२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिका मानवज्ञान माविमा ६ विद्यार्थीले ल्याए जिपिए ४

कालिका मानवज्ञान माविमा ६ विद्यार्थीले ल्याए जिपिए ४

कालिका मानवज्ञान माविमा ६ विद्यार्थीले ल्याए जिपिए ४

कालिका मानवज्ञान माविमा ६ विद्यार्थीले ल्याए जिपिए ४

कालिका मानवज्ञान माविमा ६ विद्यार्थीले ल्याए जिपिए ४
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  •  

    बुटवल । बुटवल–१०, कालिकानगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका ६ जना विद्यार्थीले जिपिए ४ ल्याउँदै विद्यालयको गौरव बढाएका छन्।

    विद्यालयका अनुसार सेवटा लम्साल, रोशनी भट्टराई, प्रतिमा भट्टराई, लविज खनाल, सुयोग सापकोटा तथा अमिश ज्ञवालीले जिपिए ४ प्राप्त गरेका हुन्।

    विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार जिपिए ३.६ देखि ३.८ सम्म १५८ जना, जिपिए ३.२ देखि ३.५९ सम्म १८७ जना, जिपिए २.८ देखि ३.१९ सम्म १३२ जना तथा जिपिए २.४ देखि २.७९ सम्म ३४ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

    विद्यालयका प्रध्यानाध्यापक दिनेश थापाले जानकारी दिँदै SEE २०८२ मा विद्यालयले सन्तोषजनक तथा उत्साहजनक नतिजा हासिल गरेको बताए। उनले सफलतापूर्वक उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे। साथै, उत्कृष्ट नतिजाको श्रेय विद्यार्थीको मेहनत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणलाई जाने बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij