२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बिजुलीको पासोमा सारस

बिजुलीको पासोमा सारस

बिजुलीको पासोमा सारस

बिजुलीको पासोमा सारस

बिजुलीको पासोमा सारस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • लुम्बिनीको कृषि क्षेत्रसंरक्षित सूचीमा रहेको पन्छी सारसको बासस्थान जोखिममा परिरहेको बेला बिजुलीको तार अर्को पासो भएको छ । बिजुलीको तारमा ठोक्किएर दुई वर्षमा आठ सारसले ज्यान गुमाएका छन् । विश्व बसाइँसराइ चरा दिवस मनाइरहँदा शुक्रबार  लुम्बिनी साँस्कृतिक नगरपालिका–७ शिवगढीया चोकस्थित खेतमा एउटा संरक्षित पन्छी सारस मृत अवस्थामा भेटिएको थियो । लुम्बिनी विकास कोषको १२ नम्बर गेटबाट उड्दै बाहिरिने क्रममा बिजुलीको नाङ्गो तारमा अल्झेर सारस खसेको स्थानीयले देखेका थिए  । एक तथ्याङ्कअनुसार पछिल्लो १२ वर्षमा लुम्बिनी आसपास मात्रै बिजुलीको तारमा अल्झिएर ४२ वटा सारस मरेका छन् । 


    लुम्बिनी साँस्कृतिक नगरपालिकाले २०७५ मंसिर १० गते लुम्बिनीस्थित बेबी बुद्धमा भव्य कार्यक्रम गरेर सारसलाई नगरपन्छी घोषणा गरेको थियो । नगरपालिकाले जसको नाममा गर्व गरेर नगरपन्छी घोषणा गर्छ, त्यसको संरक्षणका लागि बजेट र योजना नबनाउनु संरक्षणप्रति गैरजिम्मेवारी हो । के औपचारिक कार्यक्रम आयोजना गरेर नगर पन्छी घोषणा गरेर मात्रै नगरपालिकाको जिम्मेवारी पूरा हुन्छ ? नगरपालिकाले हरेक वर्ष सारस संरक्षण र प्रवद्र्धनका लागि बजेट विनियोजन गर्न आवश्यक छ । लुम्बिनी विकास कोषले सारस संरक्षणको लागि सहयोगी भूमिका खेल्न सक्छ ।


    लुम्बिनीको ब्राण्डको रुपमा प्रचार गरिए पनि यसको बासस्थान जोगाउन र यहाँ जोखिम न्यूनीकरणका लागि पर्याप्त पहलकदमी हुन सकेको छैन ।  नगरपन्छी मरेको ३ दिनसम्म हटाउन नगरपालिकाले वास्ता गरेन् । ‘नगरपन्छी’ घोषणापछि  संरक्षण र प्रवद्र्धनमा नगरपालिकाले पटक्कै चासो नदिएकोले सारस असुरक्षित बनेका छन् । शान्ति र प्रेमको प्रतीक मानिने सारस उड्न सक्नेमध्ये सबैभन्दा अग्लो चरा हो । नगरपन्छी लुम्बिनीको ब्राण्ड हो । यहाँ आउने पर्यटकलाई सारसप्रति आकर्षित गर्न सकिन्छ । लुम्बिनी आउने पर्यटक बुद्ध जन्मस्थल घुमघामका लागि मात्रै नभएर लुम्बिनीको कृषि क्षेत्रमा पाइने चरा अध्ययन गर्न पनि आउने गर्दछन्् । कृषि क्षेत्रकमा पाइने चराका लागि लुम्बिनी ‘हब’ हो । नेपालमा सबैभन्दा धेरै सारस बृहत्तर लुम्बिनी क्षेत्रमा पाइन्छ । कपिलवस्तु, रुपन्देही तथा पश्चिम नवलपरासीको यो क्षेत्र सारसको बासस्थान हो । इन्टरनेश्नल क्रेन फाउन्डेशन (आइसिएफ) र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले २०८० मा मुलुकभर अध्ययन गर्दा ६९० सारस फेला परेको थियो । त्यसमध्ये ८० प्रतिशतभन्दा बढी रुपन्देही र कपिलवस्तुमा भेटिएका थिए ।


    सारस वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित गरेको ९ पन्छी प्रजातिमध्ये एक हो । संरक्षित पन्छी सारसलाई हानी पु¥याउने, मार्ने, अण्डा नष्ट गर्ने वा व्यापार गर्ने कार्य गैरकानुनी मानिएको छ । यस्तो काम गर्ने वा गराउनेलाई १५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा ३ देखि ९ महिनासम्म कैद सजाय वा दुवै हुनसक्ने व्यवस्था छ ।


    सारस लुम्बिनीको पहिचान भएकाले अब लुम्बिनी र आसपासको क्षेत्रमा बिजुलीको नांगो तारलाई इन्सुलेटर लगाएर सारसलाई जोगाउन आवश्यक छ । धेरै माथि उड्न नसक्ने यो चरा जमिनदेखि नजिकै उड्दा बिजुलीको तारमा ठोक्किने भएकाले खुला बिजुलीको तारको व्यवस्थापन नगर्ने हो भने सारसको संरक्षण सम्भव छैन । संरक्षित सूचीमा रहेको सारसलाई जोगाउन राज्यले अब पहलकदमी लिन ढिलाइ गर्न हुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij