२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सका कर्मचारी मात्र [सूचीसहित]

दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सका कर्मचारी मात्र [सूचीसहित]

दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सका कर्मचारी मात्र [सूचीसहित]

दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सका कर्मचारी मात्र [सूचीसहित]

दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सका कर्मचारी मात्र [सूचीसहित]
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • बुटवल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ ।

    दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले दिएको जानकारीअनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए । जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको पनि उनले बताए ।

    शाक्यको टाउकोमा चोट लागेको छ । १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल प्रहरीले भने १५ जनाकाे ज्यान गएकाे र चार जनाकाे उद्धार गरिएकाे जनाएकाे छ ।

    बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ । इन्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर लिएर जहाज पोखरातर्फ उड्न लागेको बुझिएको छ ।

     

     

    हेर्नुहोस्, सूची :

    sourya-yaatru.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij