२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डिजि अवार्ड सेरोमनी २०८२ सम्पन्न, ४५ विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित

डिजि अवार्ड सेरोमनी २०८२ सम्पन्न, ४५ विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित

डिजि अवार्ड सेरोमनी २०८२ सम्पन्न, ४५ विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित

डिजि अवार्ड सेरोमनी २०८२ सम्पन्न, ४५ विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित

डिजि अवार्ड सेरोमनी २०८२ सम्पन्न, ४५ विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३

  • बुटवल । सूचना प्रविधि शिक्षालाई विद्यालय तहदेखि नै व्यवहारिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित डिजि स्कुल लुम्बिनीले आयोजना गरेको ‘डिजि अवार्ड सेरोमनी २०८२’ शनिबार बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ४५ विद्यालयबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अभिभावकसहित सम्मान गरिएको छ।


    कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र, अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। साथै एक वर्षसम्म डिजि स्कुलको कोर्स अध्यापन गराउने शिक्षकहरुलाई पनि विशेष सम्मान गरिएको आयोजकले जनाएको छ।


    सफ्टएड ग्रुपका अध्यक्ष बिग्यान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उनले डिजि स्कुल सन् २०१९ देखि सञ्चालनमा आएको जानकारी दिँदै विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई कोडिङ, डिजिटल प्रविधि तथा सूचना प्रविधिसम्बन्धी व्यवहारिक शिक्षा दिन आवश्यक रहेको बताए।

    उनले पछिल्लो समय आईटी शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण उल्लेखनीय रुपमा बढेको उल्लेख गर्दै केही वर्षको प्राविधिक शिक्षाले मात्रै पनि विद्यार्थीलाई सक्षम, आत्मनिर्भर र विश्व बजारमा प्रतिस्पर्धी बनाउन सकिने धारणा राखे।


    श्रेष्ठले नेपालमा डिजिटल शिक्षाको सम्भावना तीव्र रुपमा बढिरहेको भन्दै भविष्यको रोजगारी र उद्यमशीलतासँग प्रविधि शिक्षा प्रत्यक्ष जोडिएको बताए। उनले डिजि स्कुलले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान नभई व्यवहारिक सीप प्रदान गरिरहेको दाबी गरे।


    कार्यक्रममा डिजि स्कुल लुम्बिनी प्रदेशका निर्देशक लेखनाथ पन्थले रुपन्देही, दाङ, नवलपरासी, पाल्पा र गुल्मी लगायत जिल्लाका विद्यार्थीबीच सञ्चालन गरिएको आन्तरिक प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको जानकारी दिए। उनले डिजि स्कुलले बेलायतको एनसीसी (नेसनल कम्प्युटिङ सेन्टर) को कम्प्युटर करिकुलम नेपालका विद्यालयमा सञ्चालन गर्दै आएको बताए।


    कार्यक्रममा टेक पाइला इनोभेसनका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि शिक्षाले विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपालमा डिजिटल सीप भएका जनशक्तिको आवश्यकता बढ्दै गइरहेको उल्लेख गर्दै विद्यालयस्तरमै प्रविधिमैत्री शिक्षा आवश्यक रहेको धारणा राखे।


    यस्तै अभिभावक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले विद्यार्थीहरुको प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

    कार्यक्रममा सफ्ट कलेज अफ आइटी एण्ड इकमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेल, बिजनेस डेभलपमेन्ट अफिसर अमृत थापा, टेक पाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरन्जीवी अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


    कार्यक्रममा डिजि ग्रुपकी बिजनेस डेभलपमेन्ट हेड अनिता महर्जनले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रमको सञ्चालन कल्पना कुसुमले गरेकी थिइन्।


    सो अवसरमा रुपन्देही जिल्ला प्याप्सनका सदस्य एमन भण्डारी, स्टेसनरी तथा पुस्तक व्यवसायी समितिका अध्यक्ष बोधराज शर्मा लगायत शिक्षा तथा व्यवसाय क्षेत्रका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij