२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विकासले ल्याउने विनास र विपत्तिले सिर्जना गर्ने अवसर

विकासले ल्याउने विनास र विपत्तिले सिर्जना गर्ने अवसर

विकासले ल्याउने विनास र विपत्तिले सिर्जना गर्ने अवसर

विकासले ल्याउने विनास र विपत्तिले सिर्जना गर्ने अवसर

विकासले ल्याउने विनास र विपत्तिले सिर्जना गर्ने अवसर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • तुल्सीराम पाण्डे
    वातावरणविद् राजनीतिकर्मी र विकासका विज्ञहरुले विकासले विनाश गर्दछ भन्दछन् । उनीहरुले नै  फेरि कहिलेकाहीँ विनाश भएमा मात्र विकासको ढोका खुल्छ भन्दछन् ।  व्यक्तिको दृष्टिकोणअनुसार आ–आफ्नो ढङ्गले व्याख्या गरे पनि विकास र विनाश एक सिक्काका दुई पाटा हुन् ।


    ठूला देशहरुले आफ्नो देशमा ठुला ठुला उद्योग खोलेर आफ्नो देश विकास गरेका छन् । ती उद्योगबाट निस्कने विषाक्त रसायन र धुवाँले जमिनमा बस्ने जीवजन्तु र पर्यावरणको विनाश गरेको छ । पृथ्वीमा बस्ने सवै प्राणीहरु औद्योगीकरणको शिकार बन्दैछन् ।  सन् २०१९ मा चीनमा देखिएको कोरोना भाइरसले अहिले विश्वभरी त्रास मच्चाएको छ । यो भाइरस पनि मानव विनाशको एउटा कारण बन्न सक्दछ । विश्वयुद्धमा जापानमा अणुबम खसेको कारणले नै जापानीहरुले विकास गरे । ठुला देशहरुले उपनिवेश बनाएर स्वतन्त्र बनेपछि उनीहरुको राष्ट्रियता बलियो भयो । छिमेकी भारत त्यसको उदाहरण हो । आणविक भट्टी, बिजुलिका  पावर हाउस र सिँचाइको लागि बनाएका ठुला बाँधहरुले मानिसको सुविधा  र  जोखिम दुबै बढाएका छन् ।


    अब नेपालमा भएको विनाश र अवसरको कुरा गरौँ । पहाडमा जनसंख्याको चापले गर्दा स्थानीय वन र रानीवनहरु मासिए । तराईमा बसाइँसराइले गर्दा चुरे पाहाडको वन र चारकोषे झाडी समेत पातलियो । वनविज्ञ र वातावरणविद्हरुले आवाज उठाउन थालेपछि वनलाई वर्गीकरण गरेर संरक्षण सुरु भयो । सामुदायिक वन, कबुलियती वन, निजी वन र राष्ट्रिय वनका नाममा नयाँ बिरुवा रोप्ने, उमे्रकालाई जोगाउने, आगोलागी, पहिरो नियन्त्रण गर्ने, जडीबुटीको संकलन गर्ने र वनबाट आय आर्जनका सङ्कलन जस्ता काम भएका छन् । वनको क्षेत्रफल वृद्धि भएको छ । 


    २०६६ सालमा कोशी ब्यारेज फुट्यो । ४ हजार विगाहा जमिन बगर बनायो । त्यहाँ बस्ने हजारौँ नागरिक सुकुम्वासी बने, कसैले बाबुआमा गुमाए । ब्यारेजको मर्मत भएपछि जमिन माथि खरभुजा, तरभुजा, बदाम र अन्य बालुवामा हुने खेतीबाट धानबाट भन्दा धेरै फाइदा भयो । पहिलेका गरिबहरु र बाबुआमा गुमाएका बच्चाहरुले राम्रो स्कुलमा पढ्ने अवसर पाए । स्वास्थ्यप्रतिको चेतना बढ्यो । बाढी र डुबानमा गरिने खेतीका धेरै प्रयोगहरु भए ।


    २०६१ सालमा ज्ञानेन्द्रले लगाएको सङ्कटकालमा कपिलवस्तुका स्थानीय जनताले प्रतिकार समूहमार्फत् माओवादीको समूहलाई मारे । त्यस घटनाले शासकहरुको नजर त्यहाँ प¥यो । तत्कालै गृहमन्त्रको भ्रमण भयो । त्यस ठाउँमा बिजुली र खानेपानीको व्यवस्था भयो । विद्यालयको स्तरोन्नति भयो । प्रतिकारको लागि थप हतियार दिने र त्यहाँका नागरिकलाई रोजगारी दिने कुरा भयो । २०४५ सालमा भारतले नाकाबन्दी ग¥यो । नुन तेल पनि ल्याउन नसक्ने सरकारलाई किन मान्नु भनेर जनताहरुले पञ्चायतको विरुद्धमा आन्दोलन गरे । २०४६ साल चैतमा बहुदल आयो । २०७२ सालमा भारतले फेरि नाकाबन्दी ग¥यो । 


    सरकारको विरुद्धमा कसैले पनि नारा लगाएन । सबैले एक–आर्कालाई सक्दो सहयोग गर्दै गए । भोक भोकै भए पनि भारतसँग लड्ने अठोट सबैले गरे । नेपालीको राष्ट्रियता  प्रमाणीत भयो । बजारमा बस्ने आधार नभएको र डेरा गरेर बस्ने मानिसहरु गाउँमा बसाइँ सर्नथालेका थिए । केही मानिसहरुले गाउँको जग्गामा खेती गर्न समेत थालेका थिए । असारसम्म नाकाबन्दी भएको भए पच्चीस प्रतिशत र एक वर्ष भएको भए पचास प्रतिशत बजारका मान्छेहरु गाउँमा सर्ने थिए । दुई वर्षसम्म नाकाबन्दी भएको भए नेपालले आत्मनिर्भरताको बाटो समातेको हुन्थ्यो  ।  चीनसँग पारवाहन सम्झौता पनि नाकाबन्दीकै कारणबाट भएको हो । माओवादीले चलाएको युद्धले त्यस समयमा सबैलाई कष्ट भए पनि महिला दलित र जनजातिहरुले राज्यबाट अधिकार पाए । सबैको चेतना बढ्यो । 


    २०७२ बैशाखमा ठुलो भूकम्प गयो । ८ हजार मानिस मरे । ८ लाख घरहरु भत्कीए । पहिरो गयो । विदेशी मिडियाहरु नेपालमा रिर्पोटिङ्ग गर्न आए । उद्धार र राहतको नाममा विदेशीहरुले सहयोग गरे । दातृ राष्ट्रहरुको बैठक नेपालमा बस्यो । विदेशी सञ्चार माध्यममा भएको नेपालको रिर्पोटिङ्गले विश्वका नागरिकहरुले नेपाललाई चिन्न पाए । आपसमा झगडा गरेका दलहरु  मिलेर संविधान बनाए  । सबै जनतामा भूकम्प प्रतिरोधी संरचना बनाउन चेतना आयो । सरकारबाट राहत लिनेहरुले भूकम्प प्रतिरोधी घर बनाए । अन्य सरकारी संरचना समेत भूकम्प प्रतिरोधी  बने । नयाँ रोजगारी खुल्यो ।  


    नयाँ तालिम पाए । राहत सङ्कलन गर्दा र बाँड्दा सबैमा सद्भाव बढ्यो । भूकम्पले हल्लाएको कारणले पहाडमा पहिरो गयो । भूगर्भविद्हरुले जमिनको अध्ययन गरे । पीडितले राहत पाएर नयाँ घर बनाए । २०७६ को चैत्रमा कोरोना आयो । यसको कारणले स्वास्थ्यप्रति सचेतना, हात धुने बानी र बाटोमा हिंड्ने आपतमा परेका मानिसहरुलाई खाना, लुगा र जुता दिएर स्थानीयले सहयोग गरे । अझ महत्वपूर्ण कुरा युरोप र अमेरिकी देशहरुमा समेत पूर्वीय बैदिक सँस्कारको चलनको सिको गर्न थालीयो । 


    तराईमा हरेक वर्ष आगोलागी हुन्छ । आगोबाट घर र जङ्गललाई सुरक्षित राख्ने तालिम दिइन्छ । घर छाउन टीन सरकारले दिन्छ । बाढीले डुबाउने ठाउँमा सामाजिक संघसंस्थाहरुले सुरक्षित घर बनाइदिएका छन् । सरकारले समेत सुरक्षित आवास परियोजना ल्याएको छ । नदीले कटान गरेको ठाउँमा तटबन्ध गर्ने र  रुख रोप्ने काम भएको छ । 
    सबै प्राणीहरु पृथ्वीमा नै बस्ने भएको हुनाले प्रकृतिसँग जुद्धै र आफूलाई समयअनुसार बदल्दै लगेमा मात्र लामो समयसम्म सबैको अस्तित्व रहन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij