२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पहिलो पाइला नेपाल बुटवल शाखाको अध्यक्षमा गौरव खनाल चयन

पहिलो पाइला नेपाल बुटवल शाखाको अध्यक्षमा गौरव खनाल चयन

पहिलो पाइला नेपाल बुटवल शाखाको अध्यक्षमा गौरव खनाल चयन

पहिलो पाइला नेपाल बुटवल शाखाको अध्यक्षमा गौरव खनाल चयन

पहिलो पाइला नेपाल बुटवल शाखाको अध्यक्षमा गौरव खनाल चयन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • बुटवल । सामाजिक तथा युवा लक्षित गतिविधिमा सक्रिय संस्था ‘पहिलो पाइला नेपाल’ बुटवल शाखाको अध्यक्षमा गौरव खनाल चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।


    अधिवेशनले रुद्र खनाललाई प्रथम उपाध्यक्ष, नरेश न्यौपानेलाई द्वितीय उपाध्यक्ष, सन्तोष सुनारलाई सचिव, रक्षा न्यौपानेलाई सहसचिव, विकास पौडेललाई कोषाध्यक्ष तथा प्रकाश जीसीलाई सह–कोषाध्यक्षमा चयन गरेको छ ।


    यस्तै कार्यसमिति सदस्यहरूमा युवराज डुम्रे, सुनिता पन्थी, सुरज भुसाल, तुलसीराम खनाल, अन्जन खनाल, संविधान पौडेल, युवराज ज्ञवाली र मनिषा यादव चयन भएका छन् ।
    अधिवेशन उद्घाटन समारोह वरिष्ठ पत्रकार टिकाराम यात्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्दै उनले पछिल्लो समय युवाहरू सामाजिक काममा आकर्षित भइरहनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै युवालाई केवल नारामा सीमित नभई उत्पादनशील र सिर्जनात्मक क्षेत्रमा सक्रिय हुन आग्रह गरे ।

    समाज परिवर्तनका लागि युवा शक्ति नै मुख्य आधार भएकाले जिम्मेवार भूमिकामा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।


    नवनिर्वाचित अध्यक्ष गौरव खनालले संस्थालाई सामाजिक उत्तरदायित्व बहन गर्ने अभियानका रूपमा अगाडि बढाइने बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान, विपन्न समुदायलाई सहयोग तथा युवालाई सकारात्मक अभियानमा जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिने बताए ।


    “पहिलो पाइला नेपाललाई केवल संस्था नभई समाजका लागि काम गर्ने साझा अभियानका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,” अध्यक्ष खनालले भने, “युवाको ऊर्जा र सहभागितालाई समाज रूपान्तरणसँग जोड्दै बुटवल क्षेत्रमा उदाहरणीय सामाजिक काम गर्ने योजना बनाएका छौं ।”


    सस्थाका निवर्तमान अध्यक्ष गोमा भट्टराईले आगामी दिनहरुमा पनि बिगतमा जस्तै विभिन्न सामाजिक संघसंस्था तथा स्थानीय तहसँग समन्वय गरेर युवामुखी तथा जनहितका कार्यक्रम सञ्चालन गर्न सुझाब दिइन।


     अधिवेशनमा सहभागीहरूले नयाँ नेतृत्वले संस्थालाई अझ प्रभावकारी र सक्रिय बनाउने विश्वास व्यक्त गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij