बुटवल । बुटवल ९ काे स्कलर्स होमले यस वर्षको एसइई नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयका प्राचार्य बाबुराम बञ्जाडे का अनुसार विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय नतिजा ल्याएका हुन्।
विद्यालयका विद्यार्थीमध्ये सक्षम सिंहले सबैभन्दा उच्च ३.९१ जीपीए प्राप्त गरेका छन् भने श्लेसा शर्माले ३.९ जीपीए ल्याएर उत्कृष्ट प्रदर्शन गरेकी छन्।
विद्यालयबाट एसइई परीक्षामा सहभागी ६६ जना विद्यार्थीमध्ये ८ जनाले ए प्लस, २५ जनाले ए तथा २८ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन्। विद्यालय प्रशासनले यस नतिजालाई विद्यार्थी, शिक्षक तथा अभिभावकको संयुक्त मेहनतको परिणाम भएको जनाएको छ।
प्राचार्य बञ्जाडेले आगामी दिनमा पनि शैक्षिक गुणस्तरलाई थप मजबुत बनाउँदै उत्कृष्ट नतिजा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




