२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमामा ५८ करोडमा बन्यो मंगलापुर–कान्छीबजार सडक

तिलोत्तमामा ५८ करोडमा बन्यो मंगलापुर–कान्छीबजार सडक

विश्व बैंकको आर्थिक सहयोगमा बनेको करिब ७ किलोमिटर लामो यो सडक नगरपालिका स्थापना भएपछिको पहिलो आधुनिक सडक हो ।

तिलोत्तमामा ५८ करोडमा बन्यो मंगलापुर–कान्छीबजार सडक

तिलोत्तमामा ५८ करोडमा बन्यो मंगलापुर–कान्छीबजार सडक

विश्व बैंकको आर्थिक सहयोगमा बनेको करिब ७ किलोमिटर लामो यो सडक नगरपालिका स्थापना भएपछिको पहिलो आधुनिक सडक हो ।

तिलोत्तमामा ५८ करोडमा बन्यो मंगलापुर–कान्छीबजार सडक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • बुटवल
    विश्व बैंकको आर्थिक सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ७ किलोमिटर दूरीको आधुनिक सडक निर्माण सम्पन्न भएको छ । 


    नेपाल अर्बन गभर्नेन्स एण्ड इन्फ्रास्टक्चर प्रोजेक्टअन्तर्गत मंगलापुर–बेबरा–कान्छीबजार सडक ५७ करोड ८२ लाख ५६ हजार २८८ रुपैयाँ लागतमा बनेको हो । यो सडक निर्माणबाट तिलोत्तमाको, वडा नं. ७, ९ र १० का नागरिक सबैभन्दा बढी लाभान्वित हुनेछन् ।


    सडक निर्माणका लागि ५ मार्च २०२१ मा सम्झौता भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा निर्माण भएको यो सडकलाई तिलोत्तमाको नगर गौरवको आयोजनाका रुपमा महत्वपूर्ण शहरी पूर्वाधार आयोजनाका रूपमा हेरिएको छ । 


    २०७१ सालमा साविकका ६ गाउँ विकास समिति मिलाएर नगरपालिका स्थापना भएपछि बनेको नगरको यो पहिलो र आधुनिक प्रविधिको सडक हो ।  संस्थापक नगरप्रमुख बासुदेव घिमिरेको पालामा योजना छनोट र विश्व बैंकसँग सम्झौता तथा निर्माण व्यवसायीसँग पहिलो चरणको कामको ठेक्का भएर निर्माण सुरु भएको सडक २०७९ को निर्वाचनबाट नयाँ नेतृत्व आएपछि कामले तीव्रता पाएको थियो । 


    नगरपालिकाका अनुसार परियोजनाको मुख्य उद्देश्य शहरी आवागमनलाई सहज बनाउने, सडक सुरक्षामा सुधार ल्याउने, ढल निकास व्यवस्थापन व्यवस्थित गर्ने तथा योजनाबद्ध शहरी विकासलाई प्रवद्र्धन गर्ने रहेको छ ।


    परियोजनाअन्तर्गत कालोपत्रे सडक, दुवैतर्फ नाली, फुटपाथ, सडक सुरक्षा संकेत,सडक फर्निचर, सडक बत्ती तथा शहरी सौन्दर्यीकरणका काम पनि सम्पन्न भएका नगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इञ्जिनियर प्रदीप वनले बताए  ।
    पहिलो प्याकेजअन्तर्गत मंगलापुर–बेबरा खण्ड ४० करोड ५२ लाख रुपैयाँमा बनेको हो । दोस्रो प्याकेजअन्तर्गत बेबरा–कान्छीबजार खण्ड १७ करोड २९ लाखमा बनेको हो । 


    यसअघि ४ मिटर चौडाइ रहेको क्यारिज वे अहिले ७.५ मिटर पुगेको छ भने दुवैतर्फ २.७५ मिटरको फुटपाथ निर्माण गरिएको छ । सडकमा ट्राफिक संकेत, रोड मार्किङ् र ३० किलोमिटर प्रतिघण्टा डिजाइन स्पिडसहित आधुनिक शहरी सडक मापदण्ड लागू गरिएको छ ।


    ठेक्का लागतभन्दा कममा सम्पन्न
    पहिलो प्याकेजको निर्माण शर्मा सगुन जेभीले गरेको हो । ८ जुलाई २०२२ मा सम्झौता भएको उक्त प्याकेजको ठेक्का रकम ४६ करोड ५९ लाख रुपैयाँ रहेको थियो, जुन अनुमानित लागतभन्दा २८.८६ प्रतिशत कम हो । निर्माणको अन्तिम लागत करिब ४० करोड ५२ लाख रुपैयाँ छ ।


    दोस्रो प्याकेज आशिष-आशीर्वाद जेभीले निर्माण गरेको हो । १४ अप्रिल २०२४ मा सम्झौता भएको उक्त प्याकेजको ठेक्का रकम १९ करोड १७ लाख रुपैयाँ रहेको थियो, जुन अनुमानित लागतभन्दा १६.३५ प्रतिशत कम रहेको नगरपालिकाले जनाएको छ । निर्माणको अन्तिम लागत १७ करोड २९ लाख रुपैयाँ छ । 


    सडकको आइतबार नगरप्रमुख रामकृष्ण खाँण, उप–प्रमुख जगेश्वरदेवी चौधरी तथा विश्व बैंकका कन्ट्री डाइरेक्टर अञ्जना झाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।


    कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमालाई आधुनिक, व्यवस्थित र विकासोन्मुख नगरका रूपमा स्थापित गर्ने लक्ष्यअनुसार पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए । उनले मंगलापुर–कान्छीबजार सडक खण्ड तिलोत्तमाको समृद्धिको मेरुदण्ड बन्ने विश्वास व्यक्त गर्दै सडक निर्माणपछि यस क्षेत्रको विकासले फड्को मार्ने बताए । उप–प्रमुख जगेश्वर देवी चौधरीले सडक निर्माणपछि यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासले नयाँ गति लिने बताउँदै  व्यवस्थित सडक सञ्जालले शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने उल्लेख गरिन् । 


    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले यस क्षेत्रका आम जनतालाई सहज आवत जावत गर्न मात्रै नभएर व्यवसायिक, कृषि तथा व्यापार बिस्तारसँगै जीवनस्तर उकास्न मद्दत पुग्ने बताए । विश्व बैंकको सहयोग तथा शहरी विकास मन्त्रालयअन्तर्गत शहरी शासकीय तथा पूर्वाधार आयोजना (एन.यु.जी.आई.पी.) मार्फत् निर्माण भएको सडक तिलोत्तमाको पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । 


    कार्यक्रममा बोल्दै निवर्तमान वडा अध्यक्ष दुर्गा पाण्डेले सडक निर्माणसँगै यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बन्ने विश्वास व्यक्त गरे । 


    कार्यक्रममा कार्यपालिका सदस्य सुरेन्द्र श्रीलगायतले बोल्दै यो सडक निर्माणले शहरी विकास, सुरक्षित यातायात र प्रभावकारी नगर सेवा प्रवाहमा टेवा पुग्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij