बुटवल । २०८२ सालमा भएको कक्षा १० अर्थात् एसईईको नतिजा सार्वजनिक हुँदैगर्दा केही उत्कृष्ठ विद्यालयका विद्यार्थीहरुले मात्रै जीपीए ४ ल्याएका छन् । विगतका वर्षहरुमा पनि उत्कृष्ठ नतिजा दिइरहेको बुटवल ८ सुख्खानगरमा रहेको दीप बोर्डिङ् हाई स्कुलले यो वर्ष अझै रोमाञ्चक नतिजा ल्याएको छ । विद्यालयका ७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । आशिका पाण्डे, वृषिका थापा क्षेत्री, डिम्पी केसरी, साहिल मण्डल, समर्पण केसी, सोमिन पिया र रिजन पोखरेलले उच्चतम ग्रेड हासिल गरेका हुन् । विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले उत्कृष्ट नतिजामा शिक्षक, कर्मचारी तथा अभिभावकको योगदान महत्त्वपूर्ण रहेको बताए ।
बुटवल पछिल्लो समय नेपालकै महत्वपूर्ण शिक्षा गन्तव्यका रूपमा स्थापित हुँदै जानुमा दीपको नाम अग्रपंक्तिमा आउँछ । जसले आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीको सर्वाङ्गीण विकासमा उल्ले खनीय योगदान पु¥याउँदै आएको छ ।
वि.सं. २०३७ सालमा स्थापना भएको दीप बोर्डिङ् हाई स्कुलले चार दशकभन्दा लामो शैक्षिक यात्रामा आफूलाई केवल एक विद्यालयका रूपमा मात्र सीमित नराखी समाज परिवर्तनको महत्वपूर्ण माध्यमका रूपमा स्थापित गरेको छ ।
४५ वर्षभन्दा बढीको निरन्तर यात्रामा विद्यालयले हजारौं दक्ष, सक्षम र जिम्मेवार जनशक्ति उत्पादन गरिसकेको छ, जसले आज देश तथा विदेशमा विभिन्न क्षेत्रमा योगदान दिइरहेका छन् । यस अर्थमा दीप बोर्डिङ् हाई स्कुल बुटवलको मात्र नभई राष्ट्रकै एक महत्वपूर्ण शैक्षिक धरोहरका रूपमा उभिएको छ ।
हाल करिब २ हजार ७ सय विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयले गुणस्तरीय शिक्षासँगै अनुशासन, संस्कार र व्यवहार निर्माणलाई आफ्नो मूल उद्देश्य बनाएको छ । विद्यालयले सुरुदेखि नै शिक्षा केवल परीक्षा पास गराउने माध्यम मात्र नभई जीवनोपयोगी सीप, व्यवहारिक ज्ञान र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने प्रक्रिया हो भन्ने मान्यतालाई आत्मसात गर्दै आएको छ ।
यही सोंचका कारण विद्यालयले शिक्षण–सिकाइ प्रक्रियामा निरन्तर नवीनता, सिर्जनशीलता र व्यवहारिकतालाई प्राथमिकता दिएको छ ।
विद्यालयका प्राचार्य टिकाराम न्यौपानेका अनुसार विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी प्रयोगात्मक, अनुसन्धानमुखी र प्रोजेक्टमा आधारित सिकाइमार्फत् उनीहरूको वास्तविक क्षमता विकास गर्नु आवश्यक हुन्छ । यही अवधारणालाई व्यवहारमा उतार्दै विद्यालयले आधुनिक शिक्षण पद्धति अपनाएको छ, जसले विद्यार्थीलाई २१औं शताब्दीका चुनौती सामना गर्न सक्षम बनाएको छ ।
दीप बोर्डिङ् हाई स्कुलको शैक्षिक उपलब्धि अत्यन्त उल्लेखनीय छ । एसईईलगायतका राष्ट्रिय परीक्षामा विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । कतिपय वर्षहरूमा ४.० जीपीएसहित शतप्रतिशत उत्तीर्ण गराउन सफल भएको विद्यालयले कक्षा १२ को बोर्ड परीक्षामा समेत नेपाल प्रथम र द्वितीय स्थान हासिल गर्ने विद्यार्थी उत्पादन गरेको छ । यसले विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण प्रणालीको प्रभावकारिता स्पष्ट रूपमा देखाउँछ । विद्यालयको सफलता पछाडि अनुभवी र समर्पित शिक्षकहरूको ठूलो यो गदान रहेको छ ।
यहाँका शिक्षकहरू केवल पाठ पढाउने मात्र होइन, विद्यार्थीका मार्गदर्शक, प्रेरक र परामर्शदाता पनि हुन् । नियमित तालिम, कार्यशाला र मूल्यांकन प्रणालीमार्फत शिक्षकहरूको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिइन्छ । शिक्षण विधिलाई अझ प्रभावकारी बनाउन शिक्षक र विद्यालय व्यवस्थापनबिच सधैं समन्वय र सहकार्य रहने गरेको छ । भौतिक पूर्वाधारतर्फ पनि विद्यालय सुदृढ छ । पर्याप्त कक्षाकोठा, आधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, समृद्ध पुस्तकालय तथा खेलमैदानले विद्यार्थीलाई उत्कृष्ट सिकाइ वातावरण प्रदान गरेका छन् । डिजिटल शिक्षण सामग्री, प्रोजेक्टर तथा सूचना प्रविधिको प्रयोगले कक्षा शिक्षणलाई अझ प्रभावकारी र आकर्षक बनाएको छ । को भिड–१९ महामारीपछिको अनुभवलाई ध्यानमा राख्दै विद्यालयले हाइब्रिड (अनलाइन तथा भौतिक) शिक्षण प्रणाली समेत विकास गरेको छ, जसले शिक्षणलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेको छ ।
विद्यालयका सहायक प्राचार्य कलाधर आचार्यका अनुसार विद्यालयले विद्यार्थीको समग्र विकासलाई उच्च प्राथमिकता दिएको छ । त्यसका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा सञ्चालन गरिन्छन् ।
वक्तृत्वकला, वादविवाद, कविता प्रतियोगिता, खेलकुद गतिविधि (फुटबल, भलिबल, एथ्ले टिक्स), सांस्कृतिक कार्यक्रम, सामाजिक से वा तथा वातावरण संरक्षण अभियानजस्ता गतिविधिहरूले विद्यार्थीमा नेतृत्वक्षमता, आत्मविश्वास, सहकार्य भावना र सामाजिक उत्तरदायित्व विकास गर्न सहयोग पु¥याउँछन् ।
विशेषगरी ‘दीप गायन तारा’ कार्यक्रम विद्यालयको एक महत्वपूर्ण पहिचान बनेको छ । हरेक वर्ष आयोजना हुने यस प्रतियोगिताले नयाँ प्रतिभाको खोजी गर्दै राष्ट्रियस्तरका कलाकार उत्पादन गर्न सफल भएको छ । यसले विद्यालयलाई केवल शैक्षिक संस्था मात्र नभई प्रतिभा विकासको केन्द्रका रूपमा स्थापित गरेको छ । अनुशासनलाई विद्यालयले शिक्षाको महत्वपूर्ण आधार मानेको छ ।
समयपालन, पोशाक, व्यवहार र नैतिक मूल्यमा विशेष ध्यान दिइन्छ । विद्यार्थीलाई जिम्मेवार र नैतिक नागरिकका रूपमा तयार पार्न विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिन्छन् ।
नमूना संसद अभ्यास, सामाजिक अभियान तथा सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीलाई व्यवहारिक ज्ञान र ने तृत्व क्षमता विकास गर्न सहयोग पु¥याएका छन् । अभिभावक–विद्यालय सहकार्यलाई विद्यालयले अत्यन्त महत्व दिएको छ । नियमित अभिभावक– शिक्षक भेटघाट, प्रगति प्रतिवेदन र सुझाव आदानप्रदानमार्फत् पारदर्शिता कायम गरिएको छ । यसले अभिभावकमा विद्यालयप्रति विश्वास अझ बलियो बनाएको छ । प्रविधिको तीव्र विकाससँगै विद्यालयले सूचना प्रविधिमा आधारित शिक्षण प्रणालीलाई प्राथमिकता दिएको छ ।
कम्प्युटर शिक्षा, डिजिटल कक्षा, अनलाइन प्ले टफर्म र प्रविधिमै त्री वातावरणले विद्यार्थीलाई आधुनिक विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाएको छ ।
भविष्यतर्फ केन्द्रित हुँदै विद्यालयले थप आधुनिक प्रयोगशाला निर्माण, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रियस्तरको शिक्षण पद्धति विकास, करियर मार्गदर्शन कार्यक्रम सुदृढीकरण तथा अनुसन्धान र नवप्रवर्तनमा आधारित शिक्षण प्रणाली लागू गर्ने योजना अघि सारेको छ ।
साथै , विद्यार्थीलाई सीप र श्रमसँग जोड्दै आत्मनिर्भर बनाउने लक्ष्य पनि विद्यालयले लिएको छ । दीप बोर्डिङ् हाई स्कुलले किताबी ज्ञानसँगै संस्कार, संस्कृति र व्यावहारिक सीपलाई समान रूपमा महत्व दिएको छ । विद्यार्थीको रुचि अनुसार सीपमूलक शिक्षा प्रदान गर्नसके भविष्यमा रोजगारीका लागि विदेश पलायन हुने बाध्यता कम गर्न सकिने विश्वास विद्यालयले राखेको छ ।




