२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँचीमा लगानीको वातावरण खोज्दै युवा व्यवसायी नवाफ अलि मिया

अर्घाखाँचीमा लगानीको वातावरण खोज्दै युवा व्यवसायी नवाफ अलि मिया

अर्घाखाँचीमा लगानीको वातावरण खोज्दै युवा व्यवसायी नवाफ अलि मिया

अर्घाखाँचीमा लगानीको वातावरण खोज्दै युवा व्यवसायी नवाफ अलि मिया

अर्घाखाँचीमा लगानीको वातावरण खोज्दै युवा व्यवसायी नवाफ अलि मिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • अनिल नेपाली /  अर्घाखाँची । प्राकृतिक स्रोत, पर्यटन सम्भावना र औद्योगिक कच्चा पदार्थले सम्पन्न जिल्ला हो ।

    तर, यिनै सम्भावनालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्ने वातावरण निर्माण हुन नसक्दा जिल्लाले अपेक्षित विकास गति लिन सकेको छैन । जिल्लाका युवा व्यवसायी नवाफ अलि मियाले पनि यही यथार्थ औंल्याएका छन् ।


    लामो समयदेखि उद्योग तथा खानी क्षेत्रमा सक्रिय मियाले अर्घाखाँचीमा औद्योगिक लगानीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि लगानीमैत्री वातावरण अभाव रहेको बताएका छन् । जिल्लामा रहेका प्राकृतिक सम्पदा, चुनढुङ्गा, कृषि उत्पादन तथा पर्यटकीय क्षेत्रलाई व्यवस्थित रूपमा उपयोग गर्न सके ठूलो आर्थिक अवसर सिर्जना हुने उनको भनाइ छ ।
    पाणिनी गाउँपालिका–८ का स्थायी बासिन्दा रहेका मिया हाल दाङमा बसोबास गर्दै विभिन्न जिल्लामा चुनढुङ्गा लगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन् । उद्योग क्षेत्रमा अनुभव बटुलेका उनी जिल्लाको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् ।


    उनका अनुसार स्थानीय स्रोत र सम्पदाको उपयोग गर्दै बाह्य लगानी भित्र्याउने वातावरण बनाउनु पर्नेमा उल्टै व्यवसायीलाई “माफिया” को संज्ञा दिने प्रवृत्ति बढेको छ । “जिल्लामा उद्योग र लगानीको वातावरण बनाउने भन्दा पनि लगानीकर्तालाई निरुत्साहित गर्ने गतिविधि बढेका छन्,” उनले भने, “यही कारण अहिले धेरै व्यवसायी अर्घाखाँचीमा लगानी गर्न इच्छुक देखिएका छैनन् ।”


    मियाले उद्योग र पर्यटनलाई जिल्लाको समृद्धिको आधारका रूपमा अघि सार्दै सरोकारवाला निकायले स्पष्ट योजना र दीर्घकालीन नीति ल्याउनुपर्ने बताए । स्थानीय युवालाई रोजगारी सिर्जना गर्ने गरी उद्योग सञ्चालन गर्न सके वैदेशिक पलायन कम हुने उनको विश्वास छ ।


    उनले जिल्लामा पछिल्लो समय देखिएको सामाजिक तथा आर्थिक असन्तुलनप्रति पनि चिन्ता व्यक्त गरे । स्थानीय स्रोतको सदुपयोग गर्न नसक्दा विकासभन्दा विवाद र आरोप–प्रत्यारोपको संस्कृति बढ्दै गएको उनको टिप्पणी छ । “आफ्नै ठाउँका सम्भावनालाई उपयोग नगर्दा पछि विभिन्न बहानामा एकअर्कालाई होच्च्याउने प्रवृत्ति बढेको छ,” उनले भने ।

    हालै अर्घाखाँचीमा सञ्चालित चुनढुङ्गा खानीको विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा पनि मियाले उद्योग सञ्चालनअघि स्थानीयको हित सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए । उनका अनुसार कुनै पनि उद्योग स्थापना गर्दा स्थानीयलाई रोजगारीको ग्यारेन्टी, वातावरणीय सन्तुलन र पारदर्शी प्रक्रिया सुनिश्चित हुनुपर्छ । त्यसपछि मात्रै खानी तथा औद्योगिक परियोजनालाई अघि बढाउन सकिने उनले बताए ।
    मियाले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानी सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा जोड दिएका छन् । उद्योगी–व्यवसायीलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य गरेर सहकार्यको वातावरण बनाउन सके अर्घाखाँचीमा उद्योग, पर्यटन र पूर्वाधार विकासले नयाँ गति लिन सक्ने उनको निष्कर्ष छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij