अनिल नेपाली
अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. २, १० र भुमिकास्थान नगरपालिका वडा नम्बर ३ , ४ का महिलाहरु, जो कहिल्यै चुल्होचौकाबाट बाहिर आउन सक्दैनथे, कहि कतै गएर पनि बोल्न सक्दैन थिए, अहिले उनीहरूमा परिवर्तन आएको छ, उनीहरूले अहिले आएर नेतृत्वमा परिवर्तन देखि विकास आयआर्जन समाज रूपान्तरण आफ्नो अधिकारसम्मका काममा नेतृत्वदायी भूमिकामा देखिन थालेका छन् । सामाजिक न्यायकालागी रुपान्तरण अभियानअन्तरगत हाम्रो शाहस परियोजनाद्वारा दलित महिला संघ र युएन वुमनको सहकार्यमा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले अधिकार संरक्षण परियोजनाअन्तर्गत गठन भएका आत्मनिर्भर महिला समूहहरुमार्फत् महिलाहरुको जीवनशैली उल्लेखनीय रुपमा फेरिएको उनीहरूले हरेक कार्यक्रममा नेतृत्व लिन सक्ने भएका छन् ।
महिलाको सामूहिक नेतृत्व
सन्धिखर्क नगरपालिका वडा नं. १० बराप पैरवी समूहकी मन्जु विक पहिला कतै गएर बोल्न सक्ने समूहमा सहभागिता जनाउन अवसर पनि पाइन, उनीमा अवसर पाए मैले केही गर्न सक्छु भन्ने ढृड ईच्छा शत्ति र चाहाना थियोे, त्यो चाहानलाई हाम्रो साहस परियोजनाले साकार पारिदिएको छ । अहिले उनीमा समाज रूपान्तरण नेतृत्व विकासमा भूमिका खोज्न थालेकि छिन् । त्यस्तै कुर पैरवी समूहकी अध्यक्ष राधा घिमिरे पनि त्यस्तै थिइन्, अहिले उनीमा कार्यक्रममा जनसहभागिताको महत्त्व, आवश्यकता, पहिचानको महत्त्व खोज्न थालेकी छिन् । त्यस्तै कुसुन्डाँडा पैरवी समूहकि अध्यक्ष विमला नेपालीलाई विकासलगायत समाज रूपान्तरणको बारेमा केही थाहा थिएन, अहिले उनीमा विकास निर्माण कार्य कहिले, कसरी हुन्छ भन्ने थाहा नहुने महिलाहरु अहिले वडा कार्यालयसँग हातेमालो गर्दै गाउँकै विकासका योजनाहरुसँग पनि सहकार्य गर्न अघि सर्ने प्रयास गरिरहेका छन् ।
भूमिकास्थान नगरपालिका वडा नं. ३ चौतारा पैरवी समूहका अध्यक्ष मीना घर्तीमगरका अनुसार हामीलाई पहिले विकासका बारेमा कुनै जानकारी थिएन । ‘समूहमा बसेपछि मात्र योजना बनाउने तरिका सिक्यौँ । अहिले त हाम्रो बजेट माग्न जान सक्ने वडामा पनि योजनाको लागि दबाब सिर्जना गर्न सक्ने भएका छौं ।’–उनले भनिन् । उनीहरुको यस सक्रियताले गाउँमा महिलाको भूमिका प्रति समुदायको दृष्टिकोण नै परिवर्तन गरेको छ ।
सामाजिक चेतनामा उल्लेखनीय सुधार
संस्थाले लिएको अभियान, समावेशी सशक्तिकरण, र जातीय, लैङ्गिक तथा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्दै आएको बताउदै संस्थाले समुदायसँग मिलेर विभिन्न परियोजनाहरू सञ्चालन गर्ने र महिला सशक्तिकरण तथा दिगो विकासमा जोड दिँदै महिलाको सामूहिक नेतृत्वमा जोड दिएको संस्थाकी कार्यक्रम सहजकर्ता राधा नेपाली बताइन् ।
नेपालीका अनुसार, संस्थाले ‘हाम्रो साहस परियोजना’ अन्तर्गत सामाजिक हानिकारक मूल्यमान्यता न्यूनीकरण एवं लैङ्गिक समानताका लागि सामाजिक मूल्यमान्यता परिवर्तन परियोजना सञ्चालन गरिरहेको छ । यस परियोजनाको मुख्य लक्षित वर्गमा महिला, दलित समुदाय र युवाहरू रहेका छन् । यसको उद्देश्य सामाजिक कुरीति न्यूनीकरण, संस्थागत क्षमता अभिवृद्धि र लैङ्गिक हिंसा न्यूनीकरण गर्नु हो । कार्यक्रमले महिला तथा पछाडि पारिएका समुदायको सशक्तिकरणमा थप सुदृढीकरण गर्ने विश्वास लिइएको छ । परम्परागत सोंच र व्यवहार परिवर्तन गर्न यो कार्यक्रम महत्वपूर्ण हुने राधा नेपालीले बताइन् ।
उनले न्यायबाट टाढा रहेका र बेसहारा अवस्थामा जीवन बिताइरहेका अन्याय तथा हिंसामा परेका महिलाहरूलाई जीविकोपार्जनसँग जोड्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिइन् । आर्थिक रूपमा कमजोर महिलाहरूलाई सशक्त बनाउँदै उनीहरूको आत्मबल र अधिकारको पुनःस्थापनामा समेत उनले जोड दिइन् ।
जीवनस्तरमा सुधार
समूहमा आवद्ध महिलाहरू अहिले आयआर्जन मात्र होईन, सामाजिक नेतृत्व, घरेलु निर्णय, योजना निर्माण र समुदायको विकासमा पनि सक्रिय देखिन थालेका छन् । उनीहरुको सक्रियताले ग्रामीण बस्तीमा परिवर्तनको नयाँ उदाहरण पनि संस्थाले सञ्चालन गरेकोे कार्यक्रमले स्थापित गरेको छ ।
महिलामा भएको सामूहिक परिवर्तन
भूमिकास्थान र सन्धिखर्कका महिला समूहहरुको प्रयासले गर्दा देखाएको परिवर्तनले प्रमाणित गर्न सक्ने सन्देश दिएको छ । त्यसैले महिला सक्रिय भए परिवार उकासिन्छ, परिवार उकासिँदा समाजै परिवर्तन हुन्छ । जब महिलालाई अवसर, पहुँच र विश्वास दिइन्छ, उनीहरु समुदाय विकासको सबैभन्दा बलियो आधार बन्न सक्छन् ।




