२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राज्यको गलत नीतिले संकटमा सलाई उद्योग

राज्यको गलत नीतिले संकटमा सलाई उद्योग

राज्यको संरक्षणमुखी नीति हुने हो भने नेपालको माग धान्ने परिमाणको सलाई नेपाली उद्योगले उत्पादन गर्न सक्ने र भारतीय सलाईको आयात पूर्णरुपमा विस्थापन गर्न सक्ने छन् ।

राज्यको गलत नीतिले संकटमा सलाई उद्योग

राज्यको गलत नीतिले संकटमा सलाई उद्योग

राज्यको संरक्षणमुखी नीति हुने हो भने नेपालको माग धान्ने परिमाणको सलाई नेपाली उद्योगले उत्पादन गर्न सक्ने र भारतीय सलाईको आयात पूर्णरुपमा विस्थापन गर्न सक्ने छन् ।

राज्यको गलत नीतिले संकटमा सलाई उद्योग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • बुटवल
    चालु अवस्थामा रहेको नेपालकै एक मात्र सलाई उद्योग राज्यको गलत भन्सार नीतिका कारण संकटमा परेको छ ।  विगतमा नेपालमा ३६ वटा सलाई उद्योग भए पनि राज्यको गलत नीतिकै कारण अधिकांश बन्द छन् ।  हाल बुटवल– १६ मा रहेको जय महालक्ष्मी म्याच ईण्डष्ट्रिज मात्रै एक तिहाई क्षमतामा मात्रै चलेको छ । 


    स्थानीय युवा उद्यमीहरु राजेन्द्र ढकाल, जीवन अधिकारी,कृष्ण बस्याल र पशुपति अर्यालको साझेदारीमा साढे २ करोड लगानीमा सञ्चालित यो उद्योग २१ वर्ष पुरानो हो ।  चितवनको सुवर्ण म्याच ईण्डष्ट्रिज पुनः सञ्चालनमा आउने प्रकृयामा छ । 


    भारतबाट भन्सार छलेर चोरी तस्करीमार्फत् हुने आयात तथा न्यून बिजक मूल्य र कम परिणाम घोषित गरी  वैधरुपमा आयात हुने सलाईका कारण स्वदेशी सलाई उद्योग संकटमा परेको उद्योगीको गुनासो छ । 


    स्वदेशी उद्योगको उत्पादनभन्दा तेब्बर बढी परिणामको सलाई भन्सार छलेर आयात हुने भएकाले भारतीय सलाईसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर उद्योग संकटमा परेको सञ्चालकहरुको गुनासो छ । 


    ‘भारतबाटै महँगोमा कच्चा पदार्थ ल्याएर उत्पादन गर्नुपर्छ, तर भारतीय सलाई आयातमा राज्यले लिने भन्सार दर एकदमै न्यून छ, जसले गर्दा स्वदेशी उद्योग संकटमा परेर बन्द हुँदै गएका छन्,’ उद्योगका सञ्चालक राजेन्द्र ढकाल भन्छन्–‘सरकारले स्वदेशी उद्योग संरक्षण गर्न सलाई आयातमा लिइदै आएका भन्सार दर तत्काल वृद्धि र अवैध आयातलाई कडाईका साथ नियन्त्रण गर्र्नुुपर्छ ।’


    हाल प्रति २० कांटी सलाईको बट्टाको भन्सार मूल्यांकन ४० पैसा र  ५० कांटी सलाइको ८० पैसा  छ भने ५० कांटीभन्दा बढीको सोही अनुपातमा छ ।


    स्वदेशी उद्योगलाई बचाउन अहिलेको सरकारले भारतीय सलाईको  भन्सार  मूल्यांकन २० कांटी प्रतिबट्टामा ७५ पैसा र ५० कांटी प्रति बट्टामा एक रुपैयाँ ४० पैसा कायम गर्न उद्योगीहरुको माग छ । यस्तै भन्सार महसुल मूल्यांकनको मूल्यमा मूल्यांकनमा साविकको ३० प्रतिशतमा १० प्रतिशत बढाएर मूल्यमा ४० प्रतिशत पु¥याउनुपर्ने उद्योगीले माग गरेका छन् । 


    उद्योगी ढकालका अनुसार उनको उद्योग पूर्ण क्षमतामा चल्ने वातावरण बने नेपालको माग धान्ने परिमाणको सलाई एक्लै उत्पादन गर्न सक्छ । 


    अवैध आयातले बजार खुम्चिंदा र मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा दैनिक एक सय कार्टुन र मासिक ४ हजार कार्टुन उत्पादन क्षमता भएपनि दैनिक ४५ कार्टुन र मासिक १२ सय कार्टुन मात्र उत्पादन हुने गरेको ढकालले गुनासो गरे । 


      उद्योगका अर्का सञ्चालक जीवन अधिकारीले ठूलो जनसंख्या रहेको तराईका जिल्लाहरुमा भन्सार छलेर आयात हुने भारतीय सलाईको बिक्रीका कारण नेपाली सलाईको बिक्री शून्य जस्तै भएको गुनासो गरे । 


    राज्यको संरक्षणमुखी नीति नहुँदा र सरकारको नजर नपुग्दा आफ्नो उद्योगले न्यून क्षमतामा उत्पादन गरेको सलाई समेत बिक्री हुन समस्या भएर नोक्सानी बेहोर्नु परेको गुनासो गरे । 


    ‘भन्सार दर, बारुदजन्य र अन्य कच्चा पदार्थको मूल्य वृद्धि जस्ता कारणले  अहिलेसम्म एक करोड बढी नोक्सानी बेहोरी सक्यौं, अब सरकारले भन्सार दर परिवर्तन नगर्ने हो भने उद्योग बन्द गर्नुको विकल्प छैन ।’–अधिकारीले भने । 
    उद्योगमा ९४ जना स्थानीयले रोजगारी पाएका छन्, ती मध्ये ६२ जना महिला छन् । 


    ‘अवैध पैठारी र न्यूनभन्सार मूल्याङ्कनमा भारतीय सलाईको आयात र चीनबाट अनियन्त्रितरुपमा आयातित लाइटरले स्वदेशी सलाई उद्योगको अस्तित्व नै संकटमा परेको छ, लोपोन्मुख उद्योगलाई संरक्षण गर्ने दायित्व राज्यको हो,’ उद्योगका सञ्चालक कृष्ण बस्यालले भने–‘सरकारले स्वदेशी उद्योगलाई  बचाउने हो भनेसोही बमोजिम भन्सार महसुल र मूल्यांकन दर यथाशीघ्र परिवर्तन गर्नुपर्छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij