२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लागुऔषध सेवन गरी सवारी चलाउने १७ चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी चलाउने १७ चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी चलाउने १७ चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी चलाउने १७ चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी चलाउने १७ चालक पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • भैरहवा  
    रुपन्देही जिल्लाका विभिन्न ३ वटा मुख्य राजमार्गको सडकखण्डमा लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालकहरूमाथि प्रहरीले कडा निगरानी सुरु गरेको छ । सिद्धार्थ राजमार्गलगायतका भित्री सडकहरूमा सार्वजनिक सवारीका चालकहरूले लागुऔषध सेवन गरी लापरबाहीपूर्वक गाडी चलाइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ‘अपरेसन डेल्टा’ सञ्चालन गरेको हो ।


    जिल्ला प्रहरी कार्यालय रुपन्देही, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र नेपाल लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगञ्जको प्राविधिक चिकित्सकसहितको टोलीले शनिबार दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म अभियानअन्तर्गत हुलाकी राजमार्गको धकधई र लुम्बिनीमा, सिद्धार्थ राजमार्गको भैरहवा बुद्धचोकमा र महेन्द्र राजमार्गको बुटवलमा भएको चेकजाँचमा सय बढी सार्वजनिक चालकलाई परीक्षण गरिएको थियो ।


    प्रहरी टोलीले यि स्थानमा आकस्मिक चेकपोइन्ट राखेर सय बढी चालकहरूको पिसाब परीक्षण गर्दा  १७ जना चालकको रिपोर्ट ‘पोजेटिभ’ देखि लागुपदार्थ सेवन गरी गाडी चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीले लागुपदार्थ सेवन गरी यात्रुको ज्यान जोखिममा पारेको पुष्टि भएपछि उनीहरूलाई तत्कालै पक्राउ पुर्जी दिई नियन्त्रणमा लिइएको छ । 


    पक्राउ पर्ने चालकहरूमा रुपन्देहीसहित कैलाली, अर्घाखाँची, दाङ, धादिङ, नवलपरासी र उदयपुर जिल्लाका रहेका छन् । पक्राउ पर्नेमा जिल्ला रुपन्देही तिलोत्तमा वडा नं. १४ बस्ने वर्ष २४ को मंजिल परियार, लुम्बिनी वडा नं. ३ बस्ने वर्ष २२ को इमरान अलि मुसलमान, तिलोत्तमा वडा नं. ६ बस्ने वर्ष ४८ को कुल प्रसाद रेग्मी, सिद्धार्थनगर वडा नं. १ बस्ने वर्ष ३८ को सुरज राना, लुम्बिनी वडा नं. ९ बस्ने वर्ष ४४ को सरिफ अहमद, तिलोत्तमा वडा नं. ५ बस्ने वर्ष ३० को विशाल मगर,  तिलोत्तमा वडा नं. ३ बस्ने वर्ष ४२ को होमबहादुर क्षेत्री, तिलोत्तमा वडा नं. १२ बस्ने वर्ष २३ को दिपेश कठरिया थारु, बुटवल वडा नं. ११ बस्ने वर्ष ४७ को सूर्यबहादुर वि.क., जिल्ला बुटवल वडा नं. १३ बस्ने वर्ष २६ को प्रविण सिन्जाली, कैलाली चुरे वडा नं. ५ बस्ने बर्ष २५ को मोहन राना मगर, अर्घाखाँची पाणिनी वडा नं. ६ बस्ने वर्ष ३२ को सुमन परियार, दाङ तुलसीपुर वडा नं. १५ बस्ने वर्ष २७ को सन्जु चौधरी, धादिङ गजुरी वडा नं. ५ बस्ने वर्ष २४ को जिपसन राई, नवलपरासी रामग्राम १६ बस्ने वर्ष २८ को सन्तोषकुमार चौधरी, नवलपरासी बर्दघाट वडा नं. ४ बस्ने वर्ष ३४ को ताराप्रसाद उपाध्याय र उदयपुर चौदण्डी नगरपालिका वडा नं. ९ बस्ने वर्ष २५ को विवेक राई रहेका छन् ।


    उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न र धनजनको क्षति हुनबाट जोगाउन यस्ता आकस्मिक चेकजाँचलाई आगामी दिनमा पनि निरन्तरता दिइने निमित्त प्रमुख डीएसपी चन्दले जानकारी दिए । 


    सिमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागुऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियानअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयको नेतृत्व र जिल्ला प्रहरी कार्यालयको सहकार्यकामा पनि केही दिन पहिला चालकहरुले मादक पदार्थ सेवन तथा लागुपदार्थ सेवन (लापसे) गरे नगरेको परीक्षण गरिएकोमा ८ जनाले लापसे गरी सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख  प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताइन् ।  


    ठुला सवारीसाधन माइक्रो र बस, टिपर, हाइबालगायतका  गाडीहरुको चालकको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागुऔषध सेव गरे नगरेको परीक्षण भएको थियो । परीक्षण गर्ने किटले ६ प्रकारको लागुऔषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाजा, कोकिन, ब्राउन सुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागुऔषध प्रयोग गरेको छ भनि किटमार्फत् अन द स्पट चेक हुने छ । किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसके पनि बेला बेलामामा भएको सीमित किटमार्फत् छड्के परीक्षण गर्ने गरेको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij