बढाएको थियो, तर आयोगलाई काम  गर्न नदिएर अध्यादेशमार्फत् खारेजी गरी सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाउने काम ग¥यो । झट्ट हेर्दा सरकारले राम्रो ग¥यो भन्ने पंक्ति पनि भेटिएला, तर यस्तो क्रियाकलाप राज्य आतंक हो । राज्यले नागरिकलाई पुनस्र्थापनाको विकल्प नदिई घरबास नष्ट गरिदिने काम किमार्थ जायज होइन् । सरकारले पहिले भूमिहीन र सुकुम्वासीलाई पुनस्र्थापित गर्नुपर्दथ्यो । त्यसपछि जोखिमयुक्त ठाउँका बस्ती हटाउनु पर्दथ्यो । अहिले जोखिमयुक्त ठाउँको बस्ती हटाएको भनिएको छ, तर पुनस्र्थापनाको प्रष्ट योजना र कार्यान्वयनको खाका देखिदैन् । राज्यको दमनकारी र अपारदर्शी चरित्रले नागरिक आक्रोश बढेको छ । काठमाडौंमा डोजर चलेपछि पोखरा, बुटवल, हेटौंडा, दाङ, बर्दिया, झापालगायत विभिन्न ठाउँमा भूमिहीन र सुकुम्वासीले जुलुश प्रदर्शन गरेका छन् । राज्य आतंकको निन्दा गर्दै न्यायको याचना गरिरहेका छन् । 


    राज्यले भूमिहीनलाई आवासको व्यवस्था गनुपर्ने संवैधानिक व्यवस्था छ । अझ नागरिकलाई सुरक्षित आवासको जिम्मा पनि राज्यको हो । यो संवैधानिक व्यवस्थाअनुसार भूमिहीनलाई आवासको व्यवस्था सुरक्षित ठाउँमा गर्ने र उनीहरुलाई आयआर्जनको माध्यमसँग जोड्ने काम पनि सँगै गर्दा सरकारप्रति नागरिकको विश्वास र भरोसा बढ्छ । तर अहिले सुकुम्वासीलाई जग्गा अतिक्रमणकारीको ट्याग लगाइएको छ । कतिपय अतिक्रमणकारीलाई बसिरहेको ठाउँबाट विस्थापित गर्न जति अनिवार्य छ, सुकुम्वासीलाई आवासको व्यवस्था सरकारले गर्नुपर्छ । त्यसैगरी, अव्यवस्थित बसोवासीलाई पनि राज्यले लालपूर्जा दिनै पर्छ । उनीहरुलाई पनि अतिक्रमणकारी भनेर ट्याग लगाउने काम राम्रो होइन । वर्षौंदेखि बसिरहेको छ, खेतीपाती गरेको छ, कतिपयको तीन चार पुस्ता भइसक्यो, त्यस्तो परिवारलाई अतिक्रमणकारी भनेर विस्थापित गर्ने रवैयाले सरकारप्रति आक्रोश बढेको छ । 


    सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रष्ट धारणा आउनुपर्छ । अहिले रास्वपा अलमलमा परिरहेको छ । प्रधानमन्त्री रास्वपाको दृष्टिकोणअनुसार चलिरहेका छन् कि आफ्नै हठमा चलेका छन् ? रास्वपाको प्रष्ट दृष्टिकोण आयो भने मात्रै अहिले बल्झिरहेको समस्या समाधानको बाटो खुल्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij