२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रदेशमा अस्थिरता नल्याऊ

प्रदेशमा अस्थिरता नल्याऊ

प्रदेशमा अस्थिरता नल्याऊ

प्रदेशमा अस्थिरता नल्याऊ

प्रदेशमा अस्थिरता नल्याऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • संघीय सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई नजिकको बहुमत ल्याएको छ । रास्वपाको झण्डै दुई तिहाई बहुमतले राजनैतिक स्थिरताको प्रष्ट संकेत देखिएको छ । संघीय सरकारमा राजनैतिक स्थिरताको प्रष्ट तस्विर देखिंदा प्रदेश सरकारमा फेरबदलको हलचल देखिन थालेको छ ।


    केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले एमाले नेताहरुसँग कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस सहमतिअनुसार नचलेको भन्दै नेतृत्व परिवर्तनको संकेत गरेको भन्दै केही सञ्चार माध्यममा समाचार आएका थिए । यद्यपी कांग्रेस सभापति गगन थापाले कांग्रेस–एमाले सहकार्य अहिले आवश्यक रहेको बताएका छन् । सुदुर पश्चिम प्रदेशमा एमाले–कांग्रेसबिच सहकार्य विना सरकार बन्नै नसक्ने अवस्था रहेको थापाले प्रष्ट पारे । मधेस प्रदेशमा जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सरकार परिवर्तनको सम्भावना रहे पनि  नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबिच सहमतिले तत्काललाई टरेको छ । जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय ग¥यो । 


    प्रदेश सरकारहरु धेरै अस्थिर भए । प्रदेशमा कुनै राजनैतिक दलको प्रष्ट बहुमत नआउँदा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ । यो बाध्यताले गर्दा दलहरुबिच छिटो छिटो गठबन्धन फेर्ने प्रवृत्ति बढेको छ । जसले आम नागरिकमा प्रदेश सरकारप्रति वितृष्णा बढेको छ । खासगरी सरकार फेरिएपछि मन्त्रालयको संख्या बढाउने, मन्त्रालयको नाम हेरफेर गर्ने र बजेट विनियोजना मनपरी गर्ने प्रवृत्ति पछिल्ला वर्ष धेरै बढेको छ । बरु प्रदेश सरकारको पहिलो कार्यकालमा केही आशा लाग्दा काम भए । संस्थागत संरचनाको अभाव हुँदा समेत बजेट विनियोजन र खर्चमा सन्तुलन र अनुशासनमा रहेको देखिन्छ । 


    अहिले सरकार हेरफेरको समय होइन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनादेश गएकाले कांग्रेस, एमाले र माओवादीसहितका दल आत्मसमीक्षा र आत्ममूल्याङ्कनमा लाग्नुपर्छ । अहिले प्रदेश सरकारहरु हेरफेर गर्दा कुनै दललाई फाइदा हुन्न । कुनै राजनैतिक सन्देश पनि जाँदैन ।


     त्यसो हुँदा दलहरुले प्रदेश सरकारमा नेतृत्व हेरफेर गर्ने तथा गठबन्धन फेर्ने दाउपेचमा लागेर प्रदेश संरचनाप्रति नागरिकमा बढ्दै गएको वितृष्णालाई बढाउन हुन्न । प्रदेश संरचनाप्रति जनविश्वास बढाउन जरुरी छ । यो संरचनाप्रति वितृष्णा बढाएर हटाउने वातावरण बने द्वन्द्व श्रृजना हुन्छ । अहिले मधेस प्रदेश बाहेक ६ वटा प्रदेशमा कांग्रेस–एमालेबिच सत्ता सहकार्य छ । यो सहकार्य हेरफेर गर्ने दाउपेचमा होइन्, बरु प्रदेशमा रहेको नेतृत्वलाई नतिजामुखी काम गर्न प्रेरित गर्न आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij