२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दुर्घटनाका कारण त्रिभुवन विमानस्थलको उडान र अवतरण रोकियो, बंगलादेश र मलेसियन एयरलाइन्सको विमान ‘डाइभर्ट'

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • बुटवल । बुधबार बिहान ११ बजे काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलमा अवतरण हुनुपर्ने जहाजहरूलाई डाइभर्ट गरिएको छ भने उड्नुपर्ने विमानको तालिका स्थगित गरिएको छ ।

    बंगलादेशको ढाकाबाट केही बेरअघि बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान अवतरण हुनुपर्ने थियो । तर, सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका कारण उक्त विमानलाई ‘डाइभर्ट’ गरिएको छ । विमानस्थल कार्यालयका अनुसार, मलेसियन एयरलाइन्सको जहाज पनि बुधबार बिहान काठमाडौं अवतरण हुने तालिका थियो । तर, उक्त विमान भारतीय आकाशबाट डाइभर्ट भई दिल्लीतर्फ लागेको छ । 

    डोमेस्टिक फ्लाइटहरू पनि अहिले रोकिएका छन् । (एन एएमई/सीआरजे २०) कलसाइन भएको जहाज त्रिभुवन विमानस्थलबाट बुधबार बिहान ११ बजे उडेलगत्तै दुर्घटनामा परेको हो । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, विमानस्थलको रनवे २ बाट उडेको जहाज रनवे २० को पूर्वतिर जोतिएको हो । जहाजमा १९ जना थिए, ती सबै एयरलाइन्सकै कर्मचारी हुन् । दुर्घटनालगत्तै जहाजका क्याप्टेन मनिष शाक्यलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ । बाँकी कर्मचारीमध्ये चार जनाको शव निकालिएको छ । अरुको अवस्थाबारे विवरण आउन बाँकी छ । घटनास्थलमा अहिले अग्नि नियन्त्रकहरू उद्धारकार्यमा खटेका छन् । जहाज जलेर नष्ट भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij