२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बालेन सरकारको भविष्य

बालेन सरकारको भविष्य

बालेन सरकारको भविष्य

बालेन सरकारको भविष्य

बालेन सरकारको भविष्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • वर्तमान राज्य व्यवस्थामा संसदीय सदन अर्थात् संघीय प्रतिनिधिसभाको बैठकलाई अत्यन्त गरिमामय स्थानको रुपमा हेरिन्छ र लिइन्छ । तर आज नेपालको यो सदनमा बडो अचम्मको दृष्य देखिंदै छ । यही संसदको उपजको रुपमा प्रम बालेन शाह प्रधानमन्त्री बनेका छन् । त्यस्तै अरु दर्जनभन्दा बढी मन्त्री महोदयहरु । स्वयं प्रम बालेन शाह यो सदनप्रति उत्तरदायित्व भएको पाइँदैन । सदनमा आउनु अनि त्यहाँ बस्नु उनका लागि अत्यन्त ठूलो बोझ बनेको छ । सकेसम्म सदनमा जानै नचाहने गए पनि तत्काल फर्किहाल्ने प्रम बालेन शाहको यो व्यवहारले संसद र संसदीय राज्य व्यवस्थाको उपहास गरेको छ । आखिर संसदीय सदनमा बोलेर के हुन्छ र ? बोल्ने मात्र हो । कार्यान्वयन गर्ने त सरकार नै हो । सदनमा बेकार सांसदहरुको गालीगलौज, भनाभन र भाडभैलो मात्र हो । ठीक यो क. लेनिनले आजभन्दा सय वर्ष पहिले रुसी संसदीय संसदको बारेमा भनेका थिए–‘बाहिर खसीको टाउको देखाएरभित्र कुकुरको मासु बेच्ने थलो’ आखिर अन्ततः नेपालमा पनि ठीक त्यही भएको छ । स्वयं प्रम बालेन शाह त्यही सोंच र मानसिकतामा देखिन थालेका छन् । नेपालको सदन केही होइन त्यहाँ भनेका सब वाइघात । सुन्नुभन्दा नसुन्नु बेस । जे गर्नु पर्ने हो त्यो सब गर्ने अन्तिम निकाय मन्त्रिपरिषद् । केही हुन्न गरेर देखाउने भन्ने भनाइ छ, बालेन सरकारको ।


    वर्तमान सरकारको बोलाई त केही पनि छैन । अब गराई हेर्न बाँकी छ । गराई पनि यो एक महिनाभित्र नै देखिसकिएको छ । पहिलो गराई पूर्व प्रम एमाले अध्यक्ष केपी ओली अनि ने.का. नेता तथा गृहमन्त्री रमेश लेखकको गिरफ्तारी र अदालती कारबाही, तर यसमा सर्वाेच्च अदालतको इन्कारी अर्थात् अदालतबाट थुनुवा मुक्तको आदेशले बालेन सरकारलाई पहिलो झड्का दिएको छ । त्यसपछि क्रमशः सुकुम्वासी हटाउने अनि टे«ड युनियन र विद्यार्थी युनियनको खारेजी सम्बन्धमा पनि अदालतले सरकारको निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै त्यसो नगर्न आदेश दिइसकेको छ । एक प्रकारले अहिले सरकार भर्सेज अदालतबिच द्वन्द्व छ । एकले अर्काको निर्णयविरुद्ध अंकुश लगाउने काम भइरहेको छ । संसदीय राज्य व्यवस्थामा भनिएको शक्ति पृथकीकरणको सिद्धान्तको खास कुरा के हो । त्यसको केही झलक देखिन थालेको छ । तर हालै सर्वाेच्च अदालतका प्रधानन्यायाधीशका लागि भएको सरकारी हस्तक्षेपले अब यो पनि हुने स्थिति देखिंदैन । सर्वाेच्चका न्यायाधीशहरुको मर्यादा क्रमलाई लत्याउँदै एकाएक चौथो वर्गीय क्रमका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने प्रम बालेनको निर्णयले अब अन्ततः न्यायलयमा पनि सरकारको प्रत्यक्ष असर पर्ने निश्चित छ ।


    स्थगित संसदीय सदन चालु छ । सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पनि पेश भइसकेको छ । सदनमा उक्त कार्यक्रम पेश भइरहँदा केही नयाँ र उदेग लाग्दा झलकहरु पनि देखिए । त्यसलाई राष्ट्रपतिले वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह एकाएक त्यहाँ नबसी बाहिरिए भने अर्का अर्थमन्त्री मस्तसित निदाइरहेको देखियो । यसको अर्थ त्यो केही  पनि होइन, खाली बनावटी देखाउनका लागि मात्र पेश गरिएको हो । न त्यसप्रति प्रधानमन्त्रीको रुचि देखियो न अर्थमन्त्री र अरु रास्वपाका मन्त्री र सांसदहरुको नै रुची देखियो । त्यसमा अझ छलफलपछि प्रधानमन्त्रीले प्रतिउत्तर दिनुपर्नेमा सदनमै उपस्थित नभई अर्थमन्त्रीलाई त्यसको प्रतिउत्तर दिने भनेपछि प्रतिपक्षी दलहरुले त्यसको विरोध गरी सदन नै बहिष्कार नै गरे । यसरी अन्ततः माथि क. लेनिनले भने जस्तै यस्ता संसदीय सदन वास्तवमा बाहिर खसीको टाउको देखाएर भित्रभित्रै कुकुरको मासु बेच्ने भने जस्तै रमिता भएको छ ।


    देशमा महँगी बढ्दो छ । सुकुम्वासीहरुको चिल्लीबिल्ली छ । कालापानी, लिपुलेकमाथि भारतीय हस्तक्षेप गरी त्यहीबाट भारत, चीन आदानप्रदान गर्ने घोषणा भइसकेको छ । यस्तो अवस्थामा सरकार अनि सत्ताधारी पार्टी गम्भीर भई समस्याको समाधानमा लाग्नु पर्नेमा उल्टै प्रतिपक्षी दलहरुलाई कुनै वास्ता नै नगरी काग कराउँदै छ पिना सुक्दैछ भने जस्तै गरी सरकार आफ्नो पारामा बेवास्ता गरी अघि बढिरहेको छ । सदन–प्रतिपक्षप्रति कुनै रुची नै छैन । अध्यादेशमार्फत् शासन सत्ता सञ्चालन गर्ने निरंकुशता बालेन सरकारले देखाउँदैछ । त्यसलाई साथ दिने काम नेपाली सेनाबाट भएको छ । त्यही भएर बालेन शाह ढुक्क छन् । अब अरु कसैले पनि उनलाई केही गर्न सक्ने स्थिति छैन । हुन पनि जेनजी आन्दोलनमा नेपाली सेनाको भूमिका अत्यन्त रहस्यात्मक नै देखियो । बालेन शाहकै निर्देशनअनुसार त्यति बेलादेखि सेना परिचालित हुँदै आएको छ । राष्ट्रपतिप्रति सेनाको कुनै मतलब छैन । गएको निर्वाचनमा सेना परिचालित हुनु र अहिले पनि सुकुम्वासी बस्ती हटाउनमा समेत सेना परिचालित छ । अब क्रमशः सेना एकपछि अर्काे रुपमा परिचालित हुन सक्ने गम्भीर अवस्थामा देखिंदैछ ।


    यसभन्दा पहिलेको एउटा लेखमा मैले बालेन ज्ञानेन्द्र पथमा भनेको थिएँ । हिजो पूर्व राजा ज्ञानेन्द्र्रले सबै दलहरुलाई वाइपास गरेर जुन खालको निरंकुश शासन सत्ता चलाउने प्रयत्न गरेका थिए । त्यो त्यतिबेला असफल भयो । त्यसमा मुख्य हात तत्कालीन नेपाली शाही सेनाको थियो । अर्र्थात् ज्ञानेन्द्रले भनेअनुसार सेना चलेन उल्टै ज्ञानेन्द्र नै बाहिरिनु प¥यो । तर अहिले सेना बालेनको पक्षमा देखिन थालेको छ । एमसीसी त देशमा लागू भइसकेको छ । अब एसपीपी पारित गराउने कसरतमा सेना तल्लिन छ । देशमा जेनजी आन्दोलनदेखि करिब दुई तिहाई चुनावी जनमत अनि बालेन सरकारको गठन यो सबैका लागि पश्चिमा साम्राज्यवादी शक्ति केन्द्रको आड भरोसा छ । त्यही भएर प्रम बालेन असनको छाडा साढे जस्तै मत्त भई हिंडेका छन् । उनलाई अरुको केही मतलब छैन । राष्ट्रिय रुपमा नेपाली सेना अनि अन्तर्राष्ट्रिय रुपमा पश्चिमा साम्राज्यवादको साथ र आड भरोसा भए अरु उनलाई केही चाहिंदैन । 


    अरु दलहरुको कुरा छोडौं स्वयं रास्वपाप्रति पनि उनको त्यति रुचि छैन । उस्तै परेपछि कुनै बेला दलहरु माथि नै प्रतिबन्द लगाई सैनिक शासन सञ्चालन गर्न समेत बालेनपछि नपर्लान्, शंका गर्ने ठाउँ प्रशस्त छ । तर फेरि जनता यति छिट्टै सचेत हुन थालेका छन् । अहिले नै सदन, सडक चारैतिर बालेन सरकारको राजीनामाको माग भइसकेको छ । स्वयं हिजो आमा भनी चिनिएकी पूर्व प्रधानमन्त्री तथा प्रधानान्यायाधीश सुशीला कार्कीले समेत प्रम बालेनको विरोध गर्न थालिसकेकी छिन् । हिजो जुन बेला अर्थात् चुनावी अभियानमा बालेनको जनसमर्थन थियो त्यो अहिले खस्किंदैछ । सम्भवतः अब एक दुई महिनाभित्रै बालेन सरकारको भविष्यको छिनोफानोे हुनेछ  ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij