२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसईई नतिजामा उत्कृष्टताको नयां रेकर्ड बनाएको मणिमुकुन्दमा ३४ विद्यार्थी सम्मानित

एसईई नतिजामा उत्कृष्टताको नयां रेकर्ड बनाएको मणिमुकुन्दमा ३४ विद्यार्थी सम्मानित

एसईई नतिजामा उत्कृष्टताको नयां रेकर्ड बनाएको मणिमुकुन्दमा ३४ विद्यार्थी सम्मानित

एसईई नतिजामा उत्कृष्टताको नयां रेकर्ड बनाएको मणिमुकुन्दमा ३४ विद्यार्थी सम्मानित

एसईई नतिजामा उत्कृष्टताको नयां रेकर्ड बनाएको मणिमुकुन्दमा  ३४ विद्यार्थी सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  •  

    बुटवल ।  बुटवल ११ योगिकुटीमा रहेको मणिमुकुन्द माध्यमिक विद्यालयले उच्चतम ग्रेड फोर जीपीए ल्याएका चार जना सहित एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । 
    ३४ जना विद्यार्थीले एसईई दिएकामा श्रृजन आचार्य, सुसन अर्याल, निहार पौडेल र अनन्त भण्डारीले  ४ जीपीए ल्याएका थिए । 
    यस्तै १० जनाले ए प्लस, १३ जनाले ए र ७ जनाले बी प्लस सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थियो । एसईई दिएका विद्यार्थी संख्याको हिसाबले मणिमुकुन्दले प्राप्त गरेको उपलब्धी निकै ठूलो र ऐतिहासिक भएको विद्यालयले जनाएको छ । 
     विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सञ्चालक समिति लगायतको सहभागितामा  आयोजित कार्यक्रममा प्राचार्य टुक बहादुर क्षेत्री,उप प्राचार्य दिवाकर खनाल, सञ्चालक समिति उपाध्यक्ष उमापति न्यौपाने,व्यवस्थापन संकाय संयोजक पशुपति चौधरी , सञ्चालक समिति सदस्य  डा.  अनन्त गोपाल सिँह,  विद्यालय संयोजक हरी प्रसाद पौडेल लगायतले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेका हुन् ।  
    विद्यार्थीलाई सम्मान गर्दै संस्थाका प्राचार्य टुक बहादुर क्षेत्रीले एसईईमा सहभागी भएदेखि नै उत्कृष्ट नतिजा सहित शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउंदै आएकोमा यसपटक  उत्कृष्तामा पनि  रेकर्ड ब्रेक गरेर नयां इतिहास रचेको बताए ।
    अनुशासन र संस्कार सहितको शिक्षा प्रदान गरेका कारण मणिमुकुन्द विद्यार्थी र अभिभावकको निरन्तर रोजाइको शैक्षिक संस्था बनेको प्राचार्य क्षेत्रीले बताए ।
    ‘३४ जनामा ४ जनाको  जिपीए फोर आउनु अब्बल नतिजा  र उत्कृष्टताको निरन्तरता हो, यस्तो सफलता आउनुमा विद्यार्थी, शिक्षक र अभिभावकको संकल्प, अनुशासन र मेहनतले नै हो’–प्राचार्य क्षेत्रीले भने । 
    प्राचार्य क्षेत्रीले  मणिमुकुन्दले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषय पनि अध्यापन गराउने भएकाले अन्यत्र विकल्प खोज्न आवश्यक नभएको बताए ।
    विद्यालय सञ्चालक समितिका उपाध्यक्ष उमापति न्यौपानेले  उत्कृष्ट नतिजा आउनुमा शिक्षक, विद्यार्थी र अभिभावकको साझा मेहनतको प्रतिफल भएको बताए । 
    उनले परीक्षामा फोर जी पी ए  ल्याउनु भन्दा जीवनमा फोर जी पी ए  ल्याउनु झनै महत्वपूर्ण हुने बताए । 
    उपाध्यक्ष न्यौपानेले विद्यार्थीहरुले गुरु र अभिभावकको सल्लाह सुझाव सधैं ग्रहण गर्नु पर्ने सुझाव दिंदै परीक्षामा ल्याएको अंक को आधारमा आफ्ना सन्तानको  तुलना अरुसंग गर्नु नहुने बताए । 
    कार्यक्रममा विद्यालयका संयोजक हरिप्रसाद पौडेलले अहिलेको नतिजा राम्रो भएको बताउदै आगामी दिनमा चुनौती सामना गर्दै अझै लगनशिल भएर अध्ययन गर्न विद्यार्थीलाई सुझाब दिए । 
     जिपिए ४ ल्याएका विद्यार्थी सिर्जन आचार्यले उत्कृष्ट शैक्षिक वातावरणका कारण उत्कृष्ट नतिजा आएको र यसमा शिक्षक, अभिभावक र साथीहरुको समर्थनले सफल भएको बताए । कार्यक्रममा शिक्षक रमेश सुवेदी , अभिभावक ज्ञानु अर्यालले 
    बोल्दै मणिमुकुन्दको अहिलेको नतिजा सर्वोत्कृष्ट रहेको बताउदै गुणस्तरीय शिक्षाको पर्याय मणिमुकुन्द बनिरहेको बताए । 
    बि स २०७५ सालदेखि प्ले ग्रुपदेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको विद्यालयले पहिलो वर्षदेखि नै शतप्रतिशत नतिजा निकाल्न सफल भएको कार्यक्रम सञ्चालक विद्यालयका शिक्षक प्रकाश सुवेदीले बताए । 
    विद्यालयमा ८३० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।  सो अवसरमा कक्षा १० अध्यापन गर्ने शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij