२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसईई नतिजाको सन्देश

एसईई नतिजाको सन्देश

एसईई नतिजाको सन्देश

एसईई नतिजाको सन्देश

एसईई नतिजाको सन्देश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नतिजा सार्वजनिक गरेको छ । यसपाली अघिल्लो वर्षभन्दा ४ दशमलव १७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।


    एसईई परीक्षा भएको एक महिनामै नतिजा प्रकाशन गरेर बोर्डले सकारात्मक सन्देश दिएको छ  । यसअघि परीक्षा भएको तीन महिनाभित्र नतिजा आउँथ्यो । महिनादिनभित्र नतिजा निकाल्न सरकारले दिएको निर्देशनअनुसार परीक्षा बोर्डले जुन रफ्तारमा काम ग¥यो, नतिजा तोकिएको समयसीमाभित्रै निकाल्न सम्भव भयो । यो वर्ष परीक्षा केन्द्रमै कापी जाँच गर्ने व्यवस्था मिलाएकोले महिनाभित्रै नतिजा निकाल्न सम्भव भयो । परीक्षा केन्द्रमै कापी जाँचको काम आगामी दिनमा व्यवहारिक नहुन सक्छ ।

    अहिले पनि कतिपय जटिलता देखिए । परीक्षा केन्द्र भएको विद्यालयमा कुनै विषयको जाँच गर्ने परीक्षक नै नपाइएको केन्द्राध्यक्षले गुनासो गरे । विद्यालयबिच अस्वस्थ प्रतिस्पर्धा भएकोले अविश्वास र आशंका गर्ने वातावरण बनेको छ । कुनै विषयमा विद्यार्थीको राम्रो ग्रेड नआउँदा पूर्वाग्रही बनेको जस्ता आरोप परीक्षा केन्द्र भएको विद्यालयले खेप्नुपरेको छ । कतिपय अवस्थामा कतिपय विद्यालय केन्द्र त्यस्तो आरोपलाई बल पुग्ने काम गरेको पनि देखिन्छ । कुन विद्यालयको कापी कहाँ कसले जाँच्दैछ भन्ने थाहा हुनु राम्रो होइन । त्यसो हो भने कक्षा ९ को झैं सम्बन्धित विद्यालयले जाँच लिने र जाँच्ने व्यवस्था मिलाए भयो । बरु अविश्वासको वातावरण अन्त्य गर्दै पारदर्शी नतिजा निकाल्न हरेक पालिकाको एउटा केन्द्रमा जाँच गर्ने, एउटा पालिकाको अर्को पालिकामा जाँच गर्ने व्यवस्था मिलाउन सकिन्छ । छरितो गर्ने विषय राम्रो हो, तर त्यसले विद्यालयबिच द्वन्द्व निम्तिने घटना हुन सक्ने बारेमा पनि नेतृत्व चनाखो बन्नुपर्छ । 


    आगामी वर्षदेखि कक्षा १० को परीक्षालाई प्रदेशस्तरीय बनाउनुपर्छ । प्रदेश सरकारलाई जिम्मा लिएर केन्द्रले बोझ घटाउन सक्नुपर्छ । त्यसो गर्न नसक्ने हो भने अहिले जुन ढंगले भयो, त्यो व्यवस्थालाई हटाएर विद्यालयबिच द्वन्द्व हटाउने गरी पालिकास्तरीय जाँचको व्यवस्था मिलाउँदा प्रभावकारी हुनसक्छ । छरितोसँगै विश्वसनीय वातावरण बन्दा शिक्षा क्षेत्रमा सुधारको ढोका खुल्छ । त्यसो त अब कक्षा १० लाई ठूलो जाँचको विषय बनाउनु हुँदैन । कक्षा १२ सम्म माध्यमिक विद्यालय मानिएकाले पहिले झैं एईईलाई ठूलो विषय बनाएर विद्यार्थीलाई त्रसित बनाउनु हुँदैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij