२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१५ मिनेटका लागि स्थगित संसद् एक घण्टासम्म पनि सुरु भएन

१५ मिनेटका लागि स्थगित संसद् एक घण्टासम्म पनि सुरु भएन

१५ मिनेटका लागि स्थगित संसद् एक घण्टासम्म पनि सुरु भएन

१५ मिनेटका लागि स्थगित संसद् एक घण्टासम्म पनि सुरु भएन

१५ मिनेटका लागि स्थगित संसद् एक घण्टासम्म पनि सुरु भएन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौं । सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टा बितिसक्दा पनि सुरु भएको छैन ।

    बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेर नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराए ।

    आजको संसद् बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षीको माग छ ।

    तर प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि संसद् बैठकमा असहज स्थिति सिर्जना भएको छ ।

    शून्य समयमा सांसदहरुले बोलिसकेपछि सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममा उठेका प्रश्नबारे समय दिएका थिए ।

    त्यसपछि प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृतिका सांसदले उठेर विरोध जनाए । उनीहरुले प्रधानमन्त्रीको आवाज सुन्न नपाइने संसद्‌मा कसरी सरकारको नीति तथा कार्यक्रममाथि छलफल छ भनी प्रश्न उठाएका थिए ।

    सत्तापक्षका सांसदहरुले प्रतिनिधि सभा नियमावलीको दफा ३८ मा प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने स्पष्ट व्यवस्था रहेको बताउँदै बैठक सञ्चालन हुनुपर्ने तर्क गरेका थिए ।

    तर विपक्षी सांसदहरुले दफा ३८ लाई देखाएर पाँच वर्षसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो रु भन्दै प्रश्न गर्दै उपस्थित गराउन सभामुख समक्ष माग गरेका थिए । यही विवादका बीच सभामुख अर्यालले बैठक स्थगित भएको घोषणा गरे ।

    अहिले सभामुखले विपक्षी दलका नेता, प्रमुखसचेतक, सचेतकलगायतसँग छलफल गरिरहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij