बुटवल । बुटवलको ढवाह स्थित वेस्टर्न मेगा कलेजमा अफ इन्फरमेशन टेक्नोलोजी (विआईटी) को कार्यक्रम थप गरेको छ । विएचएम र एमविए अध्ययन गराउँदै आएको वेस्टर्न मेगा कलेजमा यस शैक्षिक शत्रदेखि ४ वर्षे विआईटीको समेत कोर्ष थप गरिएको कलेजले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हाे ।
सेमेस्टर प्रणाली अनुसार अध्ययन हुने विआईटी अध्ययन कक्षा १२ उत्तिर्ण व्यवस्थापन, विज्ञान, शिक्षा तथा कानुन जुनसुकै संकायका विद्यार्थीहरुले पनि अध्ययन गर्न पाउने प्राचार्य किसु शर्माले बताए । उक्त कोर्ष अध्ययन गर्नका लागि ७ लाख ५० हजार खर्च लाग्ने प्राचार्य शर्माले बताए ।
यस्तै खाना सुविधाको थप १ लाख ६६ हजार लाग्ने समेत हुने बताए । अध्ययन ट्युटोरियल, लेक्चरल र र्वकशप (एचटिडब्लु) विधिअनुसार हुने र भर्ना फारम वितरण यही बैशाख २७ गतेदेखि हुने शर्माले बताए ।
विएचएम अध्ययन र एमविए अध्ययनका लागि समेत नयाँ भर्ना खुलेको प्राचार्य शर्माले बताए । स्नातक तहमा विएचएम अध्ययन गर्नका लागि ८ लाख ९२ हजार ५०० खर्च लाग्ने र एक पटक अन्तराष्ट्रिय भ्रमण, विभिन्न होम स्टे भ्रमण, जापनिज तथा चाइजिन भाषा समेत विद्यार्थीलाई सिकाइने बताए ।
साथै प्रचार्य शर्माले एमविए जुनसुकै संकायमा स्नातक उर्तिण गरेका विद्यार्थीहरुले अध्ययन गर्न पाउने बताए । २ वर्षे उक्त कोर्ष अध्ययन गर्नका लागि ४ लाख ६५ हजार खर्च लाग्ने समेत उनले बताए ।
कलेजले नयाँ शैक्षिक सत्र २०८३ मा गर्ने विभिन्न अत्तिरिक्त क्रियाकलाप तथा कार्यक्रमहरु समेत सार्वजनि गरेको छ । कजेल शैक्षिक सत्र २०८३ मा जेठ १५ देखि असार १५ गतेम्मि ३० दिने निःशुल्क होटल व्यवस्थापन कार्यक्रम गर्ने प्राचार्य शर्माले बताए ।
यस्तै डब्लुएमसि जेआर, मास्टर चेफ २०२६ कम्पिटीशन साउनमा गर्ने कजेलले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, द्धितीय हुनेलाई नगद १५ हजारसहित सम्मान पत्र र मेडल प्रदान गरिने प्राचार्य शर्माले बताए।
इन्फरमेशन टेक्नोलोजी शिक्षा सम्बन्धी १ दिने गोष्ठि तथा २ दिने डब्लुएमसि हाकाथन साउनमा गर्ने तयारी रहेको कलेजले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, द्धितीय हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।
कलेजका अध्यक्ष मेघराज पन्थले आफुहरुले व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको बताउँदै वेस्टर्न मेगामा अध्ययन गरेका विद्यार्थीहरु बेरोजगार भएर बस्नु नपर्ने समेत बताए ।




